‘पुस्तक प्रकाशन गरेर आश्रित छु’


हाम्रो दमक
  • प्रकाशित मिति : मङ्लबार, पुस १०, २०७५


  • झापा, मेचीनगर– ६ बर्मेली टोल निवासी नन्दकुमार लिम्बु (नेम्बाङ्ग )धार्मिकसंगै कृति लेखकका रुपमा चिनिन्छन् । ‘साधु कुमार’ उपनामले पनि चिनिने लेखकले हालसम्म आधा दर्जन पुस्तकहरु वजारमा ल्याएका छन् ।


    २०६० सालदेखि कृति लेखन कार्य शुरु गरेका उनले लेखकीय यात्रामा नै आफू आश्रित भएको बताँउछन् ।
    क्रिश्चियन धर्मावलम्बी लेखक नेम्बाङ्ग लेखन आफनो शौख भएको अहिले व्यवसायकि बनेको ठान्छन् ।

    ‘पुस्तक प्रकाशन गरेर आश्रित छु ’ उनले आफना पुस्तक धार्मिकसंगै सामाजिक चालचलनको विषय केन्द्रीत हुने दावी गर्छन् । छिट्टै ‘अजम्बरी माया कस्तो हुन्छ,साचो जिउदो प्रेम कस्को हुन्छ ? नामक उपन्यास निकाल्ने तयारीमा छन् ।

    प्रस्तुत छ,उनै ५८ बर्षिय लेखक नेम्बाङ्गसंग गरिएको कुराकानी ।

    तपाईको लेखन क्षेत्र कसरी भयो ?
    मूलत म एउटा परमेश्वरको प्रचारक भएका कारण गाँउघरहरुसम्म पुग्दाँ त्यहाँ देखिएको धार्मिकसंगै सामाजिक मुद्याहरुलाई पुस्तिकाका रुपमा निकाल्नु पर्छ भनेर त्यही प्रेरणाबाट यसरी पुस्तक निकाल्न थालेको हुँ । कुनै विषयमा विचार लेखे,देखे त्यही विषयलाई पुस्तिकाको रुपमा निकालेर आम पाठकहरुसम्म पुरयाँउनुपर्छ भन्ने ठानेर २०६० सालदेखि भने पुस्तकको आकार दिएको हुँ ।

    हालसम्म कतिवटा पुस्तक प्रकाशन गर्नुभयो ?
    आधा दर्जन पुग्यो होला । पहिलो पुस्तक २०६१ सालमा निकालेको थिए ,‘अनन्तको सत्य बाटो’ । जुन पुस्तक १० औं संस्करण गर्न बाँध्य भए । वजारमा करिव १५ हजार पुस्तक खपत भएको छ । उक्त कृति आमपाठकले मन पराएको पाएको छु । यस कृतिमा धर्म के हो ? धर्मले मानिसलाई के शिक्षा दिन्छ ? धर्मको इतिहासलाई थोरै भएपनि स्वतन्त्र ढंगले उठान गर्न खोजेको छु ।
    त्यसपछि दोश्रो कृतिका रुपमा २०६४ सालमा ‘थाप्लोमा भारी चौतारीमा विसाउने ’प्रकाशन गरे । २०६५ सालमा तेश्रो कृति ‘इश्वरलाई पुज्दैछौं की देउतालाई’,२०६७ सालमा चौथो कृतिका रुपमा ‘किरात मुन्धुम इतिहासकामे ७५ औं पुस्ता ’ निकाले ।

    यसैगरि २०७० सालमा ‘सवाल जवाफ’ र २०७५ सालमा छैठौ कृति ‘डलर खानलाई ख्रिष्टियन भएको की मुक्ति पाउनलाई ? ’नामक समसामयिक कृति वजारमा ल्याएको छु ।

    –यतिका कृति निकाल्नु भयो,खर्च कसरी जुटाउनुहुन्छ ?
    अत्यन्त राम्रो प्रश्न गर्नुभयो, मैले आजसम्म जति कृति निकालेको छु,ती सवै पुस्तकबाट नै आर्जन गरेको हुँ । ख्रिष्टियन मात्र होइन , सवै धर्म र सवैखाले मान्छेले खोजिखोजि ती पुस्तक खरिद गर्नुभएको छ ।
    कृति निकाल्ने रहरले अहिले व्यवसायिकता बनेको छु । मेरो पेसा नै भनौ,लेखन यात्रालाई यसरीनै अगाडी लगिरहेको छु ।

    स्वतन्त्र कृति भन्दा धार्मिक क्षेत्रसंग बढी प्रभावित हुनुहुन्छ नी ?

    मेरो धार्मिक आस्था ख्रिष्टियन हो । त्यो धर्मसंगै वढी प्रभावित हुनु पनि स्वाभाविकनै हो नी ? तर ख्रिष्टियन भन्दै भ्रम दिन भने पटक्कै खोजेको छुईन् । तपाईले अध्ययन गरे पछि अवश्य थाहा पाउनु हुने नै छ । एउटा कृति निकालेर आमजनमानसमा धार्मिक भ्रम छर्ने दृष्ट्रिले एक त विचार नै लेख्दिन । धर्मका मामिलामा आफूले जानेसम्म अध्ययन गरेसम्मका अनुभवहरुलाई कृतिमा निर्भिक,निष्पक्ष तथा सत्यतथ्य उजागर गर्ने प्रयास गरेको छु । यसर्थ, म एउटा ओझेल परेको व्यवसायिक लेखक भनेर भन्न पनि रुचाँउछु ।
    तपाईलाई धार्मिक लेखक भनेर भन्ने गरिन्छ नी ?
    त्यो होइन् । एउटा लेखकलाई धर्मका पक्षपाती भनेर परिभाषित गरियो भने उसको लेखकीय यात्रा माथि अन्याय हुन जान्छ । मैले अघि पनि भने नि, म कुनै धर्मको नजिक भएका कारण मलाई धर्मका पक्षपाती लेखक भनेर आरोप लगाउनु उचित हुदैन् की भन्ने लाग्छ ।
    मेलै भन्दैआएको छु ,मान्छेले झुठ बोलेर कुनै स्वार्थका लागि आफनो लेखन पेशालाई सौदावाजी गर्नुहुदैन् । लेखकका विचार सधै स्वतन्त्र हुनुपर्छ । त्यसैले पनि म जति लेख्छु,चिन्तन गर्छू ,पुस्तकका आकार दिन्छु त्यसमा धार्मिक प्रभाव विल्कुल छैन् ।

    तपाईले लेख्नुभएका कृतिको मुख्य विशेषता के छन् ?
    आमजनमानसमा धर्म र संस्कृतिका बारेमा सकरात्मक विचार पुरयाँउने विषयमुखी छन् मेरा कृतिहरु । धर्म,संस्कृतिका बारेमा जति अनुभव हासिल गरेको छु,त्यसका राम्रा र नराम्रा पक्षलाई औल्याउने चेष्टा गरेको छु । त्यसो भनिरहदाँ म आफैभने त्यस्तो इतिहासकार पनि होइन् । तर समाजका हरेक वर्ग,समुदायसम्म पुगिरहदाँ जे जस्तो यर्थाथता अनुभव बटुले त्यसैलाई पुस्तकमा समावेश गरिआएको छु ।
    कृतिका अर्को पक्ष भनेको हरेक धर्म,संस्कृति ,समाजका विकृत पक्षलाई उजागर गर्नुपनि हो । अधिकांस मेरा कृतिहरु त्यही सेरोफेरामा केन्द्रीत छन् । यसले पक्कै पनि आम पाठकलाई छुट्टै संगै मननयोग्य खुराक भने दिएको होलान भन्ने लाग्छ ।

    यसरी कृति निकालेर दैनिकी गुजारा गरिरहदाँ तपाई कतिको सन्तुष्टि हुनुहुन्छ ?

    अत्यन्त सन्तुष्ट छु । जहिले कृति लेखन शुरु गरे,त्यसमा सन्तुष्टि छु । कृति लेखन अघिका दैनिकी र अहिलेको दैनिकी फेरिएको अनुभव गरेको छु । कृतिमा परिवारको गुजारा गरिरहेको छु , निकै संघर्ष पनि गरेको छु । मोफसलमा किताव निकालेर त्यसैमा बाँच्नु र पुनः कितावहरु निकाल्दै जानु भनेको पक्कै सामान्य करो होइन् । पुस्तकका विषयवस्तु छान्नु, प्रकाशक खोज्नु निकै चुनौती भएपनि आजसम्म चिताएको सवै पूरा भएको छ ।

    –अहिलेका प्रविधिले गर्दा यस्ता कृतिहरु निकाल्दाँ पक्कै असर पुरयाँएको छ होला नी ?
    सूचना प्रविधिमा देखिएका उच्चतम फड्को प्रति युवा पुस्ताहरुको आर्कषण यसतर्फ उच्च छ । सवै मानिस प्रविधियु क्त छैनन् । भोलि त्यही प्रविधिमा जानु पर्छ नै । तर अहिलेनै कृति निकालेर हार खानु पर्ने,वजारनै छैन् भन्ने कमजोर अवस्था भने आएको देख्दिन् ।
    राम्रा कृतिहरु अहिले पनि खोजीखोजी अध्ययन गर्छन् । हिजोभन्दा अहिले कृतिहरुको वजारीकरणमा समस्या देखिएको छ । तर प्रविधिले गर्दा कृतिहरुनै बिक्री हुदैनन् भन्ने मलाई लाग्दैन् । राम्रो खुराक दिन सकिए वजारमा धेरै कृति टिकेका छन्, राम्रो वजार पनि पाएका छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology