हल्दीबारीमा उद्घोषण तालीम सम्पन्न

हाम्रो दमक

बिर्तामोड । महिलाहरुको बौद्धिक क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले झापाको हल्दीबारीमा सञ्चालीत सात दिने आधारभुत उद्घोषण तालीम शनिवार सम्पन्न भएको छ । हल्दीबारी गाउपालीका वडा नम्बर २ स्थित सरस्वती आधारभुत बिद्यालयमा गत चैत्र २४ गते देखी सञ्चालीत तालीमको सहजीकरण सञ्चारकर्मीद्धय जसोदा राजबंशि र पुष्पा लिम्बुले गर्नुभएको थियो ।

पाराखोपी , भेलागुडी र बरपिपल डाँडागाउँ टोल बिकास संस्थाले संयुक्त रुपमा आयोजना गरेको तालीम समापन कार्यक्रममा बोल्दै गाउँपालीका अध्यक्ष रबिन्द्र लिङदेनले झापाका अन्य स्थानीय तहहरु भन्दा हल्दीबारी गाउँपालीका बिकास निर्माणका कार्यमा अग्र स्थानमा रहेको दावी गर्नुभयो ।

यसका लागी यहाँका स्थानीय महिलाहरुले देखाएको सक्रियता अन्य जुनसुकै स्थानका महिलाहरुका लागी उद्धाहरण बनेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका अध्यक्ष लिङ्देनले “ हल्दीबारीका महिला , बिकासमा पहिला ”भन्ने नारालाई मुर्तरुप दिन यस किसिमको उद्घोषण तालीमलाई आगामी दिनमा अझ व्यापक बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

बरपिपल डाँडागाउँ टोल बिकास संस्थाकि अध्यक्ष खिना देवी घिमीरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नंबर दुईका वडा अध्यक्ष राजेन्द्र योङहाङ , वडा सदस्य खगेन राजबंशि लगायतले बोल्नुभएको थियो । प्रशिक्षार्थीहरु शारदा चम्लागईँ , पुर्णीमा महतो र गोपाल शिवाकोटीले बौद्धिक क्षमता अभिबृद्धि गरी गाउँपालीकाको चौतर्फी बिकासमा योगदान दिन यस तालीमले प्रभावकारी भुमिका निर्वाह गर्ने बताउनुभएको थियो ।

भेलागढी टोलबिकास संस्थाकी अध्यक्ष मिना राजंशिले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन बरपिपल डाँडागाउँकी सचिव बेबिका राजबंशिले गर्नुभएको थियो । एक हप्ता सम्म सञ्चालन भएको तालीममा स्थानीय ५० जना भन्दा बढी महिलाहरुको सहभागीता रहेको थियो ।

आइत, बैशाख १, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

कमल खोला बस्तीमा पस्यो,सयौं विगाहा जमीन डुवानमा

दमक,८ साउन । झापाको कमल गाउँपालिका र शिवसताक्षीमा वीचमा पर्ने कमल खोलामा आएको बाढीले स्थानीय सानो केर्खामा खोला पसेको छ । लगातार परेको वर्षाका कारण कमल खोलामा आएको बाढीले दुई दिन अघि त्यहाँ वस्दैआएका...

फिदिम नगरपालिका–१ का वडाध्यक्ष मोक्तानको निधन

पाँचथर,७ साउन । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ । मोक्तानको सोमबार साँझ ७२ वर्षको उमेरमा फिदिम–१, मा रहेको निजी निवासमा निधन भएको हो । वडाध्यक्ष मोक्तान मधुमेहसहित विभिन्न रोगको...

खोेल्सीमा डुवेर वृद्धको ज्यान गयो

दमक,७ साउन । झापाको दमक नगरपालिका वडा नम्बर २ स्थित खरखरे खोल्सीमा डुवेर दमकका एक जना वृद्धको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार यसरी ज्यान जानेमा...

शिवसताक्षीमा विपीको स्मृति दिवस मनाईयो

दुधे, साउन ६ । महानायक विपी कोईरालाको ३७ औ स्मृति दिवस जिल्लाको शिवसताक्षीमा पनी बिविध कार्यक्रमका साथ मनाइएको छ । महाभारतकालिन ईतिहासमा बर्णित जिल्लाको धार्मिकक तथा पर्यटकीयस्थल सताक्षीधामका साधु र श्रीहरी वेद विद्यालयका विद्यार्थीलाई...

निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको...

सुनसरीमा एकको घाँटी रेटी हत्या

सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या भएको छ । भारत अररीया जिल्ला मानिकपुरका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको...

नेपाल आइडल ३ को प्रोमो सार्बजनिक, तयारी भिडियो पठाउन आग्रह

बिर्तामोड । नेपाल आइडल सिजन–३ को प्रोमो सार्वजनिक भएको छ । सिजन–१ र सिजन–२ सम्पन्न गरेको आयोजकले सिजन–३ को प्रोमो सार्वजनिक गरेको हो । प्रोमो सार्वजनिक गर्दै नेपाल आइडल आयोजकले गित संगीत प्रेमीलाई तयार बस्न आग्रह...

सामुदायिक वनद्धारा उपभोक्तालाई सोलार बत्ती वितरण

बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैँया बराबरको सोलार बत्ती वितरण गरेको छ । गरीवी न्यूनिकरण तथा...

प्यारालाइसेस भएका साँवालाई व्हिल प्रदान

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका–४ स्थित सृजानबस्तीका शेरबहादुर साँवालाई आइतबार एक कार्यक्रमको आयोजना गरि व्हिल चेयर प्रदान गरिएको छ । स्थानीय समाजसेवी डाइमन्ड थेवे (सुरज)ले सृजनशिल महिला समूको सहजिकरणमा उक्त चेयर साँवालाई प्रदान गरेका हुन् ।...

करेन्ट लागेर मृत्यु

विर्तामोड, साउन ५ गते । झापाको मेचीनगरमा आज आइतबार एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । मुत्यु हुनेमा मेचीनगर–६ का ५५ वर्षीय धनकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले...