प्रतिनिधिसभा सदस्य समानुपातिक मत परिणाम सार्वजनिक, १० लाख मत खेर गयो कुन दलले कति पाए ?

  • प्रकाशित मिति : शुक्रबार, माघ २६, २०७४



  • काठमाडौँ, २६ माघ | प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ स्थान प्राप्त गरेका पाँच राजनीतिक दललाई तीन दिनभित्र उम्मेदवारको नामावलीको विवरण पठाउन निर्देशन दिएको छ ।

    समानुपातिक निर्वाचनतर्फ दलले प्राप्त गर्ने स्थान संख्याबारे आज औपचारिक रुपमा जानकारी दिँदै आयोगले यसअघि बन्दसूचीमा पेश गरिएको नामलाई समानुपातिक र समावेशिताको आधार मिलाएर यही माघ २९ गतेभित्र पठाउन दलहरुलाई पत्रचार गरिएको जनाएको छ । आयोगका अनुसार समानुपातिकतर्फ नेकपा(एमाले)ले ४१, नेपाली काँग्रेसले ४०,नेकपा(माओवादी केन्द्र)ले १७ तथा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले छ–छ स्थान प्राप्त गरेका छन् ।

    प्रतिनिधिसभा सदस्य निर्वाचन प्रणालीतर्फ ४९ दलले बन्दसूची पेश गरेकामा एमाले (३१,७३,४९४), काँग्रेस (३१,२८,३८९) माओवादी केन्द्र (१३,०३,७२१), राजपा (४७२,२५४) र समाजवादी फोरम (४७०,२०१) ले मात्र राष्ट्रिय राजनीतिक दलको मान्यता प्राप्त गर्न आवश्यक कूल सदर मतको न्यूनतम मत सीमा तीन प्रतिशत कटाएका छन् ।

    बढी मत एमालेलाई

    उक्त निर्वाचनमा कूल सदर मत ९५ हजार ४४ लाख ७७९ रहेकामा सबैभन्दा बढी एमालेले ३३.२५ प्रतिशत मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत वेगेन्द्र शर्मा पौड्यालले जानकारी दिनुभयो । एमाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ८०, समानुपातिकतर्फ ४१ र राष्ट्रियसभा सदस्यमा २७ स्थान जित्न सफल भएको छ । समानुपातिकतर्फ सबैभन्दा कम मत ‘हाम्रो पार्टी’ले ४२६ अर्थात् (०.००४५) प्रतिशत मत प्राप्त गरेको छ । तीन प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दल ४४ छन् । सदर मतमध्ये नौ लाख ९६ हजार ७२० मत खेर गएको थियो ।

    समानुपातिक निर्वाचन प्रणालीतर्फ अब एमालेले ३७, काँग्रेसले २०, माओवादी केन्द्रले १६, राजपाले छ र संघीय समाजवादी फोरम नेपालले कम्तीमा पाँच महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने आयोगले जनाएको छ ।

    राष्ट्रियसभा निर्वाचनको नतिजा सार्वजनिक नभई प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको निर्वाचनमा दलले प्राप्त गर्ने स्थान संख्या औपचारिक रुपमा सार्वजनिक गर्न नमिल्ने जनाउँदै आएको आयोगले बिहीबार राष्ट्रियसभाको निर्वाचनको नतिजा आएसँगै आज मत परिणाम सार्वजनिक गरेको हो ।

    निर्वाचनको नतिजा यही पुस ११ नै तयार भए पनि कानूनी अड्चनका कारण आयोगको आजै बसेको बैठकले समानुपातिकतर्फको नतिजा स्वीकृत गरेको हो । आयोग यस वर्ष स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनको जिम्मेवारी सफलतापूर्वक रुपमा गराउन सफल भएको थियो ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology