बुद्धशान्तिमा नेवि संघको राँके जुलुस

हाम्रो दमक

बुद्धशान्ति ।  वर्तमान केपी ओलीको सरकारलाई अधिनाकतावादी सरकारको संज्ञा दिँदै २ तिहाइको दम्भमा राज्यको हित विपरित कार्य गरेको भन्दै यसको विरोधमा नेपाल विद्यार्थीसंघ बुद्धशान्तिले बुधबार बेलुका राँके जुलुस निकालेको छ ।

बुधबारे बजार बिच चोकबाट सुरु भएको राँके जुलुसमा नेपाली काँग्रेस महासमित सदस्य खड्ग प्रसाई, क्षेत्र नम्बर २ का सभापति खगेन्द्र मैनाली, नेपाली काँग्रेसका नेता गोविन्द पौडेल, रुद्र चापागाई, नेपाल विद्यार्थी संघ झापा जिल्ला सदस्य भुपेन्द्र थेवे, गोकुल पौडल बुद्धशान्ति नेवि संघ सभापति नरेस लावती, सचिव रोसन भट्टराई लगायत अन्य भातृ संगठनका अन्य थुपै्र कार्यकर्ताको उपस्थितीमा भएको राँके जुलुस विरोध कार्यक्रम पुलिस चोकमा गएर कोण सभामा परिवर्तन हुँदै अन्त्य भएको थियो ।

बुद्धशान्तिमा मात्र नभएर देशका विभिन्न स्थानहरुमा शान्तिपुर्ण ढंगले विरोधका कार्यक्रम भएको तथा आजको कार्यक्रममा देशका विभिन्न स्थानहरुमा केपी ओलीको पुत्ला दहन समेतको कार्यक्रम रहेको नेबिसंघ जिल्ला सभापति राजेन्द्र उप्रेतीले जानकारी दिए ।

बिहि, माघ १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

विप्लव माओवादीद्धारा झापा बन्द फिर्ता

बिर्तामोड,९ जेठ । नेपाल कम्युनिस्ट पार्टीले भोलि शुक्रवारका लागि आह्वान गरेको झापा बन्द फिर्ता लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली झापा नआउने भएसंगै विप्लव माओवादीले बन्द फिर्ता लिएको हो । पार्टीमाथि लगाईएको प्रतिबन्ध,...

भोलि शुक्रबार झापा बन्दको आह्वान

बिर्तामोड,९ जेठ ।नेपाल कम्युनिष्ट पार्टीले भोलि शुक्रवार झापा बन्दको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली जिल्ला आउने कार्यक्रम तय भएपछि पार्टीमाथि लगाईएको प्रतिबन्ध, गिरफ्तारी र धरपकडका बिरुद्ध नेकपा झापाले जिल्ला बन्दको घोषणा...

झापाबाट सर्वश्रेष्ठ पक्राउ, रिहा गर्न मेची ब्युरोको माग

झापा,७ जेठ । झापाको बिर्तामोडबाट नेपाल कम्युनिष्ट पार्टीका मेची ब्युरो सदस्य एंव इलाम जिल्ला इन्चार्ज सर्वश्रेष्ठलाई सोमबार प्रहरीले गिरफ्तार गरेको छ । सरकारले प्रतिबन्ध लगाए संगै देशैभरीबाट नेकपाका नेता कार्यकर्ताहरुलाइ प्रहरीले व्यापक रुपमा धरपकड...

प्रेस स्वतन्त्रताको परिकल्पनाभन्दा माथि सरकार जान सक्तैन : खनाल

झापा,६ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता, पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिडिया काउन्सील विधेयकप्रति पत्रकारले गरिरहेको आन्दोलनको आफूले विरोध नगर्ने बताएका छन् । ‘आन्दोलनले प्रेस स्वतन्त्रतालाई स्थापित गर्न र प्रेसलाई मर्यादित बनाउन बहस...

सरकारलाई नागरिकका आवश्यकता बुझ्न कांग्रेस प्रवक्ताको सुझाव

दमक,६ जेठ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई आवश्यकतामा आधारित विकासका योजनाहरुलाई प्राथमिकता दिन सुझाव दिएका छन् । नेपाली कांग्रेसले शुरु गरेको जनजागरण अभियानको सोमबार झापाको कमल गाउँपालिकाको क्याम्पा वजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...

सरकारको निगरानी बढाउन काँग्रेसले बनायो छायाँ सरकार

काठमाडौँ, ६ जेठ ।  सरकारले गरेको काम तथा कारवाहीहरुमा निगरानी बढाउनको लागि नेपाली काँंग्रेसले छायाँ सरकारको गठन गरेको छ ।प्रमुख प्रतिपक्षी दल समेत रहेको कांँगेस सरकारको काम तथा कारवाहीदेखि रुष्ट रहदै आएको छ ।...

बिकास बजेट हचुवाका भरमा खर्च नगरौ– नेता सिंह

नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि बिनियोजन हुने बजेटको विरोध गर्नुको कुनै अर्थ नरहेको बताउनुभएको छ । सोमबार काठमाडौको घट्टेकुलोमा निर्माण हुन लागेको बीर गणेशमान...

टोखामा प्रहरीको गोली लागेर एक जना घाइते

काठमाडौंको टोखामा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । चोरीको घटनामा संलग्न रहेका अभियुक्त काले भनिने विष्णु तामाङलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि अभियुक्तले प्रतिकार गरेपछि गोली प्रहार गरिएको प्रहरीले जनाएको छ...

जेठ १० बाट प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता हुदै

तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ १० गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद राखेपले शनिबार पत्रकार सम्मेलन गर्दै नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जेठ १० गतेबाट २५ गतेसम्म प्रतियोगिता हुने...

पत्रकार, मानवअधिकारको क्षेत्रमाथि कुनै पनि हस्तक्षेप हामीलाई मान्य नहुने: देउवा

बिराटनगर | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकार, मानवअधिकारको क्षेत्रमाथि कुनै पनि हस्तक्षेप आफुहरुलाई मान्य नहुने बताएका छन् । शनिवार विराटनगरमा सञ्चारकर्मीसंग सभापति देउवाले अलोकतान्त्रिक र प्रेस स्वतन्त्रता विरोधी...