दमक बहुमुखी सहकारीको १८ औं बार्षिकोत्सव


हाम्रो दमक
  • प्रकाशित मिति : सोमवार, बैशाख १६, २०७६


  • दमक,१६ बैशाख । दमक १ स्थित दमक बहुमुखी सहकारी संस्थाले विभिन्न कार्यक्रमहरु गरि सोमबार आफनो १८ औं बार्षिकोत्सव मनाएको छ । संस्थाले सुपथ मूल्यको सहकारी पसलको उद्घाटन गर्नुका साथै निशूल्क दन्त शिविर गरि बार्षिकोत्सव मनाईएको व्यवस्थापक हेमन्त रिजालले जानकारी दिए ।

    सहकारी पसलको उद्घाटन गर्दे नगर प्रमुख ओली

    नगर प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा भएको बार्षिकोत्सवका अवसर पारेर संस्थाले आफनै भवनमा सञ्चालनमा ल्याएको सुपथ मूल्यको सहकारी पसलको उद्घाटन गरिएको जनाएको छ । करिव ४० लाख रुपैयाको लागतमा सहकारी पसल सञ्चालनमा ल्याईएको संस्थाका सचिव रुपनारायण न्यौपानेले जानकारी दिए ।
    त्यस अवसरमा संस्थाले आयोजना गरेको निशुल्क मुख तथा दन्त शिविरमा एक सय १२ जनाले परिक्षण गराएका थिए ।जसमध्ये ५५ पुरुष तथा ६२ जना महिलाले सेवा लिएका थिए । शिविरमा दमक अस्पतालसहित सुर्योदय डेन्टल केयरको प्राविधिक सहयोग तथा स्थानीय माँ काली ,माँ जगदम्बा मार्केटिङ्गले समेत औषधीमा सहयोग पुरयाँएको थियो ।
    संस्थाका अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका सदस्य प्रम कोइराला, कञ्चजंघा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मणिकुमार भण्डारी, डाक्टर मुक्तिनाथ भट्टराई, विभिन्न सहकारीका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology