धिमाल जातिको जात्री पर्व सुरु

  • प्रकाशित मिति : मङ्लबार, बैशाख ३, २०७६



  • उर्लाबारी,३ बैशाख । प्रदेश नम्बर १ मा रहेका धिमाल समुदायको वैशाख २ गतेदेखी आफ्नो मौलिक पर्व जात्री सुरु भएको छ । वैशाख २ गतेदेखी असार २ गतेसम्म धिमाल समुदायले जात्री पर्व मनाँउछन् । नयाँ बर्षको आगमनसँगै सुरु हुने यो जात्रि पर्व सुरु हुने गर्छ ।

    धिमाल जातिको उदगमस्थल मानिएको मोरङको भोगटेनीस्थित राजारानीमा हिजो बैशाख २ गते मेला लगाएर जात्रीपर्व शुरु भएको छ । ग्रामथानमा हाँस कुखुरा, सुँगुर लगायतको बलि दिएर दिइन्छ । भोगटेनीबाट सुरु भएपछि धिमालका बस्तीको टोलटोलमा यो पर्व पुग्ने गर्छ ।

    प्रकृतिपुजक धिमालहरु रोगब्याधी नलागोस्, वाली विरुवा लगाउने वेलामा वर्षात होस्, जंगली जनावरले दुःख नदियोस्, भन्ने कामना सहित महाराजथानमा गएर सामुहिक पूजाआजा गर्ने गर्छन् । परापूर्वकालमा धिमालहरुले यि समस्याहरु समाधान गर्न ग्रामधानमा पूजा गर्दा कामना पुरा भएपछि यसलाई निरन्तरता दिदै मनाउदै आएको जनविश्वास छ ।

    सिर्जात अर्थात सामूहिक पूजा वा जात्री नयाँ वर्षको पहिलो चाड भएकाले सालभरि कसैलाई पनि रोगव्याधि नलागोस्, शोक नपरोस् र सुख शान्ति छाओस् भनेर मनाइने गरिएको धिमाल पत्रकार मञ्चका केन्द्रीय अध्यक्ष बिजय धिमालले बताए ।

    यो पर्वमा धरमठाकुर, लक्ष्मी, चौमाझी, बुढा ठाकुर लगायतको पूजा गरिने उनले जानकारी दिए । यस पर्वले धिमाल जातिमा आपसि सम्बन्धमा प्रगाण बनाउदै बन्धुत्वको भावना बिकास गराउने धिमाल अगुवाहरु बताउछन् ।
    असार संक्रान्तिसम्म मनाइने यो पर्व धिमालका ९८ वटै टोलहरुमा मनाइने गरिएको छ । जात्रीको अवसरमा गाउँ गाउँमा मेलाको आयोजना हुने गरेको छ । जात्रीमा धिमालहरु आफूले भाकल गरे अनुसार वस्तु चढाउने पनि गर्दछन् धिमालहरुले दुख– बिराम निको होस्, सन्तान प्राप्ति होस् भन्ने मनोकामना राख्ने र ती पूरा भएपछि जात्रीका बेलामा देउतालाई भाकल अनुसारका वस्तु चढाउने गर्दछन् । यो बेलामा धिमालका घरमा पाहुना आउने र उनीहरुलाई मासु तथा ‘चिचिरी’,‘बगिया’ लगायतका परिकार खुवाउने पनि गरिन्छ ।
    धिमालहरु वैशाखदेखि असारसम्मका दुई महिना धिमालका प्रत्येक टोलमा ढोल बजाएर रमाइलो गर्छन् ।

    मोरङको उर्लाबारीस्थित मंगलबारेमा रहेको धिमाल जाति बिकास केन्द्रको परियोजनास्थलमा दुई महिना पश्चात साँस्कृतिक मेलाको आयोजना गरी जात्री पर्व समापन गरिन्छ । मेलामा ढोलको आवाज ढङ ढङ….आउने हुनाले कतिपयले जात्रीलाई ढङढङे पनि भन्ने गरेका छन् ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology