वृद्ध जोशीको ‘जोशिलो जोश’

हाम्रो दमक

उमेरले पाको देखिएपनि म माथिको सम्मान र प्रोत्साहनले अझै पनि तन्नेरी छु लाग्छ । पूर्वीय लोकगीतमा यतिका समय आपूmलाई समर्पित गरे, त्यसले अहिले जस पाईरहेको छु यसैमा सन्तुष्टि छु र आफूलाई भाग्यमानी समेत ठान्छु । सकेसम्मका निम्ताका कार्यक्रमहरुमा जाने,कुरा राख्ने,गीत सुनाउने गर्छु । अझै साधनामै छु , केहि सिकेरहेको छु ,अनी जानेको अनुभवहरु बाढ्दै आएको पनि छु ।

स्कुल पढ्दा मेरो छुट्टै स्वभाव थियो, गीतसंगीत,नृत्यमा रमाउने बाल्यकालकै आदत थियो । त्यसले गर्दा नै होला, त्यही क्षेत्रमा नै मैले जीवन समपर्ण गरे । त्यही क्रममा २०१३ सालमा रेडियो नेपालमा पहिलो लोकगीत रेकर्ड गराए । ‘नेपाली माया,नेपाललै कस्तो छ’ भन्ने लोकगीत रेकर्ड गराएपछि यस क्षेत्रमा साधना शुरुवात गर्न पुगेको जोशीले सुनाए ।

सांगीतिक क्षेत्रका उनै साधनारत भन्न रुचाउने झापा, दमक १ का पाका श्रष्टा लक्ष्मीप्रसाद जोशी ( एलपी )ले आफनो दिनचर्या र विगतको स्मरण सुनाउदै भने, ‘वुढो भए,कता कता गीतसंगीतमा अझै तन्नेरीको भान हुन्छ ।’

उमेरले ८३ मा हिडीरहेका छन् जोशी । उनको कर्म प्रतिको तन्नेरी अनुभव देखि जोकोही नतमस्तक हुन्छन् । जोशी नेपाली लोकगीत संगीतका क्षेत्रमा सुप्रसिद्ध नाम पनि हो । लामो समयदेखि मोफसलमा बसेर समग्र लोकगीत,संगीतका क्षेत्रका नै अभिभावक वनेका उनीमा अझै उमेरको छेकवाट देखिन्न । जोशीको जवानी देखेर भन्नेहरुले कुरागरिहेका हुन्छन् , पाका जोशीका जोशिला कर्म । शरीरले साथ दिइञ्जेल कहिल्यै विचलित नहुने ढृणतामा छन् जोशी । भन्छन् , –‘ उमेर वृद्ध हुन थाल्यो,स्टेजमा पुग्दा त्यो अनुभव कहिल्यै आउदैन् ’

बिस २०१८ सालमा रेडियो नेपालमा गीत रेकर्ड गराएको ‘रिटीङ रिटिङ नवजाउ विनायो,विनायोले मन मेरो छिनायो ’भन्ने बोलको लोकगीतले प्रसिद्ध बनाएको जोशीलाई । नेपाली लोकगीत भित्र पूर्वीय लयको त्यस गीत छ दशकको अवधिमा समेत उत्तिकै कर्णप्रिय वनेको छ । त्यही गीतले जोशीलाई नेपाली गीतसंगीतमा स्थापित वनाएको ठान्छन् पनि उनी । सांगीतिक वजारमा त्यो गीतले सदाबहार वनाएको अनुभव उनको पनि छ ।

पसल भेटघाट स्थल
विहान सवेरै उठ्ने,मर्निङ वाक जाने, दिउसो बोलाएका सवैं कार्यक्रममा सकेसम्म नछुटाउने गरि आएको छु । दिनमा यसो घरमा सानो भेटघाट गर्ने स्थलका रुपमा पसल सञ्चालन गरिआएको छु । पसल भन्दा यो भेटघाट स्थल हो भन्ने लागेको छ । काम नहुदाँ सुतेर बस्नुभन्दा यसो पसलमा बसेर भेटघाटको माध्यम बनाउदै आएको जोशी वताँउछन् । उनी भन्छन्,–‘व्यवसाय भन्दा पनि शुभचिन्तकहरुसंग भेटघाट स्थलको परिणत भएको छ’ पूख्यौली घर धनकुटा हो उनको । तर २०२८ सालदेखि बसाईसराइका क्रममा झापाको दमक–१ बस्दैआएका छन् उनी । सर्जक जोशीले मोफसलदेखि राष्ट्रिय स्तरका कयौं पुरस्कार र सम्मान प्राप्त गरिसके । गीतसंगीतमा पाको उमेरसम्म साधनामा क्रियाशील वनेको भन्न रुचाउने उनले आफना दिवंगत श्रीमती बृन्दाको स्मृतिमा अक्षयकोष खडा गरि त्यही कोषमार्फत प्रतिभा सम्मान तथा विभिन्न सामाजिक कार्य समेत गरिआएका छन् ।

सामाजिक सञ्जालमा सक्रिय
सामाजिक सञ्जाल शसक्त माध्यम बन्दैगएको छ । मैले पनि केहि बर्षदेखि यस सञ्जाललाई प्रयोग गरिआएको छु । फेसबुकमा आफूलाई अपडेट गरिआएको छु । कसैले यतिका बुढाले पनि फेसबुक चलाउदो रहेछ भन्ने पनि भेटेको छु । फेसबुकलाई सकरात्मक ढंगले प्रयोग गर्नुपर्छ भन्ने लाग्छ । किनकी ,फेसबुकका पोष्टले तपाईको विचार अभिव्यक्त गरिरहेको हुन्छ । सामाजिक सञ्जालमा म गीत,संगीतका कुरा अनी आफनो उपस्थिति, साथीभाइहरु,शुभचिन्तकहरु माँझ पस्किने गरिआएको छु ।

फुर्सदमा सामाजिक सञ्जालमा आफनो गतिविधिहरु राखिआएको छु । उमेर पाको भइसक्यो,सामाजिक सञ्जालमा यो वुढो मनको भावना पोख्दा आत्मसन्तुष्टि प्राप्त गरेको छु । यो वुढोले पनि फेसवुक चलाउदाँ रहेछन् पो ? मलाई धेरैले यसरी सामाजिक सञ्जालका बारेमा भन्नेहरुको गफ कोट्याउदै भने,–‘ सामाजिक सञ्जाललाई सही उपयोगी वनाउन सके त्यसले फाइदा पुग्ने छ ।’ प्राय ः सामाजिक सञ्जालमा आफू सहभागी भएका कार्यक्रमहरुलाई पोष्ट गर्छन् । आँखाले साथ दिएसम्म यसबाट टाढा रहन नसकिने उनको वुझाई छ ।

समपर्ण लोकगीतमा
स्कुल पढ्दा मेरो छुट्टै स्वभाव थियो, गीतसंगीत,नृत्यमा रमाउने बाल्यकालकै आदत थियो । त्यसले गर्दा नै होला, त्यही क्षेत्रमा नै मैले जीवन समपर्ण गरे । त्यही क्रममा २०१३ सालमा रेडियो नेपालमा पहिलो लोकगीत रेकर्ड गराए । ‘नेपाली माया,नेपाललै कस्तो छ’ भन्ने लोकगीत रेकर्ड गराएपछि यस क्षेत्रमा साधना शुरुवात गर्न पुगेको जोशीले सुनाए ।

त्यसयता करिव ४० वटा लोकगीत रेडियो नेपालमा लोकगीत रेकर्ड गराए । हिजो जस्तो लाग्छ, मेरो जिन्दगी यहि क्षेत्रमा लगानी गरे । कहिल्यै अन्यत्र होमिएन पनि । जहाँ लागे,त्यही बाटोमा दुखसुखका साथ आइरहे । गाँउका लोकभाका ,कला संस्कृति,रहनसहन संगै दैनिक जनजीवनका घटनालाई लोकगीतमा चित्रण गरेका कारणले पनि यसैमा यतिका बर्ष साधनारत रहे,अहिले पनि त्यसैमा समर्पीत रहदै आएको दोहोरयाँउछन् जोशी । उनले विगतको स्मरण गर्दे कोट्याए , –‘शव्दमा हाम्रो संगीतमा विनायो,मूर्चूङगालाई मिठो धुनमा पस्किने काम शुरुवात गरे,जसले गर्दा मलाई आज देशैभरि संगीतका सर्जकहरुले सम्झिने पात्र वने,यो नै मेरो सम्पत्ति पनि हो भन्ने लाग्छ ।’
लोकगीतसंगै साहित्य,अभिनयका क्षेत्रमा आफूलाई स्थापित गराउने खोजेपनि तनमन भनेको लोकगीत,संगीतनै भएको जोशीको गर्व गर्छन् । मलाई जसरी चिनायो,त्यो लोकगीतको प्रतिफल हो भन्ने लाग्छ । लोकगीतबाट जे पाए,त्यसले नै एलपी जोशी भनेर चिनाएको छ । यस क्षेत्रबाट पूर्ण सन्तुष्ट पनि भएको सर्जक जोशीको भनाई छ ।

गीतहरुको मूल आस्था नै लोकगीत हो । नेपाली सांगीतिक दुनियामा अन्य गीतहरुभन्दा यसको छुट्टै स्थान छ । लोकगीतमा आर्कषण छैन् भन्नेमा म विश्वस्त छुइन् । लोकगीत गीतसंगीतकै प्राचिन सभ्यता हो ,जुन यसमा छुट्टै स्थान रहिआएको छ । गाँउघरमा गुञ्जिने लोकभाकाहरु नेपाली गीतसंगीतका सम्पदा पनि हुन् । यो विशाल छ, नामेट गर्न सकिने अवस्था कहिल्यै वन्न सक्दैन् । यो निरन्तर वगिरहने हिमताल जतिको यथार्थता छ ,लोकगीतमा । लोकगीत रचना गर्दा कोठाभित्र सृजना गर्न सकिदैन् । किनकी ,लोकगीतमा गाँउका भाका,संस्कृति,परिचयलाई चित्रण गरिएको हुन्छ । यसमा लय हुन्छ , जुन अन्य गीत विधामा खासै हुदैन् ।

हाम्रा पालामा गीत,संगीतमानै व्यवसायीक बनेर यसैमा बाँच्न सक्ने अवस्था थिएन् । तर अहिले यस क्षेत्रमा ह्वातै आर्कषण मात्र होइन् ,राम्रो गरे बाँच्न सकिने प्रशस्त आधारहरु वन्दैगएका छन् । किनकी पछिल्लो समय गीतसंगीतमा आधुनिक प्रविधिको उच्चतम प्रयोगले गर्दा समेत यस क्षेत्रमा दिनानुदिन आर्कषण हुदै गएको जोशीको अनुभव छ ।

मोसफल बस्दा ओझेल भए
हिजोको मोसफलको अवस्था जस्तो विल्कुल छैन् । हाम्रा पालामा मोफसलका संगीतका मान्छेहरुलाई अर्को नजरले हेर्ने गरिन्थ्यो । मोसफलका कयौ प्रतिभाहरुले अवसर नपाउदाँ आफूले चाहेको क्षेत्रबाट नै विस्थापित हुने अवस्था झेल्नुपरेको थियो । तर,अहिले हिजोको जस्तो परिस्थति छैन् , प्रविधिको पहुँच तल्लो तहसम्म पुगेकाले गर्दा समेत मोफसलमा पनि लोकगीतको माग बढ्दै गएको पाएको उनको भनाई छ ।

त्यसो त मुलुक संघीय संरचनामा गईसकेकाले समेत यस्ता प्राचिन हाम्रा लोकभाका,संस्कृतिका गीतहरुको प्रवद्र्धनका लागि अव संघीय मात्र होइन प्रदेश ,स्थानीय सरकारले ध्यान दिने छ भन्ने लागेको छ ।

जा्ेशी आफना कर्मप्रति पूर्ण रुपमा सन्तुष्ट पनि छन् । यसमा लागेर प्रशस्त धनसम्पत्ति ,महलको सपना देखिन् ,त्यस्तो आर्जन गरौला भन्ने उद्देश्यले पनि यस क्षेत्रमा आएको थिएन् पनि । एउटा प्रतिभालाई देशका लागि भनौ, नयाँ पिढीका सर्जकहरुलाई लोकगीत,संगीतका बारेमा आफना अनुभव साटौं, केहि सिकौं भनेर नै यो महाविद्यालयमा होमिएको हुँ । धनसम्पत्ति ,महल जोड्न त्यस्तो आर्जन गर्न सकिने क्षेत्रमा आर्कषित हुन्थे होला नी ? त्यो पनि आएन् । जानेर होस,नजानेर यसैमा समर्पित भए । विनायो,मूर्चूङगा बोकेर गीतसंगीतमा भविष्य वनाए, जुन कर्म यो पाको उमेरसम्म अनवरत रुपमा क्रियाशील राखेको जोशीले सुनाए । ‘यो जतिको आत्मसन्तुष्टि कतै प्राप्त गर्न सक्छु जस्तो लाग्दंैन् ’ उनको अनुभव थियो ।

राजधानी कलाकारिता मात्र होइन् हरेक हिसावले उर्बर क्षेत्र मान्निछ । साहित्यका सर्जक भनौ,गीतसंगीतका अधिकांस सर्जकहरु पनि राजधानीदेखि टाढा छदै र्छैनन् । राजधानी भविष्य निर्माण गर्ने ,संघर्ष गर्ने ठाँउ हो भनेर भन्ने गरिन्छ । तर मेरो लागि काठमाण्डौ सधै चुनौतीनै बन्यो । काठमाण्डौंमा बसेर साधाना गर्ने अवसर उमेरमा पनि कहिल्यै अवसर खोजिन् पनि । सायद, मैले जति साधना गरेका देशका सर्जकहरु सवै अहिले पनि काठमाण्डौंमा संघषशील छन् । भन्छन्, –‘मोफसलमा यसरी जिन्दगीनै साधनामा विताउने सायद अरु छैन पनि ’
मैले राजधानीसंग नाता जोड्न चाहिन पनि,जसले गर्दा आजसम्म पनि यो बृद्ध जोशी मोफसल भनौं दमकको कर्मभूमि वनेर संर्घषरत रह्यो । तर,अव राजधानी केन्द्रीत हुनुपर्देन् किनकी यो क्षेत्रप्रति क्षमता छ,आत्मविश्वास छ भन्ने लाग्छ भने त्यो अवसर स्थापित गर्न मोफसलमा पनि कर्मक्षेत्र बन्न सक्दछ । मोफसलमा भविष्य बन्ने अवस्था विस्तारै सृजना हुदै गएको पाएको र कर्मशील वन्न सुझाव दिन्छन् पनि उनी ।          

श्रीमतीको स्मृतिमा प्रतिभा सम्मान

मृत्यु कसैको देखिन्न् । एकदिन ढिलो चाडो न हो ,सवैले मृत्यु स्वीकार गर्ने पर्छ । कसैको मृत्यु सुखद हुदैन परिवारलाई । जोशीलाई पनि त्यही भयो, विस २०६७ सालमा आफनी धर्मपत्नीको मृत्युले । आफना कर्मप्रति सधै सहयोगी धर्मपत्नि बृन्दाको निधन भएपछि उनले अभावको धेरै महषुस गर्न पुगे । तर , अभावलाई चिर्न दिवंगत श्रीमतीकै स्मृति कोष खडा गरे ।

स्थानीय साहित्यीक संस्थाहरुको समन्वयमा २०६८ सालमा आफनै तथा शुभेच्छुकहरुको सक्रियतामा २ लाखको अक्षयकोष खडा गरि विभिन्न कार्यहरु गरिआएका छौ । मूलत कोषले देशभरिका सर्जकहरुलाई प्रतिभा प्रोत्साहन गर्ने काम गरिआएको छ । कोषको सवै व्यवस्थापन नेपाल वाङमय प्रतिष्ठानले गर्छ । प्रतिष्ठानमा जम्मा गरिएको सो कोषको व्याजमार्फत वर्षेनी एक जना सर्जकलाई नगदसहितको राष्ट्रिय सम्मान प्रदान गरिआएका छौं । कोषबाट प्रतिभा सम्मानबाट हालसम्म मिरा राणा,गणेश रसिक,डाक्टर गोविन्द भट्टराई,बुलु मुकारुङ सम्मान गरिसकेका छन् । त्यस सम्मानलाई नियमित गराउन पहल कोषलाई मजवुत बनाउने लक्ष्य राखेको सुनाए ।

सम्मान र पुरस्कार
लोकगीतबाट मोफसल मात्र होइन् ,राष्ट्रिय पुरस्कारहरु प्राप्त गर्न सकेका छन् उनले । घर भित्र पुरस्कार र सम्मानका सरसमानले घरनै संग्रहालय जस्तै भएको छ । भित्ता भरिए, टेवल हरु भरि यिनै सम्मानपत्रले भरिदाँ कता कता संग्रहालय झै वनेको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानबाट संगीत तथा नाट्य राष्ट्रिय पुरस्कारबाट समेत सम्मानित जोशीलाई हालै मात्र राजधानीमा आयोजित नातीकाजीको स्मृतिमा स्थापित बिशिष्ट राष्ट्रिय सम्मानबाट सम्मानीत भएका छन् । सानातिना कयौ पुरस्कार र सम्मानहरु नै आफनो सम्पत्ति भएको ठान्छन् पनि उनी । भन्छन् ,–‘कसैले राजनीति,व्यवसाय जस्ता पेशाहरुबाट कर्म वनाए,सम्पत्ति कमाए मैले यहि यिनै सम्मान र पुरस्कारहरु सम्पत्ति आर्जन गरे ।’

रेडियो नेपालबाट आयोजित राष्ट्रव्यापी लोकगीत प्रतियोगिता–२०१९ मा प्रथम,२०२९ मा उत्कृष्ठ लोकगायक,२०५९ मा लोकगायक सम्मान प्राप्त गरिसकेका उनले । त्यस्तै, दमक नगरपालिकाले पहिलोपटक वितरण गरेको १ लाख राशीको नगर प्रमुख सम्मानबाट जोशी सम्मानीत भईसकेका छन् ।‘ अबको बाकी जीवन लोकगीत,संगीतका क्षेत्रमा केहि गरौ भन्ने लक्ष्य राखेको छु ’ जोशीले सुनाए ।

मङ्ल, माघ २२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

यो हप्ताको अनुहार बाट अन्य

पत्रकारीता लोभको भाँडो हो जुन पेशालाई राजा देखि रैती सम्मले लोभ गरेका हुन्छ्न: भैरव रीसाल

सत्य तथ्य खोजमुलक पत्रकारीतामा विस्वास राख्ने जो कोहि पनि सायदै नहोलान अग्रज तथा वरीष्ठ पत्रकार भैरव रीसाललाई भेट्न नचहाने विरलै होलान त्यसै क्रममा रीसालसङ्ग विगत तथा वर्तमान परीवेशमा स्थापित नेपाली पत्रकारीता सम्बन्धमा केही चर्चा...

आजसम्म अविवाहित नै छु, मन पराउने धेरै होलान तर खाटी माया र प्रेममा भने परेकी छैन: गायिका तारा थेवे

प्रश्न नै प्रश्नको एउटा किताब रहेछ जीवन, उत्तर खोजिरहदा एउटा सोच्यो अर्कै भै दिने कस्तो भुलभुलैया रहेछ जीवन गायिका तारा थेवे काठमाडौको अनामनगरमा जंकाभेट भैरहदा जिन्दगीको परिभाषा यसरी गरीन । हाम्रो दमक डटकमको फेस...

५० रुपैयाले कलाकार बनेकी दिप शिखा !

सानैदेखि निकै चुलबुले स्वभाव भएकोले सबैले चटपटे भन्दै जिस्काउने गर्दथिए अनि जब लक्ष्यको अर्थ बुझ्ने उमेर भयो त्यही क्षणदेखि नै कलाकार बन्ने सपना मानस पटलमा बस्न थाल्यो । बाल्यकाललाई यसरी स्मरण गरिन नायिका दिपशिखा...

Face of The Week, १०४ पिन्ट रगतदान गरि सकेका राजकुमार अझै हटाकटा

पछिल्लो समय बढदो सवारी दुर्घटना र आकस्मिक दुर्घटनाहरु साथै मानिसहरुमा लाग्ने विभिन्न रोगहरुको उपचार तथा शल्यक्रिया गर्नु पर्दा अस्पतालहरुमा धेरै नै रगतको माग हुने गरेको छ । जटिल अवस्थामा उपचाररत विरामीहरुकलागि अवाश्यक रगत जति...

विदेश त्यागेर स्वदेशमा रमाएका पवन

२२/२३ बर्षको कलिलो उमेरमै वैदेशिक रोजगारको अनुभव लिए झापा,कमल गाँउपालिका– ६ का पवन लुइँटेलले । विदेशको मोह त्यागेर आफनै ठाँउमा फर्किएका लुईटेलले छोटो अवधिमा यतिखेर युवा व्यवसायीका रुपमा कहलिएका छन्।   संयुक्त अरब इमरेट्सको एक कम्पनीमा...

Face of The Week, कर्तव्य र जिम्मेवारीको गरौं झोला बोकेर नथाक्ने पदम !

मानिसको भिड त्यसमा पनि सवारी साधनको यतिकै बाक्को ताँती, घरी घरी मन्द हावाले उडाउदै गरेको धुलो त्यस्मा थपिन्छ गाडीको कालो मुस्ला धुवाँ यहि काठमाडौ शहर जहाँ लाखौ मान्छेको सपनाका झिना आशाहरु अल्झिएका छन ।...

Face of The Week, केपी बाको रेलैमा गीत ल्याएर ह्वातै चर्चामा आएकी रमा थापा !

के गाउँ के शहर तिजको रौनकताले छाएको छ, अस्तव्यस्त रहने काठमाडौका प्रत्येक सडकमा रातो साडी, कुर्ता लगाएर सिङ्गारीएर हिडिरहेका नारी समुहहरु भेटिन्छन् । गाँउबस्तीहरुमा चाड्पर्वको भारी भन्दा पनि धेरै कामको भारीले फुर्सद नहुदोहो, आधुनिक...

Face of The Week, सुन्दर मनका समाजसेवी सुन्दर !

सुरुवाति दिनमा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्थे सुन्दर श्रेष्ठ । भनिन्छ, जीवन संघर्ष हो । सुन्दरको नाम समाजसेवीका रूपमा सुन्दर अक्षरले लेखिनुमा उनको संघर्षले ठूलो भूमिका खेलेको छ । मोरङ राजघाटका—७ हाल उर्लाबारी ९...

Face of The Week [विष्णु कटुवाल] सिंगो राष्ट्रको प्रतिनिधित्व गर्दै १६ औ एसियन गेम खेलेका खेलाडी

२०४२ सालमा सप्तरीको फत्तेपुर वडा नं ३ मा जन्मिएका विष्णु कटुवाल गोबिन्द कटुवालका जेठा छोरा हुन । गोबिन्दका तीन सन्तान मध्येका जेठा छोरा विष्णु कटुवाल नेपाल प्रहरीका राष्ट्रिय व्याटमिन्टन खेलाडी हुन । विष्णुले फत्तेपुर...

Face of The Week [भावना अयेर] अन्यायमा परेकाहरुको न्यायका निमित्त लड्छु !

कंचनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरमा बुबा स्वर्गीय जगत बहादुर अयेर र आमा अनिया अयेरको कोखबाट २०४८ सालमा जन्मनु भएकी भावना अयेर सामाजिककर्मी हुन । उनी बालबालिका, महिला र युवाहरु सगं सम्बन्धित समस्याहरूको समाधानका निमित्त काम...