कुराकानी: हाम्रो असन्तुष्टि सरकार संग हैन उसको ब्यवहारसंग हो: बहुल राष्ट्रिय मोर्चा लिम्बुवान अध्यक्ष


हाम्रो दमक
  • प्रकाशित मिति : सोमवार, कार्तिक १२, २०७५


  • पूर्वी जिल्ला ताप्लेजुङको श्री जङ्गा गाउँपालिका खेबाङमा बुवा स्व. तिल विक्रम साम्यो र स्व बिमला खेबाङ (साम्यो) को कोखबाट कान्छो सन्तानका रुपमा जन्मिएका लाजेहाङ साम्यो विगत १२ वर्ष देखि राष्टी«य मुक्ती आन्दोलनमा आवद्ध छन । झापाको बिर्तामोडलाई कर्मथलो बनाउदै आइरहेका साम्यो संघिय लिम्बुवान राज्य परिषद बाट राजनीति यात्रा आरम्भ भएको बताउछन । संस्थापक सदस्य हुँदै युवा मंच लिम्बुवानको अध्यक्ष साथै लिम्बुवानको भोलन्टियर्स (एलभि) प्रमुख लगायतका जिम्मेवारीको पनि अनुभव बटुलीसकेका साम्यो भेडेटार पाँच पार्टी एकता बाट बनेको संघीय लिम्बुवान पार्टी नेपालको उप महासचिवको कार्यभार पनि सम्हालि सकेका छन । पछिल्लो समय जनमुक्ति पार्टि, कोचिला एकता मोर्चा, लिम्बुवान क्रान्तिकारी र संघिय लिम्बुवान पार्टी नेपालीको एकताबाट बनेको बहुल राष्ट्रिय मोर्चा लिम्बुवान राज्य परीषदको अध्यक्षमा निर्वाचित भएका छन लाजे हाङ साम्यो संग यी नै राजनीति विषयको पेरीफेरीमा रहेर हाम्रो दमक डटकमले गरेको कुराकानी ।

    सर्वप्रथम वहुलराष्ट्रीय मोर्चा लिम्बुवान परिषदको अध्यक्ष जस्तो गरीमामय पदमा सर्वसम्मत निर्वाचित हुनु भएकोमा हाम्रो डटकम सम्पुर्ण टिमको तर्फ बाट यहाँलाई हार्दीक बधाइ तथा कार्य सफलताको शुभकामना ।

    धन्यवाद हाम्रो दमक डट कम सम्पुर्ण टिम लाइ पनि मेरो धेरै धेरै शुभकामना, मोफसलमा रहेको समाज हरेक पक्षहरुलाई उजागार गर्दैै आएको हाम्रो दमक डट कम सम्पूर्ण परिवारमा फेरिपनि मेरो शुभकामना साथै अउदादिनहरुमा अज उन्नती र प्रगतीको कामना छ ।

    भर्खरै नेपाल सरकार र तपाइहरुको पार्टी विच वार्ता शुरु भएको छ , बर्ता कसरी अघि बढिरहेको छ ?

    हो हामी यति खेर सरकारी बार्ता टोलि र लिम्बुवान बिच २०६४ साल चैत्र ६ गते भएको सहमति बिच गम्भीर छलफल गरि रहेका छौ । हामि सग गरेको सहमतीमा सघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भित्र जातिय ऎतिहासिक पृष्ठ भुमिको आधारमा अरुण पुर्ब लिम्बुवान स्वायत राज्य संबैधानिक सुनिश्चित गरि घोषणा गरिने छ भनेर सहमती भएको छ । त्त्यो राजनैतिक सहमती अन्तरिम सबिधानको अनुसूची ४ मा समेत राखिएको छ । यसरि हामी सग गरिएको सहमती राज्यले एकलौटी उलंघन गरेर अघि बढी रहेको छ । यसरी सहमती गर्ने उलंघन पनि आफै गर्दै जाने हो भने हामी माथि शासन गर्ने बैधता समेत राज्यको गुम्दै जानेछ र गुम्छ । त्यसो हो भने हामिले पनि राज्यलाइ मानी रहनु पर्दछ भन्ने हुन्न । तसर्थ आज हामी बहुल राष्ट्रिय मोर्चा निर्माण गरेर आफ्नो स्वराज ,स्वसत्ता ,स्वासासन , स्वायतता स्थापना गरेर बिकल्प सहित बिद्रोहको तयारी गरि रहेका छौ । हो यि सबै तयारी गर्नु पर्ने अबस्था राज्यले सिर्जना गर्याे । राज्य इमान्दार हुन सकेन । यो बार्तामा हामिले हाम्रो कुरा प्रष्ट राखेका छौ ।

    यो बहुल राष्ट्रिय मोर्चा भनेको के हो ?

    यो बहुल र्राष्ट्रिय मोर्चा निर्माणको सवालमा अलि गहिरो बुझ्न आबस्यक छ । हामी २०७५ सालको संविधानले गरेको ७ प्रदेशको विभाजनलाई मान्न तयार छैनौ र संघीयतामा बनेका स्थानीयतहरु प्रतिपनि हामि सन्तुष्ट छैनौ । यो सबै राजनैनिक कोपभोजन गरि प्रथम र्राष्ट्रहरुको पहिचान र अधिकारलाई सिध्याउन बनाएको संरचनाहरु हो जहाँ जनता भन्दा शासकको स्वार्थ बढी रक्षा हुन्छ । हामी ईथियोपियाको संविधान र बोलिभियाको संविधानले गरे जस्तै भतजलष्अ ष्लिभ को आधारमा संरचनाहरु निर्माण गर्नु पर्ने कुरामा दृढ छौं किनकी जनताहरुको जनतात्वलाई सम्मान गर्ने मात्र नभै उनिहरुको राजनीतिक, सामाजिक(साँस्कृतिक तथा आर्थिक पहुँज र पकडलाई लोकतान्त्रिक विधीबाट शुनिश्चित गरिएको हुन्छ ।

    ७ प्रदेशको संरचना कुनै नयाँ होइन वा ठोस राजनीतिक सिद्धान्त बिना फगत यहाँका शासकहरुको स्वार्थ रक्षार्थ बनाएको छ । न यो नवउदारवादको पक्षपाती देखिन्छ न त नवमाक्र्सवादी यो त पूरै राजनीतिक ठगीको दृष्टि कोणबाट आएको छ किनकी अव नेपालमा नवउदारवाद वा नवमाक्र्सवाद दुबै अस्विकृत हुँदै छ । यसर्थ अबको राज्य सिद्धान्त ूईण्डिजिनिज्मू हुनुपर्छ भने देशलाई ूबहुलराष्ट्रिय लोकतन्त्र को मार्गबाट संघियता र सामुदायिक समाजवादको लक्ष्यमा पुर्याउन अनिवार्य छ । यति खेर हामी उत्पीडित जाति, बर्ग, बर्ण, लिङ्ग, छेत्र र समुदायको शक्ति निर्माणको खुल्ला बहसमा पनि छौ । तसर्थ बहुल राष्ट्रीय बिद्रोह मार्फत बहुल राष्टी«य लोकतान्त्रिक नेपाल निर्माण गर्न दृढ बिश्वासका साथ निर्माण गरिएको राजनैतीक शक्ति हो ।

    राज्य बाट त देशमा अन्तरविरोध को अन्त्य भयो अब समृद्धको अभियान मात्र बाँकी छ भन्ने सुनिन्छ तर मोर्चा लाई वार्तामा बोलाउनुको अर्थ चाहिँ के हुन सक्छ ?

    हो हामी र सरकारी बार्ता टोलि बिच बार्ता भइ रहदा उहाँहरुको तर्क यहि थियो । हामीले ठाडो अस्विकार गरेका छौ । धेरै नागरिकहरुलाई अधिकार बिहिन बनाएर , आन्तरिक उनिहरुको राजनीतिक अधिकारहरुलाई बेवास्ता गरेर, गरिएका सन्धी सम्झौताहरु, राजनीतिक सहमतीहरुलाइ कुल्चिएर, सबिधान जस्तो बिषयलाइ बहुमत र अल्पमतको द्स्ताबेज बनाएर सिगो नेपालको उत्पीडित जाती बर्ग को जनताको मूल्य र मान्यतालाइ पाखा लगाएर गरिएको समृदीको कुरा ४७ सालको संविधान बिश्वको उत्कृष्ट संविधान हो भनेर कुर्लिएको जस्तै हो भनेर प्रष्ट भनेका छौ । यदि अधिनायकवाद लाधेर दुई तिहाइको नाममा हामी माथी दमन गरिन्छ भने हाम्रो मुद्दा माथी राज्य गम्भीर बन्दैन भने , आउने र्राष्ट्रिय मुक्ती आन्दोलनको आधिबेहेरी ल्याउन तयार छौ । हामिले प्रष्ट भनेका छौ । हाम्रो कुराहरु प्रति राज्य गम्भीर हुनु पर्दछ । हाम्रो सहमती प्रती राज्य गम्भीर बन्नु पर्दछ । दशै पछि फेरि बार्ताको दोस्रो चरणमा प्रबेश गर्ने छौ ।

    मोर्चाको आगामी कार्यदिशा कस्तो रहने छ ?

    यो अलि गम्भीर प्रश्न गर्नु भो मैले अघि नै भने युरोपको ज्ञान उदयको आन्दोलनबाट आएको तथाकथित नवउदारवाद वा नवमाक्र्सवाद दुबै अस्विकृत हुँदै छ यसर्थ अबको राज्य सिद्धान्त ईण्डिजिनिज्मू हुनुपर्छ भने देशलाई बहुलराष्ट्रिय लोकतन्त्र को मार्गबाट संघियता र सामुदायिक समाजवादको लक्ष्यमा पुर्यातउनु अनिवार्य छ । नेपाली गणतन्त्र कस्तो हुने भन्नेमा पनि हामी स्पष्ट छौ । नेपालको वर्तमान गणतन्त्र वुर्जुवा गणतन्त्र हो ।

    अन्तयमा बर्तमान समाजको मनोबिज्ञानलाई चिर्दै नेपाली राज्य सत्ताको बिकल्प दिने सकेत गर्नु भो , यो सम्मान योग्य छ । तर तपाईको बार्ता निष्र्कस बिहिन भयो भने मोर्चाले कस्तो कदम चाल्छ ?

    धन्यवाद । बर्तमान नेपाली समाज एउटा र्राष्ट्रबादी सक्तीको खोजीमा छ । जुन शक्ति र्राष्ट्रिय मुक्ती आन्दोलनको पहरेदार भएर उत्पीडित जाती,बर्ग,बर्ण, लिङ, छेत्र र समुदायको जनताको वास्तविक मुक्तीको लागि बनोस । यो तत्कालीन जनताको सर्बाधिक खोजी र चासोको विषय पनि हो । त्यसैले त्यो शक्ति हामी र हाम्रो नेतृत्वमा बनाउछौ । यो हाम्रो दाबी हो । बार्ताबाट फेरि पनि सरकार भाग्ने छ । किन भने सरकार जनता प्रति उतरदायित्व निर्बाह गर्ने पक्षमा छैन यस्ले हामी होइन सरकार नै अफ्ट्यारोमा पर्दै जानेछ । सरकारको हरेक कदम प्रति जनतामा निराशा छ । हेर्नुहोस न, महङ्गी, भ्रष्टाचार, कर वृद्धि, बलत्कार, मानव अपहरण, हत्याहिंसा, खोइ त सामाजिक सुरक्षा ? खोइ जनताको जनजिबिका प्रती सरकार जिम्मेवारी ? यी सबै असफल्ताको सुचक हो । तसर्थ सरकार हामी र हाम्रो मुद्दा प्रती उतरदायि बन्न सकेन भने यिनै बिसय लिएर जनताको घर ( घरमा जानेछौ । अन्तयमा हाम्रो बिचार सम्प्रेषण गरेर सहयोग गर्नु भो यहाँलाई र यहाँको सिङ्गो हाम्रो दमक डट कमको टिमलाई मेरो ब्याक्तीगत तर्फबाट र बहुल र्राष्ट्रिय मोर्चाको तर्फबाट फेरि पनि धन्यबाद ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology