रुपको जेलमा कैद गरिदिउकी भन्दै इजरायलबाट गरिमा (भिडियो)

  • प्रकाशित मिति : सोमवार, चैत्र १८, २०७५



  • प्रवासमा रहेर पनि नेपाली कला जगतलाई अतुलनीय माया गर्दै नेपाली कला संस्कृतिको श्रीवृद्धिमा योगदान दिने थुप्रै नेपालीहरु भएको एक देश इजरायल पनि हो । बैदेशिक रोजगारीको सिलसिलामा यहाँ आएका थुप्रै नेपालीहरुले आफ्नो कामको व्यस्तताको वाबजुद पनि अमुल्य समय निकालेर नेपाली गीतसंगीतमा आफुले सकेको योगदान दिदै आएका छन् जस मध्येकी हुन उदायिमान गायिका गरिमा केसी ।

    आधुनिक युवा पिढीको रोमान्टिक मायाप्रेम भावार्थलाई समेटेर गायिका केसीले केहि महिना पहिले नेपालको पहिलो अन्तर्राष्ट्रिय गायन रियालिटि शो नेपाल आइडल सिजन १ का पहिलो रनर अप निशान भट्टराईसंग मिलेर “मेरो आँखा मेरो बोली कस्तो लाग्यो तिमीलाई, मैले लाको बुट्टे चोली कस्तो लाग्यो तिमीलाई” बोलको गीत गाएकी छिन् । जसको म्युजिक भिडियो पनि द डिभाइनी म्युजिकको युटुब च्यानल मार्फत रिलिज भएको हो ।

    हालसम्म लगभग चार लाख भ्युरले उक्त म्युजिक भिडियो हेरिसकेका छन् । नेपाली युवापिढिको मन मस्तिष्कमा बस्न सफल भएको उक्त गीतमा संगीत अर्जुन पोखरेलको रहेको छ भने शब्द दिग्जै देउरालीको रहेको छ । गीतको म्युजिक भिडियोमा अभिषेक श्रेष्ठ र करिश्मा श्रेष्ठको अभिनय रहेको छ ।

    अभिषेक श्रेष्ठ कुनै समय चर्चित नेपाली स्टार अनमोल केसीको डुप्लिकेट भन्दै भाइरल भएका व्यक्ति हुन् । अहिले उनले निशानको गीतमा अभिनय गरेका छन् नायिका करिश्मा श्रेष्ठसँग । भिडियोलाई शिशिर खातीले निर्देशन गरेका छन् भने रामप्रसाद चोधरीको सम्पादन रहेको छ ।

    गायिका गरिमा केसीले सन् २०१२ मै सौगात नामक एल्बम पनि बजारमा ल्याएकी थिइन् । जसमा ५ वटा गीतहरु रहेको थियो जसको “दिलै हलचल” नामक गीतको म्युजिक भिडियोले त्यो बेला निकै तहल्का मचाएको थियो । तेस्तै सोहि एल्बमको “हास्नु पर्छ भन्नेले” बोलको गीतको म्युजिक भिडियो पनि हिट भएको थियो । यस्तै सोहि एल्बमको “मायामा कति चोट पाए” बोलको गीतको चर्चित रहेको थियो भन्ने “यसपाली पनि हाँस्ने रहर” र “सुनचाँदी चाहिदैन” बोलको गीत पनि चर्चामा रहेको थियो ।

    इजरायलमा हुने बिभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरुमा पनि आफ्नो प्रतिभा प्रस्तुत गर्दै आएकी गायिका केसी इजरायलबासी नेपालीहरु बीच पनि लोकप्रिय छिन ।

    दर्शकहरुको असिम माया र समर्थनले आजसम्मको कला यात्रा तय गरेकी केसीले आगामी दिनमा पनि यस्तै हौसला र माया पाउदै गए नेपाली सांगीतिक आकाशमा एक सफल गायिका रहने छिन् भन्ने बिश्वास गर्न सकिन्छ ।

    भिडियो :

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology