१ करोड ५० लाखको गुलाफ ‘भ्यालेन्टाइन डे’ का लागि आयात गरिँदै

  • प्रकाशित मिति : शुक्रबार, माघ ११, २०७५



  • प्रेम गर्नेहरुका लागि विशेष दिन फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे’ । तर्क गर्नेहरु भन्छन्, ‘यो पश्चिमा संस्कृति हो । आयतित संस्कृति हो ।’ तर, प्रेमका पक्षपातीहरू भन्छन्, ‘प्रेमको कुनै भूगोल हुँदैन । प्रेमको कुनै सीमा हुँदैन ।’

    प्रेमको बहानामा ‘भ्यालेन्टाइन डे’लाई मात्रै बुझ्नु वा मनाइनु तर्कसंगत छैन । एक हिसाबले अहिलेको पुस्तालाई त ठीकै लाग्ला । हुन त केही नेपालीहरू हाम्रो आफ्नै संस्कृतिमा पनि प्रेम दिवस भएको र त्यो कृष्ण अष्टमी भएको तर्कमा जोड दिन्छन् ।

    त्यसैले अर्काको संस्कृति अनुसार प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे मनाउन नहुने तर्क राख्छन् । तर पनि भ्यालेन्टाइनले नेपाली समाजमा पनि जरो गाड्दै छ । १४ फेब्रुवरीका दिन मनाइने यो दिवसमा प्रेम प्रस्ताव राख्ने, प्रेम सन्देशहरू लिने दिने र जीवनसाथी नै रोज्ने पनि गरिन्छ ।

    पछिल्लो समय ‘भ्यालेन्टाइन डे’को प्रभाव नेपालमा पनि पर्दै गएको छ । नेपालमा पनि युवा–युवतीहरु भ्यालेन्टाइन डेलाई विशेष रुपमा मनाउँदै आएका छन् ।

    यस वर्षको ‘भ्यालेन्टाइन डे’का लागि करिब एक करोड ५० लाख मूल्यको बराबरको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिने भएको छ । माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बढ्ने बताइएको छ ।

    गत वर्ष रु एक करोड २५ लाख मूल्यको गुलाफ आयात भएको थियो । बजारमा माग बढेकाले भारतबाट यस वर्ष गत वर्षभन्दा धेरै परिमाणमा फूल आयात गर्न लागिएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जानकारी दिएको छ । यस दिवसमा खपत हुने दुई लाख स्टिममध्ये एक लाख ६० हजार बाहिरी देशबाट ल्याइने र ४० हजार स्टिम नेपालको उत्पादन रहेको छ ।

    एशोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार गुलाफ फूलको अन्तर्राष्ट्रियरूपमा नै मूल्य बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य वृद्धि हुनेछ । आयात गरिएका गुलाफमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ६० प्रतिशत खपत हुने एशोसिएसनले जनाएको छ ।

    गत वर्ष प्रतिगुलाफ रु ४० देखि ८० सम्म तिरेर उपभोक्ताले खरिद गरेका थिए । यस वर्ष ५० देखि १०० सम्म पर्ने हुँदा गत वर्षको तुलनामा यस वर्ष १५ प्रतिशतसम्म मूल्यवृद्धि हुने पनि एशोसिएसनले जानकारी दिएको छ ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology