एप्पलले ल्यायो यस्तो विशेषता सहित हालसम्मकै पातलो आइप्याड

  • प्रकाशित मिति : शनिबार, कार्तिक १७, २०७५



  • एजेन्सी । अमेरिकी कम्पनी एप्पलले नयाँ आइप्याड बजारमा ल्याएको छ । न्युयोर्कको ब्रुकलिनमा आयोजित समारोहमा एप्पलले अहिलेसम्मकै पातलो आइप्याड प्रो सार्वजनिक गरेको हो ।

    आइप्याड प्रोको सन् २०१८ को यो मोडेल ११ इन्च र १२.९ इन्च गरी दुई स्क्रिन साइजमा उपलब्ध छ ।स्क्रिनको हकमा एलसिडी प्रोमोशन लिक्विड रेटिना डिस्प्ले रहेको छ । यसमा पिक्सेल मास्किंग टेक्नोलोजी रहेको एप्पलले जनाएको छ ।

    नयाँ आइप्याड प्रो ६४ जिबी, २५६ जिबी र १ टिबी गरी तिनवटा स्टोरेज भेरिएन्टमा उपलब्ध रहेको बताइएको छ ।यस आइप्याडमा १० घण्टाको ब्याट्री लाइफ रहेको दाबी गरिएको छ ।

    एप्पलका अनुसार यो अहिलेसम्मकै पातलो आइप्याड हो । दुबै आइप्याड प्रोको मोटाइ मात्र ५.९ मिलिमिटर रहेको छ । पूरानो मोडेल भन्दा यो २५ प्रतिशत हलुका रहेको छ । एजेन्सी

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology