बिर्तामोड महोत्सव : हेलिकप्टर चढ्नेमा बच्चादेखि ९७ वर्षीय सम्म

हाम्रो दमक

बिर्तामोड । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हेलिकप्टर चढ्नेको संख्या बढ्दै गएको छ । महोत्सवको आकर्षणका रुपमा माउण्टेन एयरको हेलिकप्टर ल्याइएसँगै हेलिकप्टर चढेर विभिन्न स्थान अवलोकन गर्नेहरुको संख्या बढेको हो ।

बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य रोशन प्रसाईंका अनुसार हेलिकप्टर प्रत्येक दिन ९ पटक बिर्तामोड अवलोकनका लागि मात्र उड्दैछ । यो ५ देखि ८ मिनेटसम्मको प्याकेज हो । त्यस्तै झापाका अन्य स्थान अवलोकन गर्नेहरुका लागि पनि १२ मिनेटको प्याकेजमा हेलिकप्टर जाने गरेको उनले सुनाए ।

हेलिकप्टर चढ्नेमा बालबालिकादेखि युवावस्थासम्मका छन् । सोमबार दिउँसो बिर्तामोडका ९७ वर्षीय छविलाल रिजालले समेत हेलिकप्टरबाट बिर्तामोड अवलोकन गरेका छन् ।तेस्रो प्याकेजका रुपमा महोत्सव आयोजक समितिले बिर्तामोडदेखि ताप्लेजुङको पाथीभरा देविको मन्दिरसम्मको उडान तय गरेको छ । त्यसमा हालसम्म ३ पटक उडान गरिएको प्रसाईंले जानकारी दिए । ‘अब २ ट्रिप ताप्लेजुङ जाँदैछौँ,’ उनले भने, ‘अझै ३० ट्रिप हुने गरी मान्छे तयार छन् तर, मैसमले गर्दा ताप्लेजुङ चाहिँ जान नसकिने अवस्था छ ।’

महोत्सवमा हरेक दिन सांगीतिक कार्यक्रम सञ्चालन भइरहेको छ । सोमबार दिउँसो बिर्तामोडस्थित टावर टेम्बल बोर्डिङ स्कूलका विद्यार्थी र बिर्तामोडका कलाकार विशाल श्रेष्ठले सांगीतिक प्रस्तुति दिएका थिए । साँझमा भने झापाका चर्चित गायक प्रेम आङ्देम्बे र मुलुककै ख्यातीप्राप्त गायिका मेलिना राईको बेजोड प्रस्तुति थियो ।

मंगलबार दिउँसो सरस्वती एन्जल स्कूलका विद्यार्थीको गायन तथा नृत्य रहनेछ । त्यस्तै साधना कला केन्द्रको विशेष प्रस्तुति रहने महोत्सवका साँस्कृतिक समिति संयोजक श्याम खड्गीले जानकारी दिए । मंगलबार नै धरानको टोलीले दोहोरी प्रस्तुत गर्ने बताइएको छ । साँझ भने चर्चित गायक राजेशपायल राईले स्टेज तताउँदैछन् ।

बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित महोत्सव शुक्रबारदेखि सुरु भएको हो । २ सय १० वटा स्टल रहेको महोत्सवमा अवलोकन तथा किनमेल गर्न आउनेको संख्या बढ्दो क्रममा रहेको महोत्सव सचिवालयका कार्यकारी अधिकृत अनिल ढुंगानाले बताए ।

महोत्सवमा टिकटको समेत व्यवस्था गरिएको छ । हालसम्म १७ हजार जनाले टिकट काटेर महोत्सवको अवलोकन गरेको आयोजक समितिका कोषाध्यक्ष मनोज अग्रवालले जानकारी दिए ।
महोत्सवस्थलमा स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमसमेत सञ्चालन भइरहेको छ । महोत्सवमा २ लाखभन्दा बढी मानिस सहभागी भइ अवलोकन गर्ने अपेक्षा लिइएको महोत्सव आयोजक समितिका सचिब सञ्जिव घिमिरेले बताए । मेलामा बंगलादेश, पाकिस्तान र भारतका प्रदर्शकहरुको पनि सहभागिता छ ।

मेलामा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारले आफ्नो प्रस्तुति देखाइरहेका छन् । महोत्सव २३ माघसम्म सञ्चालन हुने बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले जानकारी दिनुभयो ।

सोम, माघ १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

गौरादहमा प्रदेशस्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिता हुदै

गौरादह,११ जेठ। खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण उद्देश्य हासिल गर्ने लक्ष्य लिएको झापाको गौरादह नगरपालिकाले विभिन्न यस आर्थिक वर्षका लागी विभिन्न खेलकुदका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । गत हप्ता मात्र सम्पन्न भएको मेयरकप भलिवल...

कमल ५ मा अव्यवस्थित बसोवास समस्या समाधान समिति

दमक ,११ जेठ । वर्षोदेखि बसोवास गरिआएका झापा, कमल गाँउपालिका ५ स्थित गजुरमुखी टोलका बासिन्दाहरुले आफनो जग्गा भूमाफियाले हड्प्न लागेको भन्दै स्थानीयहरु आन्दोलित भएका छन् । शुक्रवार त्यहाँ भएको वृहत भेलाले इन्द्रकुमार राईको संयोजकत्वमा...

प्रसाईको ‘जीवन यात्रा ’कृति लोकापर्ण

दमक,१० जेठ । झापा, दमकका सामाजिक तथा शैक्षिक व्यक्तित्व कोमलराज प्रसाईले ‘जीवन यात्रा ’ नामक कृति निकालेका छन् । दमकमा शुक्रवार एक कार्यक्रमका बीच कृतिको अग्रज साहित्यकार डाक्टर तुलसी भटट्राईले लोकापर्ण गरे । त्यस...

जेम्सको इन्ट्रयाक टोली डिस्ट्रीक कन्फेरेन्समा सहभागि हुदै

दमक,१० जेठ । भोलि शनिवारदेखि चितवनको सौराहामा हुने इन्ट्रयाक क्लवहरुको तीनदिने छैठौं डिस्ट्रीक कन्फेरेन्समा सहभागि हुन दमकको झापा मोडल अंग्रेजी वोर्डिङ स्कुलका एक टोली आज त्यस तर्फ प्रस्थान गरेको छ । विद्यालयका प्रिन्सीपल सागर श्रेष्ठसहितको...

दमक आसपास १० हजार सवारी कारवाहीमा

दमक,१० जेठ । ट्राफिक प्रहरी कार्यालय दमकले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ट्राफिक सवारी नियम उलङघन गर्ने ९ हजार वढी सवारी साधनहरुलाई कारवाही गरि रु ६४ लाख बढी राजस्व संकलन गरेको छ । कार्यालयका...

कमलको बाँसवारी स्कुलमा जुरेस

कमल ,१० जेठ । झापाको कमल गाँउपालिका वडा नम्बर १ स्थित बाँसवारी माध्यमिक विद्यालयमा रेडक्रस गठन गरिएको छ । नेपाल रेडक्रस सोसाईटी लखनपुर  उपशाखाको अगुवाईमा शुक्रवार जुनियर रेडक्रस सर्कल (जुरेस ) गठन गरिएको उपशाखा...

रंगशालाका बारेमा सरोकारवालापक्ष संग अन्तरकृया

दमक,१०जेठ । झापाको कमल गाँउपालिका ५ स्थित आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले विहिबार रंगशालाका बारेमा सरोकारवाला हरुसंग अन्तरकृयाको आयोजना गरेको छ ।  रंगशालाका वारेमा भईरहेका गतिविधिहरुका सम्बन्धमा विस्तृत जानकारी दिने उद्देश्यले सरोकारवालाहरुसंग अन्तरकृया गरिएको...

दुई दिने एडभान्स प्लम्बर तालिम बिर्तामोडमा सम्पन्न

बिर्तामोड । झापाका प्लम्बरलाई थप दक्ष र सक्षम बनाउन एडभान्स प्लम्बर तालिम दिइएको छ । पञ्चकन्या ग्रुप अन्र्तगत पञ्चकन्या प्लास्टिक डिभिजनको आयोजनामा भएको एडभान्स तालिममा प्लम्बरको कार्यविधि, बाथरुम, किचनलगायत स्थानमा उत्पन्न विभिन्न कठिनाईहरुको उचित...

जनप्रतिनिधिले धनकुटामा तिरिदिए विद्यालयको ऋण

धनकुटा नगरपालिका वडा नम्बर तिनका बडाध्यक्ष बिकास घिमिरेले अहिले सम्म आफु प्राप्तगर्ने सरकारी सेवा सुबिधावाट स्थानीय एक बिद्यालयको ऋण तिरिदिनु भएको छ । घिमिरेले ज्वालादेबी अधारभुत बिद्यालय ब्यबस्थापन गर्दा लागेको तिन लाख १८ हजार रुपैया...

रतुवामाईको सौठामा अस्पताल बन्ने

मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ६ सौठामा विपी नेत्र प्रतिष्ठान नाक, कान, घाटि, आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । विपी नेत्र प्रतिष्ठान भक्तपुरले रतुवामाई नगरपालिकाको सौठामा निर्माण गर्ने अस्पताल भवनको बुधबार एक कार्यक्रमका विच...