‘पर्यटन प्रर्वद्नन गर्न महोत्सवलाई निन्तरता दिएका हौं’

  • प्रकाशित मिति : शनिबार, माघ २६, २०७५



  • सुधिर प्रधान दमकको होटल व्यवसायी भित्र चिनिएको नाम हो । संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका प्रधान होटल व्यवसायी संघ दमकले चार दिन पछि गर्न लागेको पाँचौ दमक फूडफेस्टिवल तथा सांस्कृतिक पर्यटन महोत्सव २०७५ का मूल समितिका संयोजक समेत हुन् ।

    हामीले दमकको समग्र विकासमा टेवा पुरयाँउन मुख्य उद्देश्य ठानेर यस्तो महोत्सवको आयोजना गरिआएका छौं । चारपटक महोत्सव सम्पन्न गरिसकेका छौ भने यसपटकको तयारी नजिक पुगेका छौं । तयारी लगभग सकिएका छन् । मूलत , हामीले लगाउने महोत्सव समग्र दमकको आन्तरिक पर्यटन,प्रवद्र्धननै हो। तथापि, यस्ता महोत्सवलाई व्यवसायिक प्रवद्र्धन गर्दे संस्थाको आम्दानीको उपयुक्त माध्यम बनाउदैआएका छौं । महोत्सवलाई संस्थाको कोष निर्माण संगै सरकारले सन् २०२० लाई पर्यटन वर्षका रुपमा मनाउने लक्ष्यलाई स्थानीय स्तरबाट समेत सघाँउ पुरयाँउन हेतुले पनि यस महोत्सवलाई बढी जोड दिदैआएका छौ ।

    संघले वर्सेनी आयोजना गरिआएको जातिय खाद्य परिकारसहितको महोत्सवको महत्वपूर्ण व्यवस्थापकिय पाटो सम्हाल्दै आएका उनले अघिल्ला महोत्सवहरु भन्दा यसपटकको पर्यटन महोत्सव सफल हुने विश्वास गर्छन् ।
    संघको छुट्टै स्थायी कोष स्थापना गर्न तथा सरकारले सन् २०२० लाई घोषणा गरेको पर्यटन वर्षको नारालाई साकार पार्न सघाँउ पुरयाँउन उद्देश्यले यस महोत्सव आयोजना गरिएको संयोजक प्रधानले जिकीर गर्छन् । पर्यटन वर्षलाई स्थानीय स्तरबाट सहयोग पुरयाँउन पनि यस पर्यटन महोत्सवको आयोजना गरिएको उनको भनाई छ ।
    प्रस्तुत छ : दमक चौंकमा अवस्थित देउराली होटलका सञ्चालक समेत रहेका संयोजक प्रधानसंग संघले आयोजना गरेको जातिय खाद्य परिकारहरुसहितको १२ दिने पर्यटन महोत्सवका विषयमा गरिएको कुराकानी ।

    संघको आयोजनामा हुन लागेको पाँचौ दमक फूडफेस्टिवल तथा सांस्कृतिक पर्यटन महोत्सवको तयारी कहाँ पुग्यो ?
    दमकमा हुन लागेको पाँचौ दमक फूडफेस्टिवल तथा सांस्कृतिक पर्यटन महोत्सवको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न हामीले आफनो क्षेत्रबाट सवै किसिमका आन्तरिक व्यवस्थापनका कामहरु लगभग पूरा गरिसकेका छौं । स्टलदेखि प्रचारप्रसारका कामहरु तीव्र ढंगले अगाडी सञ्चालन गरेका छौं । महोत्सवलाई थप व्यवस्थित बनाउन एक दर्जन बढी विभिन्न उपसमितिहरु गठन गरि ती उपसमितिहरुमार्फत धमाधम कामहरु भईरहेका छन् । स्टल व्यवस्थापन हुदै छन् भने प्रचार प्रसारलाई तीव्रता दिएका छौं । अघिल्ला वर्षभन्दा यसपटकको महोत्सव वृहत भएकाले पनि त्यही ढंगले हामीले सवै कामलाई जोड दिदैआएका छौं ।

    संघले किन वर्सेनी फागुन १ गते नै यस्ता महोत्सव गरिआएको छ नी ?
    मूलत युवापुस्ता माँझ लोकप्रिय वन्दैआएको प्रणय दिवस ( भ्यालेइनटाइन डे ) को आसपासमा नै संघले महोत्सवहरु गरिआएको छ । प्रणय दिवसलाई परिवारिक मिलनका रुपमा समेत चित्रण दिन महोत्सवलाई जोड्न खोजिआएका छौ । सकेसम्म संघले बार्षिक क्यालेण्डरका रुपमा महोत्सव गर्ने सोच वनाएको हो । किनकी यस्ता महोत्सवका बारे अग्रिम सवैमा जानकारी पुग्न सक्यो भने यसले छुट्टौ महत्व पनि राख्छ जस्तो लाग्छ ।

    यसअघिका महोत्सवहरुभन्दा यसपटकको महोत्सव वृहत छन् ? कतिको सफल्ता होला भन्ने लागेको छ ?
    राम्रो जिज्ञासा राख्नुभयो, हामीले पाँचौ संस्करणसम्म आईपुग्दा धेरै अनुभव प्राप्त गरेका छौं ।२०७१ सालदेखि वर्सेनी आयोजना गरिआएको महोत्सवको अनुभवले गर्दा पनि यसपटकको महोत्सव उल्लेखीय रुपमा सफलता हुने छ भन्ने अनुमान गरेका छौं । अघिल्ला महोत्सव पाँच दिनसम्मका मात्र हुने तथा दमक चौंक क्षेत्रमा हुदैआएका भएपनि यसपटक भने हामीले स्थान र अवधि पनि लम्ब्याएकाले यस महोत्सव आन्तरिक व्यवस्थापन, प्रचार प्रसारका कारणले सफलता हुने छ भन्ने अनुमान गरेका छौं ।
    हामीले दमक ६ स्थित सयपत्री टोल ( रतुवा किनार ) मा यसपटक यहि फागुन १ गतेदेखि १२ गतेसम्म १२ दिने महोत्सव गर्न लागेका छौं । अतः अन्य महोत्सव आफनै महत्व, उद्देश्य भएकाले पनि बृहत छन् , त्यसलाई भव्यताका साथ सम्पन्न गर्न सक्छौ भन्ने लागेको छ । महोत्सवमा सवैको सहयोग प्राप्त हुने छ भन्ने अपेक्षा राखेका पनि छौं ।

    संघले यसरी महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य चाहि के हो ?
    हामीले दमकको समग्र विकासमा टेवा पुरयाँउन मुख्य उद्देश्य ठानेर यस्तो महोत्सवको आयोजना गरिआएका छौं । चारपटक महोत्सव सम्पन्न गरिसकेका छौ भने यसपटकको तयारी नजिक पुगेका छौं । तयारी लगभग सकिएका छन् । मूलत , हामीले लगाउने महोत्सव समग्र दमकको आन्तरिक पर्यटन,प्रवद्र्धननै हो। तथापि, यस्ता महोत्सवलाई व्यवसायिक प्रवद्र्धन गर्दे संस्थाको आम्दानीको उपयुक्त माध्यम बनाउदैआएका छौं । महोत्सवलाई संस्थाको कोष निर्माण संगै सरकारले सन् २०२० लाई पर्यटन वर्षका रुपमा मनाउने लक्ष्यलाई स्थानीय स्तरबाट समेत सघाँउ पुरयाँउन हेतुले पनि यस महोत्सवलाई बढी जोड दिदैआएका छौ ।

    अघिल्ला महोत्सवहरु कस्तो रहयो, यसपटकको अपेक्षा के छ ?
    हामीले पाँचौ महोत्सवको संघारमा छौं । अघिल्ला महोत्सवहरु कुनै घाटा व्यहोर्नु परेको अवस्था थियो । त्यसवेला शुरुवाती चरणमा हामीसंग पर्याप्त अनुभव नहुदाँ अनेकौं समस्याहरु भोग्नु परेको यथार्थ हो । पहिलो वर्षको १३ लाख घाटा गएको वर्षको महोत्सवले फरफारक गर्न सक्यौ । यसपटक हामीले संस्थाको कोष निर्माणका लागि कम्तीमा १५ लाख रुपैया जम्मा गर्न सक्छौ भन्ने सोचेको छौं ।

    खाद्यपरिकारसहितको पर्यटन महोत्सव भन्नुभयो, यसको मुख्य आर्कषण के के हुन् ?
    महोत्सवमा यहाँको जातिय खाद्य परिकारहरुसहित स्थानीय कृषि पर्यटन ,हस्तकला, घरेलु उत्पादन ,उद्योगका दुई सय बढी विभिन्न व्यवसायिक स्टलहरुनै मुख्य आर्कषण हुन् । महोत्सवमा जातिय खाद्य परिकारका स्टल,हस्तकला,कृषि उत्पादनहरुनै प्राथकिताका साथ प्रोत्साहन दिएका छौं ।
    दमकमा वस्दैआएका आदिवासी,जनजातिहरुको खाद्य परिकारलाई दमकको नै पर्यटन,प्रवद्र्धनका लागि विकास गर्न सकिएला भन्ने लक्ष्य महोत्सवबाट आशा गरेका छौ । हरेक ठाँउका आ–आफना विशेषता दिन हामीले यहाँको जातिय सांस्कृतिक खानपीनसंग जोड्न प्रोत्साहन दिन पनि यस महोत्सवले जोड दिएको छ । त्यसैले पनि महोत्सवमा जातिय संस्कृतिका कुनैपनि व्यवसायिक प्रवद्र्धनात्मक स्टलहरु राख्न कुनै शुल्क लिएका छैनौ । त्यस्ता स्टललाई छुट गरेर यहाँको खाद्य,हस्तकला,कृषिका उत्पादनलाई आन्तरिक पर्यटन प्रवद्र्धन गराउन सकिन्छ भन्ने लक्ष्य पनि यस महोत्सवको छ ।
    त्यसवाहेक महोत्सवमा वाल उद्यानको मुख्य आर्कषण रहने छ । त्यसैगरि दैनिक विहान १० वज्देखि रातीसम्म सांस्कृतिक कार्यक्रम, राष्ट्रिय कलाकारहरुको प्रस्तुतिले महोत्सवमा अवलोकनकर्ताहरुलाई भरपुर मनोरञ्जन दिने भन्ने लागेको छ ।
    महोत्सव प्रवेश गर्न टिकटको व्यवस्था राखिएको छ ?
    हामीले १ लाख टिकट छापिसेकका छौं । टिकट दुई किसिमका हुने छन् , विद्यार्थीका लागि रु ३० र अन्यका लागि रु ५० को टिकट व्यवस्थापन गरेका छौं । हरेक दिन टिकटहरुबाट भाग्यमानी एक जना अवलोकनकर्तालाई पुरस्कारको व्यवस्था गर्ने छौं ।

    विभिन्न उपसमितिहरु समेत गठन भएका छन्, त्यहाँको आन्तरिक तयारी कहाँ पुगेको छ ?
    हामीले पर्यटन महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न विभिन्न विभागीय उपसमितिहरु गठन गरि सकेकौ छौ । आन्तरिक व्यवस्थापनका सवै कामहरु लगभग पूरा भईसकेका छन् । महोत्सवमा करिव एक लाखले अवलोकन गर्ने गरि सवै किसिमका तयारी सकिसकेका छौं । उपसमितिका सवै साथीहरुले आफनो आफनो विभागीय जिम्मेवारी निर्वाह गरिआउनुभएको छ ।
    यस महोत्सवलाई सधै झै स्थानीय सरकार, विभिन्न संघसंस्थाहरुको सहयोग प्राप्त हुने छ भन्ने अपेक्षा लिएका छौं । मुख्य प्रायोजक टुवोर्ग वियर छ भने प्रायोजकका रुपमा डिभाइन, कोकाकोला,गोखौ डिपार्टमेन्ट स्टोर र एनआइसी वैक दमकले सहयोग गरेको छ । यस महोत्सवमा दमक नगरपालिका र दमक उद्योग वाणिज्य संघ संरक्षक छ भने नेपाल पर्यटन वोर्ड प्रवद्र्धक रहेका छन् ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology