“म जन्मिएको दिन” – सुमन लेप्चा (वाङ्गचु)

  • प्रकाशित मिति : सोमवार, चैत्र १८, २०७५



  • सुमन लेप्चा वाङ्गचु – बुद्धशान्ति ७ सुनमाई

    म जन्मिएको दिन
    आकाश गर्जिएको थियो रे
    हुरि बतास चलेको थियो रे
    बादल रुएको थियो रे
    भन्छ्न म जन्मिएकै दिन
    त्यो पारी गाउँमा
    पहिरो पनि गएको थियो रे

    त्यसैले मलाई
    मेरो रिस्तेदारहरुले
    क्रोधित भएको बेलामा
    कसैले चैते बाँदर भन्छन
    कसैले हुरिबतास भन्छन

    त्यसमाथी
    ढाट्ने दिनमा जन्मिएर
    कतिले गिज्याएर
    सिरिया राष्ट्रको लागि भगवानले
    तलाई बनाएको थियो रे
    सृष्टिकर्ता झुक्किएर
    स्वर्ग जस्तै नेपाल भुमिमा
    पठाएको रे ।

    मलाई घरी घरी लाग्छ
    भगवानले मलाई सिरियामा नै
    सृष्टि गरेको भए हुन्थ्यो ।
    किन कि त्यहाँका हृदयविदारक घटनाहरुले
    मलाई बोलाएको जस्तो लाग्छ
    मलाई त्यहाँ गौतम बुद्वले जस्तै
    अहिंसा र शान्तिको लागि
    प्रचारक भएर हिड्नु मन लाग्छ

    रिस, बदला, स्वार्थीपन र कलोकल्पित कुराहरुले
    युद्वलाई जन्माउछ
    युद्व मानवको लागि होइन
    दानवहरुको लागि हो
    यो संसारमा आएपछी
    मानव भएर बाचौँ,
    मानव जिवनको सार के हो
    यस्ता कुराहरु बुझाउनु मन लाग्छ
    धर्म केही होइन
    मात्र यो मनलाई आत्मसन्तुष्टि प्राप्त गर्न
    र यो मन काबुमा राख्न
    केवल चेतनशील मानवको लागि बनाएको एक संस्था हो,
    यस्ता कुराहरु त्यहाँ बाढ्नु मन लाग्छ ।

    केवल यो त
    मेरो गहिरो निद्रामा
    देखिएको एक सपना जस्तै हो
    थाहा छ मैले चाहेर पनि
    म यी कार्य गर्न नै सक्दिन
    किन कि म त झुक्किएर
    अर्कै देशमा जन्मिएको मान्छे हुँ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology