झापा उवासंघ केर्खा शाखाको नयाँ नेतृत्व चयन 

  • प्रकाशित मिति : आइतवार, बैशाख १५, २०७६



  • केर्खा ,१६ बैशाख। झापाको कमल गाँउपालिकास्थित झापा उद्योग वाणिज्य संघ केर्खा शाखाको नयाँ नेतृत्व चयन भएको छ ।आज सम्पन्न संघको १२औं वार्षिक साधारणसभाबाट उमानाथ भण्डारी अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।निर्विरोध निर्वाचित भेटरीनरी  व्यवसायी भण्डारी एक दशकभन्दा अघिदेखि पत्रकारितामा पनि क्रियाशील छन् ।

    आगामी ३ वर्षे कार्यकालका लागि अध्यक्षमा निर्विरोध चयन भएका भण्डारी यसअघि कार्यवाहक अध्यक्ष थिए । संघको वाणिज्य उपाध्यक्षमा अमल श्रेष्ठ, उद्योग उपाध्यक्षमा युवराज पाठक र सचिव विरेन्द्र अधिकारी चयन भएका छन् ।

    यस्तै संघको वाणिज्य उपसचिवमा कृष्ण ओझा, उद्योग उपसचिव सेलिना राई र कोषाध्यक्षमा भगिरथ रिजालसमेत सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक शरणकुमार पराजुलीले जानकारी दिए ।

    संघको सदस्यहरुमा रामप्रसाद दाहाल, यदुपति मल्लिक, भुवन चम्लागाई, मुक्तिनाथ काफ्ले, शेखर निरौला, देवीमाया नेपाल र विन्दू राई सर्वसम्मत निर्वाचित भएका संयोजक पराजुलीले बताए ।

    वार्षिक साधारणसभाको उद्घाटन कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले गरेकी थिइन् । सभामा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उमेश डालमिया, कमल गाउँपालिका वडानम्बर ३ का वडाध्यक्ष नरप्रसाद दंगाल, झापा उद्योग वाणिज्य संघ जिल्ला कार्यसमितिका वाणिज्य उपाध्यक्ष पृथ्वी डाँगी लगायतले नवनिर्वाचित कार्यसमिति लाई कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology