हस्तमैथुन गर्दा महिला र पुरुषलाई हुन्छन यस्ता फाइदाहरु

  • प्रकाशित मिति : शनिबार, कार्तिक २४, २०७५



  • हस्तमैथुन भन्नाले हातको माध्यमबाट खेलाएर वा विभिन्न प्रकारले यौन आनन्द लिने कार्य हो ।तर यसको विषयमा धेरैलाइ थाहा छैन । कति यसको शिकार भइराखेका छन । कतिपय हस्तमैथुन गर्न हुने हो कि होइन भनेर यसैगरी कोही हस्तमैथुन गर्ने र पछि पछुताइरहेका हुन्छन ।

    तर यसबारे चिन्ता नलिनुहोस यो प्राकृतिक कुरा हो । यसलाइ तपाइले कुनै हिचकिचावट नै गर्न सक्नुहुन्छ । यसले ठिक उल्टो अर्थात हस्तमैथुन एक स्वस्थ यौन जीवनको महत्वपूर्ण हिस्सा हो भनेर विशेषज्ञहरु बताएका छन् । यसले पुरुष र महिला दुवैलाइ धेरै नै फाइदा गर्ने बताइएको छ । विशेषज्ञहरुका अनुसार हस्तमैथुनका धेरै फाइदाहरु छन ।

    महिलाहरुको लागी यसले धेरै फाईदा पुर्याउने देखिएको छ । महिनावारीसँग जोडिएको दुखाई हटाउनका लागि हस्तमैथुनले सहयोग गर्छ । हस्त मैथुन गर्दा निक्लने तरल पदार्थले दुखाइ कम गर्छ र राहत दिन्छ । हस्तमैथुनबाट निस्कने झोलिलो पदार्थले योनीमा हुने सुखापन हटाउँछ र दुखाइ कम गर्ने भएकाले फाइदा भएको फिनवर्ग स्कूल अफ मेडिसिनमा स्त्री तथा प्रसूती रोगका प्रोफेसर लारा स्ट्रीचर बताएकी छिन ।

    हस्तमैथुनले यौन जीवन बिग्रन्छ भन्ने बुझाइ छ । तर यो गलत मान्यता स्थापित भएको बताइएको छ । यो ठ्यक्कै उल्टो हुन्छ । हस्तमैथुनले मजबुद यौन सम्बन्ध बनाउन सहयोग पुगी फाइदा हुने हुन्छ । त्यस्तै हस्तमैथुन पछि निकै मिठो निन्द्रा लाग्छ । विशेषगरी पुरुषहरुका लागि निन्द्रा नलाग्ने समस्याबाट छुट्कारा पाउनका लागि यो सबैभन्दा सुरक्षित र उपयोगी तरिका भएको फ्रेन्च इन्स्टीच्युट अफ हेल्थ एण्ड मेडिकल रिसर्चको विशेषज्ञहरु बताउँछन् । किनकि हस्तमैथुनपछि पुरुषमा यौन इच्छा पूरा हुन्छ र निन्द्रा लाग्ने समेत बताएका छन् ।

    त्यसैगरी हस्तमैथुनले शारिरिक र मनौबैज्ञानिक स्तरमा आरम महशुस हुन्छ । हस्तमैथुनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र संक्रमण हुनबाट जोगाउँने सेक्सुअल एण्ड रिलेशनसीप थेरापीले जनाएको छ ।अनुसन्धानका अनुसार जुन मानिसमा आर्गेज्म धेरै हुन्छ उसलाई इम्युनोग्लोबिन ए को मात्रा धेरै हुने भएकाले यसबाट बचाउन मद्दत गर्छ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology