ससफो प्रदेश १ को अध्यक्षमा चाम्लिङ निर्वाचित

  • प्रकाशित मिति : बिहिबार, बैशाख १९, २०७६



  • विराटनगर ,१९ बैशाख । संघीय समाजवादी फोरम (ससफो) नेपालको प्रदेश १ को अध्यक्षमा दमकका युवा नेता प्रविण चाम्लिङ निर्वाचित भएका छन् ।
    विहीबार विहान सम्पन्न प्रथम एकताको प्रदेश अधिवेशनबाट चाम्लिङ अध्यक्षमा निर्वाचित भएका हुन् । निकटतम प्रतिष्पर्धी भुराज राईलाई १३ मत अन्तरले पराजित गर्दै चाम्लिङ विजयी भएका हुन् । घोषित मत परिणाम अनुसार ४ सय ७ मत खसेका मध्ये चाम्लिङले २ सय ६ मत प्राप्त गरेका थिए । चाम्लिङका प्रतिस्पर्धी राईले १ सय ९३ मत मात्र पाएका थिए ।

    निर्वाचित प्रदेश कार्यसमिति

    निर्वाचित चाम्लिङ संघीय समाजवादी फोरम नेपालका राजनीति समिति सदस्य तथा राई केन्द्रीय सदस्य हुन् । चाम्लिङ गत असोज ९ र १० गते विराटनगरमा भएको पार्टीको प्रथम भेलामा तदर्थ समितिको अध्यक्ष अर्का केन्द्रीय सदस्य भुपेन्द्र नेम्बाङसँग पराजित भएका थिए ।
    अध्यक्षका तीन आकाङ्क्षीमध्ये प्रदेश तदर्थ समितिका अध्यक्ष भुपेन्द्र नेम्बाङले अन्तिममा भूराज राईलाई समर्थन गरेका थिए । नेतृत्वका लागि चाम्लिङ र राई बीच कडा स्पर्धा हुने अड्कल काटदै आएको थियो ।
    यसैगरी सदस्यहरुमा खुल्लातर्फबाट केबलमान राई, नवीन राई, धिरेन लावती, लोकसागर सावाँ, महेश रानामगर विजयी भएका छन् । महिला सदस्यहरुमा कुन्ता राई, मातृका राई र शान्ता मोक्तान विजयी भएकी छन् । भूगोलतर्फबाट मोरङबाट राजकुमार यादव, दुर्गामणि सुवेदी, प्रेम वनेम, विशाल आङदम्बे, उषा यादव र अञ्जली साह, झापाबाट उमेश थापा, पदमकुमारी राई, गौरीमान राई, कमन देवान, शर्मिला आङदेम्बे, ईलामबाट लिलाबहादुर सुनुवार, बिनोद नेम्वाङ र मोहन देवान, सुनसरीबाट दिपेश राई, दिपक बिश्वास, सबिता यादव, सरोज बस्नेत (पर्शुराम) तथा सोलुखुम्बुबाट आसा राई र भक्तबहादुर राई विजयी भएका छन् । चाम्लिङ र राई पक्षका मिश्रित रुपमा नै मतपरिणाम आएको छ ।
    बैशाख १५ र १६ गते हुने भनिएको ससफो प्रथम राष्ट्रिय एकता अधिबेशन लम्बिएको थियो । अधिबेशनमा अध्यक्षसहित ५१ पदमध्ये ३१ पदका लागि दुई समूह बनाएर ६७ जनाले उम्मेदवारी दिएका थिए । २० सदस्यहरु सर्वसम्मत भएपछि यसअघि नै विजेता बनिसकेका थिए । अधिवेशनमा १४ वटा जिल्लाका करिब ५ सय प्रतिनिधि सहभागी भएका थिए । अधिबेशनकोे उद्घाटन पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले गरेका थिए ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology