सेन्टरीको अध्यक्षमा हिमा खनाल

  • प्रकाशित मिति : शुक्रबार, पुस २७, २०७५



  • मेचीनगर । हिमा खनालको अध्यक्षतामा दुई बर्षे कार्यकालका लागि १५ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । सेन्टरी युवा क्लब मेचीनगरले जिल्ला प्रशासन कार्यालय र झापा जिल्ला खेलकुद विकास समितिमा संस्था दर्ता गराउनका लागि खनालको नेतृत्वमा तदर्थ समिति निर्माण गरेको थियो । समितिले विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय र झापा जिल्ला खेलकुद विकास समितिमा संस्था दर्ता गराए संगै २ बर्षे कार्यकालका लागि संस्थाको अध्यक्षमा हिमा खनाल लाई सर्व सम्मत चयन गरेको छ ।

    नयाँ कार्यसमितिको उपाध्यक्षमा चन्द्रकान्त धमला (प्रकाश) , सचिवमा तेजन राजवंशी, सहसचिवमा विजय तामाङ्ग र कोषाध्यक्षमा सन्जीता मगर रहेका छन । त्यसै गरेर सदस्यहरुमा नसिव धिमाल, मनिस थापा, विनम मेचे, मिना धिमाल, भिम बहादुर थापा, लिला बुडाथोकी, मंजिल थामी, पुनस थामी, प्रेम शेर्मा र सुन्दर किसान रहेका छन् ।

    संस्थाको सल्लाहकारहरु लालबहादुर थामी, गिरीराज धमला, बिष्णु भट्टराई लगायतको शुभकामना मन्तव्य रहेको कार्यक्रममा पत्रकार, समाजसेवी स्थानियवासी लगायतको उपस्थित थियो । संस्थाकी अध्यक्ष हिमा खनालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव तेजन राजवंशीले गरेका थिए ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology