क्यान्सरपीडित एनोजलाई १० लाख बढि सहयोग हस्तान्तरण

  • प्रकाशित मिति : बुधबार, बैशाख ११, २०७६



  • बिर्तामोड । १७ बर्षिय क्यान्सरपीडित एनोज राईको सहयोगार्थ सामाजिक स्वयम्सेवक नेपाल मिसन झापाको सक्रियतामा अभियानबाट उठेको १० लाख बढी रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको छ । इलाम माइ-नगरपालिका ९ का एनोजलाई बचाउ अभियान अन्र्तगत सामाजिक सेवामा समर्पित सामाजिक स्वयम्सेवक नेपाल मिसन झापाले आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलन मार्फत सो रकम उनकि आमा आइतमाया राईलाई हस्तान्तरण गरेको हो ।

    अभियानका आर्थीक सहयोग संकलन संयोजक अजय खवासका अनुसार भेलोरमा उपचारर्त अवस्थामा ४ लाख ७० हजार रुपैयाँ हस्तान्तरण गरिएको थियो भने बाँकी ५ लाख ३० हजार ८ सय ६० रुपैयाँ आज हस्तान्तरण गरिएको हो । संस्थाका उपाध्यक्ष प्रकृति खड्काले सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन गर्दै अभियान जारी रहेको बताउँदै १ महिनापछि पीडितको अपरेशन हुने बताइन् ।

    दाहिने कुममा ट्यूमर भएर क्यान्सरमा परिणत भएका एनोजको उपचारको क्रममा परिवारमा आर्थिक अभाव भएपछि परिवारको बिशेष आग्रहमा सो संस्थाले विगत एक महिनादेखि अभियान सञ्चालन गरेको थियो । चितवनस्थित भरतपुर क्यान्सर अस्पताल लगायत विभिन्न अष्पतालमा उपचार गरेपनि सम्भव नदेखिएपछि थप उपचारको लागि उनलाई भारतको भेलोर लगिएको आमा आइतमायाले बताइन् ।

    विगत १५ महिनादेखि विरामी भएका एनोजको भेलोरमा २ महिना उपचार पश्चात डाक्टरको सल्लाह अनुसार घाउ सुकाउने महिना दिनकोे औषधि लिएर आएका छन् । १ महिनाको औषधि पश्चात अप्रेशनका लागि उनी पुन भेलोर फर्किन्छन् ।

    झापा, इलाम लगायतका जिल्लाका विभिन्न स्थानबाट अभियान मार्फत सहयोग सङ्कलन भइरहेको संस्थाका सचिव आइत लिम्बुले जानकारी दिए । कार्यक्रममा संस्थाका कोषाध्यक्ष झलक धिमाल, सहसचिव सुष्मा लिम्बु लगायतको उपस्थिति रहेको थियो ।

    बिरामीको बुबा धन बहादुर राईले छोराको उपचारको लागि अझै १० लाख बढि लाग्ने जानकारी पाएको हुदा सहयोगि मनहरुलाई सहयोग गर्न अपिल गरेका छन् । उनले सहयोगका लागि आकाश शुब्बाको एस बी आई बैङ्कमा रहेको खाता न.ं-१८२१५२४१४०९२९५ वा ९८१७९२३९१०, ९८१७९०५३६६ मा सम्पर्क राखिदिन अनुरोध गरेका छन् ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology