यस्तो बिशेषता सहित डबल डिस्प्ले स्मार्टफोन लञ्च गर्ने तयारीमा सामसुङ

  • प्रकाशित मिति : बुधबार, कार्तिक २१, २०७५



  • एजेन्सी । कोरियाली कम्पनी सामसुङले आफ्नो नयाँ फ्लागसीप स्मार्टफोन आगामी ९ नोभेम्बरमा लञ्च गर्ने तयारी गरेको छ ।

    अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा प्रकाशित रिपोर्ट अनुसार सामसुङ चाइनाले SM-W2019 स्मार्टफोन लञ्च समारोहका लागि सञ्चारमाध्यमहरुलाई निमन्त्रण पठाउन सुरु गरेको छ ।

    ट्वीटरमा सामसुङले प्रेषित गरेको एक निमन्त्रणापत्र लिक भएको छ । जसमा रातो तथा निलो रङमा डब्लू लेखिएको छ । तस्वीरमा उक्त स्मार्टफोन लञ्च गर्ने मिति ९ नोभेम्बर पनि लेखिएको छ ।

    सामसुङले अर्को हप्ता सार्वजनिक गर्ने तयारी गरेको उक्त स्मार्टफोनका विशेषताबारे सञ्चार माध्यमहरुले विभिन्न खबर यसअघि नै प्रकाशित गरिसकेका छन् ।

    चीनको सर्टिफिकेशन वेबसाइट टिनाका अनुसार यस फोनमा क्वालकोम स्नापड्रागन ८४५ प्रोसेसरको प्रयोग गरिएको छ ।

    फोनमा ४.२ इन्चका दुईवटा फूल एचडी डिस्प्ले हुनेछन् जसको रिजोलुसन १९२० गुणा १०८० पिक्सेल हुनेछ ।

    ब्याट्री क्षमता ३००० एमएएच रहेको छ । यो फोनमा डुअल रियर क्यामरा सेटअप रहने बताइएको छ । जसमा १२ मेगापिक्सेल प्राइमरी सेन्सर तथा डुअल एपर्चर मोड हुनेछ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology