सामसुङको बहुप्रतिक्षित पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक

  • प्रकाशित मिति : आइतवार, कार्तिक २५, २०७५



  • एजेन्सी । दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्नो बहुप्रतिक्षित पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको छ ।

    कम्पनीले पाँचौ डेभलपर सम्मेलन गर्दै सामसुङको पहिलो फोल्डेबल स्मार्टफोन ल्याएको हो । यो स्मार्टफोनको स्क्रिन पूर्ण रुपमा तन्काउँदा ट्याबलेटको स्वरुपमा बदलिन्छ भने पट्याउँदा स्मार्टफोन बन्दछ ।

    बुधबार आयोजित समारोहका बीच सामसुङको मोबाइल मार्केटिङ्ग विभागका वरिष्ठ उपाध्यक्ष जस्टिन डेनिसले उक्त स्मार्टफोनलाई सार्वजनिक गरेका हुन् ।

    आगामी महिनादेखि यो स्मार्टफोनको व्यवसायिक हिसाबले उत्पादन सुरु हुने कम्पनीले बताइएको छ । अहिले सार्वजानिक गरिएको स्मार्टफोन कम्पनीको फाइनल प्रडक्ट भने होइन ।

    सामसुङका अनुसार फोल्डेबल डिस्प्लेसँगै सामसुङ मोबाइल प्रयोगकर्ताले नयाँ अनुभव गर्न पाउनेछन् । कम्पनीले यो फोल्डेबल डिस्प्लेलाई इनफिनिटी फ्लेक्स डिस्प्ले भनेको छ । यो फोनलाई प्रयोगकर्ताले सजिलैसँग बन्द गर्न र खोल्न सक्नेछन् ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology