नेपालमै यस्तो अफर : कपाल काटेर तक्लु बन्नुहोस् र पाउनुहोस् पचास हजार पुरस्कार !

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक २०, २०७५



  • काठमाडौं, २० कार्तिक । चलचित्र ‘प्रेमलीला’ माघ २५ गतेबाट अलनेपाल प्रर्दशनमा आउने भएको छ । चलचित्रकी अभिनेत्री दीपशिखा खड्काले चलचित्रका लागि केही समय आगाडी कपाल मुण्डन गरेकी थिइन् ।

    चलचित्रको प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले चलचित्रको प्रचार प्रसार गर्न थालेको छ । चलचित्र प्रोमोसनका लागि टिमले ‘तक्लु ब्युटी कन्टेस्ट’को आयोजाना पनि गरेको छ।

    ‘महिलाका लागि कपाल सबै भन्दा ठुलो गहना हो । कपाल हुँदा र नहुँदा उसको बाहिरी सुन्दरतामा धेरै असर पर्छ । तक्लु बन्दा मानिसले महिलाको सुन्दरतालाई हेर्ने नजर फरक भएको महसुस गरेको दीपशिखाले बताएकी छिन् ।

    त्यही महसुशलाई सबै सँग साट्नको लागि यो कार्यक्रमको आयवजना गरेको चलचित्र युनिटले जनाएको छ । प्रतियोगितामा महिलाहरु दर्शक मात्र सहभागी हुन पाउनेछन् ।

    सहभागिताका लागि फिल्मको अफिसियल फेसबुक पेजमा आफ्नो परिचयसहित तक्लु फोटो पठाउनु पर्नेछ । संकलित फोटोहरुमधेय उत्कृष्ट १० बाट अन्तिम प्रतिस्पर्धा गराइने चलचित्र युनिटले जनाएको छ ।

    यो प्रतियोगितामा प्रथम हुनेलाई रु ५०,०००, दोश्रो हुनेलाई रु २५,००० र तेश्रो हुनेलाई १०,००० नगद पुरस्कार प्रदान गरिने टिमले कार्यक्रम आयोजना गरेको चलचित्र टोलिले बताएका छन् ।

    दीपशिखा खड्काकै कथा रहेको यस चलचित्रमा भारतीय मोडल अलि खानको पनि मुख्य भूमिका रहेको छ । चलचित्रमा दीपशिखा र अलीसंगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infoham[email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology