मिस कोच इन्टरनेसनल २०१८ को उपाधि सदापलाई

  • प्रकाशित मिति : आइतवार, पुस १, २०७५



  • बिर्तामोड । यसोदा फुड्स मिस कोच ईन्टरनेश्नल २०१८ को उपाधि भारत मेघालयकी हेरोलिन कोच सदापले हात पारेकि छन् । तिम्रो लागी तिम्रो करियर महत्वपुर्ण की तिम्रो परिवार भन्ने निर्णायकहरुको प्रश्नको जवाफमा उनले करियर र परिवार दुबै मेरा लागी महत्वपुर्ण छ । तर परिवारको सपोर्टको लागी करियर पनि महत्वपुर्ण छ भन्ने जवाफ दिदै उपाधि जित्न सफल भएकी हुन् ।

    शनिबार धुलाबारी स्थित पासाङ लाम्हु स्मृती भवन टाउनहलमा भएको कायृक्रममा फस्ट रनरअपको उपाधि भारत उत्तर बंगालकी प्रतिमा सिंहले र सेकेन्ड रनरअपको उपाधि झापा धुलाबारीकी सोनाली राजवंशीले जितेकी छन् । ताज जितेकी सदापले नगद एक लाख, फस्ट रनरअफ सिंहले ५० हजार र सेकेण्ड रनरअफ राजवंशीले २५ हजार नगद, एकएक वटा मोबाइल, होटल मेनेजमेन्ट अध्ययन गर्ने अवसर र अन्य विभिन्न पुरस्कारहरु हात पारेको आयोजक झापा मिडिया हासका सिईओ योगेश राजवंशीले बताए ।

    झापा मिडिया हाउसको आयोजानमा भएको प्रतियोागितामा नेपालको झापा, मोरंग, भारतको उत्तरबंगाल, मेघालय र आसाका गरी १७ जना युवतीहरु सहभागी थिए । प्रतियोगितामा मिस ट्यालेन्ट हियामणी सरकार, मिस डिसिप्लेन आसा राजवंशी, मिस क्याटवक सुदिप्ता महन्त, सपना ब्यूटी विथ प्रपोच हेरोलिन कोच, मिस एक्टीब प्रियंका बरुवा, मिस फ्रेण्डसीप रोहिनी माझी, मिस हेयर सम्झना राजवंशी, मिस पपुलर प्रतिमा सिंह, मिस स्पोटर्स रुबिता कोच, मिस फिजिक्स सोनाली राजवंशी, मिस पर्सनालिटी बुलबुली कोच, मिस कन्फिडेन्ट कृति कोच, मिस ईन्टलेक्ट प्रियङ्का ताजपुरिया, मिस ग्लामर चन्दना कोच, मिस चामिङ साबित्रा ताजपुरिया, मिस मल्टिमिडिया जिमि राजवंशी र मिस फोटोजेनिक करिश्मा कोच भएको आयोजकका प्रबन्धनिर्देशक अभय राजवंशीले बताए ।

    प्रतियोगिताको कोरियोग्राफर सपना राजवंशीले गरेकीथिइन । कार्यक्रमको सञ्चालन दिलिप राजवंशीले गरेका थिए ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology