छोटो समयमानै उत्कृष्ट चित्रकारको सज्ञा पाइन् शर्माले

  • प्रकाशित मिति : मङ्लबार, माघ २२, २०७५



  • बिर्तामोड । आठ महिना अघि देखि मात्र व्यावसायिक रुपमा स्केच बनाउन थालेकी आशा शर्माले करिअरको छोटो समयमानै उत्कृष्ट चित्रकारको सज्ञा पाइसकेकी छिन् । उनी विहानदेखि बेलुकासम्मै स्केच व्यस्त हुन्छिन् । उनी हुन् काठमाडौ १६ स्थित पक्नाजोलमा जन्मिएकी आशा शर्मा ।

    उनले आठ महिनामा १०० बढी उत्कृष्ट स्केचहरु बनाइसकेकी छिन् । स्कूल पढ्दा सामान्य तस्विरहरु मात्र बनाउने शर्माले पछिल्लो समय गुगल, युटुबमा हेरेरनै स्केच बनाउन सिकेको बताइन् । कुनै तस्विरलाई हेर्दा आफ्नो मनले जस्तो देख्छ त्यसलाई नै कलात्मकरुपमा पेपरमा उर्तानु चित्रकला हो भन्ने शर्माले सामान्य पेन्सिल स्केच मात्र नभएर थ्रि डी आर्ट समेत गर्ने गरेकी छिन् । उनले पत्रकारसंगको कुराकानीमा भनिन् निकट भविष्यमा कलर स्केच पनि बनाउने छु ।

    एउटा सामान्य तस्विर बनाउन ८ देखि १२ घन्टा सम्म लाग्ने बताएकी उनले स्केच अनुसार को राम्रै पारिश्रमिक पनि पाइरहेकी छिन् । एउटा मात्र अनुहार भएको स्केच बनाउँदा एक हजार देखि एक हजार पाँच सय सम्म लिने र दुई जना÷ तीन जना अनुहार भएको स्केच बनाउँदा तीन हजार देखि पाँच हजार सम्म लिने गरेको उनले बताइन् । शर्माले स्नातक तह उत्तीर्ण गरिसकेकी छिन् भने आगामी दिनमा पढाई र स्केच दुवैलाई निरन्तरता दिने समेत जनाइन् । शर्मा उमेरले भरखर २१ लाग्दै छिन् । उनी संगैका धेरै नारीलाई तपाईको भविष्यको सोच के छ भनेर प्रश्न गर्दा प्रायले अष्ट्रिेलिया, अमेरिका जाने बताउँछन् । तर उनको सोच अरु भन्दा अलिक फरक छ । उनका अनुसार हरेक मानिसहरु संग केही न केही कला तथा सीप अवश्य हुन्छ । त्यो सीप तथा कलालाई यहीँ नेपालमा नै प्रयोगमा ल्याउन सकेमा नेपालमै प्रसस्त अवसर छन् । उनले निकट भविष्यमा सामाजिक कार्यमा पनि सक्रिय हुने बताइन् ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology