‘लागूऔषध तपाई हाम्रै समस्या भनेर बुझनुपर्छ’


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, साउन १७, २०७५


  •  

    कुमार गुरुङ लागूऔषध विरुद्धको सामाजिक अभियानकर्मी हुन् । झापाको दमकलाई कार्यथलो वनाएर विगत दुई दशक बढी समयदेखि यस क्षेत्रमा काम गरिआएका गुरुङ दमकको हेप्पी नेपाल विसडम फाउण्डेशनका अध्यक्ष हुन् ।
    लागूऔषधका पूर्व प्रयोगकर्ता र स्थानीय युवाहरुको सक्रियतामा २०५७ सालमा सो फाउण्डेशन स्थापना गरेका हुन् । फाउण्डेशनले स्थापना यता लागूऔषधविरुद्ध जनचेतनासहित प्रयोगकर्ताहरुका लागि भने उपचार तथा पूर्नास्थापना केन्द्र सञ्चालनमा ल्याएका छन् । गुरुङले परामर्शदाता, कोअर्डिनेटरहुदै विगत एक बर्षदेखि संस्थाको कार्यकारी अध्यक्षको नेतृत्वदायी भूमिका निर्वाह गरिआएका छन् । त्यस्तै,उनी पूर्नास्थापना संघ नेपाल झापाका महासचिव पनि हुन् ।
    प्रस्तुत छ  : झापा, कमल गाउँँपालिका–५ स्थायी बसोबास गरिआएका कार्यकारी अध्यक्ष गुरुङसंग लागूऔषध,एचआइभी,एड्सलगायतका सेरोफेरोमा गरिएको कुराकानी ।

                  –हेप्पी नेपाल विसडम फाउण्डेशन कस्तो संस्था हो ?
    यो एक विशुद्ध सामाजिक संस्था हो । समाजमा रोगझै देखिएको लागूऔषध र त्यसले निम्त्याउने एचआइभी ÷एड्सका विरुद्ध जनचेतना दिन तथा कुलतमा लागेका व्यक्तिलाई उपचार तथा पूर्नास्थापना गराउनका लागि यो संस्था स्थापना गरिएको हो । स्थापना पछि हामी यहि उद्देश्य र लक्ष्यका साथ अगाडी बढिआएका छौं । मलाई लाग्छ, झापामा यो संस्थानै यस क्षेत्रको एक पूरानो संस्था हो । हामी जिल्लाका अन्य कयौं संस्थाहरुको एक अभिभावक संस्थाका रुपमा आफनो परिचय दिन सफल भएका छौं । त्यसैले हामी भाग्यमानी पनि छौ भनेर कता कता गर्व लाग्ने गर्छ ।

        –यतिका समयसम्म आउदाँ संस्थालाई नियमितता दिन गाहे भएन् र ?

    राम्रो प्रश्न गर्नुभयो, आज यो संस्था आजसम्म यसरी स्थापित हुन कयौ अफ्ठ्यारा, चुनौतीहरु सहनु परेको छ । संस्थामा देखिने मुख्य चुनौतीनै आर्थिक पक्ष नै हुन् । संस्थालाई चलायमान बनाउन मुख्य पाटो आर्थिक पक्ष सवल हुनुपर्छ । काम गरिरहदाँ केहि संघसंस्था,दाताले दिएको कार्यक्रमको सहयोगबाहेक अन्य दिगो स्रोत नहुदाँ संस्था चलाउन निकै सकस झेल्नुपरेको छ । तर, हामीले त्यस्ता अनेकौ समस्यालाई झेल्दै यस संस्थालाई आफनो उद्देश्य अनुरुप यहाँसम्म ल्याउन सकेका छौं । आज पनि यसंै क्षेत्रमा क्रियाशील छौं,धेरै युवाहरुलाई नयाँ जीवन दिएका छौ,समाजमा पूर्नास्थापना गर्न सफल भएका छौं , जो तिनै पक्षनै हाम्रो सम्पतिनै त्यही हो भन्ने लाग्छ ।

    –झापामा लागूऔषध दुव्र्यसनको पछिल्लो अवस्था कस्तो रहेको छ ?

    झापामा पछिल्ला बर्ष लागूऔषधको भरपर्दो अध्ययन तथा सर्वेक्षण हुन सकेको छैन् । तथापि, जिल्लाभरिका हामीजस्तै कार्य गरिआएका संघसंस्थाहरुको अध्ययन अनुसार झापामा करिव ९ हजार लागूऔषधका प्रयोगकर्ताहरु दुव्यर्सनमा रहेको अनुमान छ । ती मध्ये ४० प्रतिशत जति प्रयोगकर्ताहरु भने सुईमार्फत लागूऔषध सेवन गरिआएका छन् । झापाको दमक,विर्तामोड,भद्रपुर , काकड्भिट्टा जस्ता मुख्य शहरीसंगै ग्रामीण बस्तीमा समेत लागूऔषध प्रयोगकर्ताहरु छन् । त्यसो त पूराना पुस्ता हराउदै नयाँ पुस्ता उत्पादन हुने चक्रीय प्रणालीले सवैभन्दा बढी प्रभाव पारेको छ,यो क्षेत्रमा । हिजोका दुव्र्यसनमा फसेकाहरु कतिले अल्पायूमा जीवन गुमाउनु परेको छ भने कति प्रयोगकर्ताहरु भने समाजमा स्थापित भएका छन् । यहाँ भन्न खोजिएको के हो भने कुनै रोग औषधी खाएपछि सधैका लागि निदान हुने जस्तो लागूऔषधको समस्या होइन् भनेर बुझनु जरुरी छ ।

    – प्रयोगकर्ताहरु यतिका संख्या झापामा हुनु देशकै उच्च हो की ?
    यो संख्या देशकै उच्च त पक्कै होइन् । तर पनि यतिका तथ्यांकले समस्या जटिल छ भन्ने चाहि भन्नै देखाएको छ । नेपालका प्रमुख शहर मात्र होइन लागूऔषधको दुरुपयोग ग्रामीण्न क्षेत्रसम्म फैलिएको छ । हिजो शहरको, फलानोको मात्र समस्या हो भनेर परिभाषित गरिदैआएपनि अहिले यसले सबैलाई गाजेको छ ।
    प्रयोगकर्ताका हिसावले काठमाण्डौंसहित झापा, पोखरा,वुटवल,नेपालगञ्ज,विरगञ्ज,विराटनगर लगायतका शहरहरुमा बढी समस्याका रुपमा देखिएका छन् । ती ठाँउहरुसंगै भारतीय सिमाका नेपाली वस्तीहरुमा समेत लागूऔषधको समस्या उत्तिकै जोखिममा रहेको छ ।
    जहाँसम्म हामी झापाका बासिन्दाहरुले लागूऔषध समस्यालाई रोकथाम गर्न अव सोच्नैपर्ने विषय वन्दै गएको छ । यसका लागि परिवार,समाज तथा अन्य सवै खाले सरोकारवालाहरुले ध्यान दिएर रोकथामका उपायहरु पहिचान गर्न , जनचेतना दिने लगायतका कार्यक्रम सञ्चालन गरिनुपर्छ । लागूऔषधका प्रयोगकर्तालाई लत छुटाउन कुटपिट गरेर ,थुनेर,यातना मात्र दिएर समस्या समाधान हुन सक्दैन् । सवैको प्रयास विना यो समस्या समाधान हुनैं सक्दैन् । त्यसका लागि समाजका सवै पक्ष गंभीर हुनैपर्छ ।

     

    झापामा पछिल्ला बर्ष लागूऔषधको भरपर्दो अध्ययन तथा सर्वेक्षण हुन सकेको छैन् । तथापि, जिल्लाभरिका हामीजस्तै कार्य गरिआएका संघसंस्थाहरुको अध्ययन अनुसार झापामा करिव ९ हजार लागूऔषधका प्रयोगकर्ताहरु दुव्यर्सनमा रहेको अनुमान छ । ती मध्ये ४० प्रतिशत जति प्रयोगकर्ताहरु भने सुईमार्फत लागूऔषध सेवन गरिआएका छन् । झापाको दमक,विर्तामोड,भद्रपुर , काकड्भिट्टा जस्ता मुख्य शहरीसंगै ग्रामीण बस्तीमा समेत लागूऔषध प्रयोगकर्ताहरु छन् । त्यसो त पूराना पुस्ता हराउदै नयाँ पुस्ता उत्पादन हुने चक्रीय प्रणालीले सवैभन्दा बढी प्रभाव पारेको छ,यो क्षेत्रमा । हिजोका दुव्र्यसनमा फसेकाहरु कतिले अल्पायूमा जीवन गुमाउनु परेको छ भने कति प्रयोगकर्ताहरु भने समाजमा स्थापित भएका छन् । यहाँ भन्न खोजिएको के हो भने कुनै रोग औषधी खाएपछि सधैका लागि निदान हुने जस्तो लागूऔषधको समस्या होइन् भनेर बुझनु जरुरी छ ।

     

    झापामा पूर्नास्थापना संघ नेपाल समेत संस्था गठन भएको रहेछ ,त्यो कस्तो संस्था हो ?

    –झापामा रहेका लागूऔषध प्रयोगकर्ताहरुको पूर्नास्थापनामा उपचार गराउदै आएका संघसंस्थाहरुवीच समन्वय गर्न पूर्नास्थापना संघ नेपाल संस्था गठन गरेका हौं । यो संस्थाले जिल्लाभरिका यी प्रकृतिका संघसंस्थाहरुवीच समन्वय गर्नुका साथै सेवा प्रणाली प्रभावकारी वनाउने उद्देश्यले यस संस्था स्थापना गरेका हौ । संघमा झापामा एक दर्जन जति यस्ता प्रकृतिका संस्थाहरुमध्ये केहि आवद्ध छन् भने केहि आवद्धता हुने क्रममा छन् । झापामा मात्र रहेको यसखाले संस्थालाई देशव्यापी सञ्जाल निर्माण गर्नुपर्छ भन्ने आवश्यकता महषुष गरिआएका छौं । यसले संस्था मात्र होइन्,सेवाप्रदायक संस्थालाई बढी जिम्मेवारी,क्षमताबृद्धि गर्न समेत टेवा पुग्ने छ ।

    –लागूऔषध भन्नाले के बुझनु पर्छ र यो कस्तो समस्या हो ?
    लागूऔषध दुव्र्यसनले सवैभन्दा वस्यक समुदाय अति प्रभावितमा परेको छ । खासगरी युवाशक्ति नराम्ररी लागूऔषधको कुलतमा फसेका छन् । लागूऔषध भन्नाले समाजमा प्रचलित लागूऔषधहरु जस्तै जाँडरक्सीदेखि नसा दिने विभिन्न किसिमका औषधहरु हुन् । जसको सेवनले मानिसको स्नायु प्रणालीलाई असर पार्नुका साथै शारीरिक र मानसिक निर्भरता गराउने गर्छ । तर ,समाजमा प्रचलित जाँडरक्सी सरकारले स्वम वेचबिखन गर्न इजाजत दिने भएकाले यी खाले लागूऔषधहरु छुटका रुपमा मानिएपनि अन्य लागूऔषधहरुको इजाजत विना सेवन,वेचबिखन गर्न प्रतिबन्ध भएकाले पनि प्रशासनिक दृष्ट्रिले अपराधका रुपमा मानिन्दैआएको छ ।
    यस्ता लागूऔषध सेवनलाई मुखमार्फत तानेर सेवन गर्ने र सिरिन्ज मार्फत कडा खालका लागूऔषध सेवन गर्ने गरिआएका पाईन्छन् । मुखबाट तानेर सेवन गरिने लागूऔषध प्रयोकर्ताहरुभन्दा सुई मार्फत नसा लिने कार्य विभिन्न रोग सर्न सक्ने संभावना बढी हुन्छ ।
    यहाँ प्रसंग जोड्न चाहेकेो के हो भने लागूऔषध समग्रमा दुव्र्यसनको अवस्था हो भनेर बुझनु पर्छ ।
    लागूऔषध कहिल्यै जाति नहुने रोगका रुपमा फैलिदै गएको छ भने त्यसले सिंगो समाजलाई असर पुर्याउदै आएको छ ।

    –लागूऔषधमा मानिसहरु कसरी दुव्र्यसन हुन्छन् ?

    मैले अघि पनि भनेको थिए भने लागूऔषध भनेको कुनै रोग होइन तर समस्या हो । लागूऔषधमा मानिसहरु कोहि पनि जानेर,थाहा पाएर यसमा फसेका पक्कै छैनन् । धेरै युवाहरु अन्जानमा निर्भर भए भने कोही रहरले ,रमाइलोपनले यस समस्यामा फसेको पाईएको छ । अध्ययनहरुले पनि के देखाएको छ भने धेरै युवाहरु मनोरञ्जन,रहर,मज्जाले गर्दा लागूऔषध प्रयोग गर्ने गरेका छन् ।
    पश्चिमा संस्कृति,उत्ताउलो सामाजिक जीवनशैलीले पनि धेरै युवाहरु कुलतको अन्धकारमा फसेका छन् । एउटा लागूऔषध प्रयोगकर्ताले चुरोट,खैनी,रक्सी हुदै कडा खालका लागूऔषधको सेवनमा लिप्त भएका अध्ययनहरुको निष्कर्ष छ । सामान्यतया चुरोट ,जाँडरक्सी खानेले गाजा सहित अन्य कडा खालका प्रतिवन्धित औषधीहरु नसाका रुपमा सेवन गर्ने गरिआएका छन् ।
    मान्छे स्वभाविक रुपले सधै नौलो विषयबस्तुको खोजीमा हुन्छ । त्यस्तो नौलो पनमा युवाहरु बढी लहैलहैमा फसेका छन् । पहिला प्रयोगकर्ताले मजाले त्यसको प्रयोग गर्छन भने पछि नभइ नहुने औषधीका रुपमा परनिर्भर गराउने गर्दछ । संक्षेपमा भन्ने हो भने लागूऔषध एउटा सिकाइ प्रणालीले यो लतमा फसेका छन् ।

    उनीहरुप्रति समाजले हेर्ने दृष्ट्रिकोण कस्तो भएको पाउनुभएको छ ?
    हिजो जस्तो चाहि पक्कै छैन् । हिजो जस्तो लागूऔषध प्रयोगकर्ताहरुले समाज सके,परिवार सके, समाजमा यिनीहरु कहिकतै काम लाग्दैनन् भन्ने समाजको दृष्ट्रिकोण थियो,तर आज आएर यसमा थोरैभएपनि परिवर्तन आएको छ । मतलव, समाज विस्तारै बदलिदै गएको छ । लागूऔषधका प्रयोगकर्ताहरु दुव्र्यसनमा फसेपछि समाजका लागि सधै अयोग्य हुन्छन् भन्ने समाजको बुझाईमा विस्तारै परिवर्तन आउदै गएको पाएका छौं ।
    एउटा लागूऔषध प्रयोगकर्ता उपचार विधि पछि यहि समाजमा पूर्नास्थपित भएर सामाजिक र नैतिकले रुपले समेत सक्षम भएको पाएका छौं । कुलत त्यागेर समाज प्रति यस्ता धेरै व्यक्तिहरु जिम्मेवार देखिएका पनि छन् । केहि विभिन्न सिप सिकेर रोजगारी समेत वनेका कयौं उहादरणहरु पनि छन् यहाँ । यहाँ प्रष्टयाउन चाहेको के हो भने कुलत त्यागेर पनि समाजमा राम्रै स्थापित वनेका छन् पूर्व प्रयोगकर्ताहरु ।
    यस्ता व्यक्तिलाई समाजले हेर्ने देष्ट्रिकोण सकरात्मक बन्नुपर्छ । उनीहरुलाई हेला होइन्, माया गरेर कामप्रति प्रोत्साहन दिने गर्नुपर्छ । किनकी,यी वर्ग मरेर नयाँ जीवन पाएका छन्, उनीहरुलाई घृणा,तिरस्कार भन्दा समाजमा योग्य वनाउन पहल र सहयोग गर्नुपर्छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology