कांग्रेस क्षेत्रीय कार्यालय आफनै भवनमा सरयो


हाम्रो दमक
  • प्रकाशित मिति : सोमवार, मंसिर २४, २०७५


  • दमक,२४ मंसिर । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको कार्यालय दमकको आफनै नवनिर्मित भवनमा सरेको छ । पार्टीको क्षेत्रीय कार्यालय भवन सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले बताए ।


    दमक ५ स्थित कांग्रेस नगर समितिको कार्यालयसंगै जोडिएको क्षेत्रीय समितिको कार्यालय भवन करिव २७ लाख रुपैयाको लागतमा निर्माण गरिएको सभापति भण्डारीले बताए । तीन वर्ष अघि शुरु गरिएको पार्टी कार्यालय भवन बनाउन पार्टी कार्यकर्ताहरुको चन्दासहित मुगाधन कृष्णकुमारी राई स्मृति ट्रष्टको सहयोगबाट निर्माण गरिएको उनले जानकारी दिए । आगामी पुसभित्र उद्घाटन गरिने उक्त एक तले पार्टी कार्यालय भवन एक हलसहित ४ कोठा रहेका छन् ।
    पार्टी कार्यालय भवन निर्माण गरिएपछि पार्टीका बैठक,भेला बस्न सुविधा पुग्ने क्षेत्रीय सचिव धर्मानन्द भट्टराईले बताए ।
    यसैगरि कांग्रेस दमकको समेत कार्यालय भवन थप व्यवस्थित गरिने कार्य धमाधम भईरहेको कांग्रेस नगर उपसभापति राजकुमार गौतमले बताए । निर्माण समितिका सहसंयोजक गौतमका अनुसार नगर पार्टी कार्यालयको स्तरन्नति गर्न विभिन्न संरचनाका कामहरु धमाधम भईरहेका छन् । कार्यालयको सभागृह,बैठक कक्ष,सचिवालय कक्ष ,रङ्गरोगन व्यवस्थित गरिने कार्य भइरहेको उहाँले जानकारी दिए ।
    ती कार्य सम्पन्न गर्न देउसीभैलीबाट संकलित रु १ लाखसहित चन्दा सहयोग गरि रु ६ लाख लागत रहने जनाईएको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology