चलचित्र “कुलत” को छायाङ्कन हुँदै


हाम्रो दमक
  • प्रकाशित मिति : सोमवार, मंसिर २४, २०७५


  • बुद्धशान्ति। पुर्वेली कलाकार संघको दोस्रो प्रस्तुती नेपाली चलचित्र “कुलत” को छायाङ्कन शुरु भएको छ । नाटक लेखन, निर्देशन र अभिनयको अनुभव सँगोका कसम खवासको कथा लेखन र निर्देशनमा निर्माण भइरहेको चलचित्र कुलतको झापाको बुद्धशान्ति र इलामका कन्याम लगायत विभिन्न आकर्षक स्थानमा छायाङ्कन भइरहेको निर्माण टिमले जानकारी दिएको छ ।

    कुलतमा फसेर पछि सुध्रेका र समाजमा उदारहणीय भएका युवा युवतीको जीवनीलाई चलचित्रमा उतार्न खोजीएको निर्देशक कसम खवासले जानकारी दिनुभयो । निर्देशक खवासका अनुसार युवायुवतीहरु अझ भनौ धनाड्य र लाउरेका परिवारका छोराछोरीहरु कसरी कुलतमा फस्छन् साथै ती मध्येका कोहि सुध्रीएर समाजमा राम्रा काम गरेको कथालाई दुरुस्त उतार्न खोजीएको छ । निकिता रसाइली र ज्ञानु श्रेष्ठले उक्त भुमिका निभाएका छन् ।

    मान बहादुर साँवा, भरत राउत र मोहन लिम्बु चलचित्रको निर्माता रहेका छन् । छायाङ्कन नरेश चौधरीको रहेको छ । चलचित्रमा सुमन राई, मान बहादुर साँवा, दिलु लिम्बु, सुगम लिम्बु, विरेन साउदेन, भरत राउत र निकिता रसाइली र ज्ञानु श्रेष्ठको मुख्य भुमिका रहेको छ ।

    पौष महिनाको दोस्रो सातामा छायाङ्कन सकेर सम्दापन गरिने र नयाँ बर्षको उपलक्ष्यमा चलचित्र हलमा आउने निर्माण युनिटले जनाएको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology