राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं १ मा छ जना निर्विरोध निर्वाचित

  • प्रकाशित मिति : सोमवार, माघ १५, २०७४



  • विराटनगर, १५ माघ | राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं १ मा छ जना निर्विरोध निर्वाचित हुनुभएको छ भने दुई पदका लागि निर्वाचन हुने भएको छ ।

    प्रदेश नं १ को निर्वाचन अधिकृतको कार्यालयले आज जारी गरेको सूचनाका आधारमा खुल्लातर्फ नेकपा(एमाले)का परशुराम मेघी गुरुङ (संखुवासभा), नेपाली काँग्रेसका रमेशजङ्ग रायमाझी (मोरङ) र एमालेकै हरिचरण शिवाकोटी (झापा) निर्विरोध निर्वाचित हुनुभएको छ ।

    त्यसैगरी, महिलातर्फ एमालेका नैनकला ओझा (मोरङ), नेकपा (माओवादी केन्द्र)का बीना पोखरेल (मोरङ) र काँग्रेसका सरिता प्रसाईं (झापा) निर्विरोध हुनु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    यही माघ २४ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य पदमा प्रदेश नं १ मा दलित र अल्पसङ्ख्यक गरी दुई पदका लागि चार जना चुनावी मैदानमा हुनुहुन्छ । दलिततर्फ एक पदका लागि एमालेबाट खेमराज नेपाली र काँग्रेसबाट विनकुमार विश्वकर्मा चुनावी मैदानमा हुनुहुन्छ ।

    त्यस्तै, अल्पसङ्ख्यक÷अपाङ्गतातर्फ एमालेबाट अगमप्रसाद बान्तवा राई र काँग्रेसबाट महेशकुमार जाजु चुनावी मैदानमा हुनुहुन्छ । यसअघि, अल्पसङ्ख्यक÷अपाङ्गतातर्फ राप्रपाका अनुपमादेवी साह र अन्य समूहबाट एमालेका खड्गप्रसाद बस्नेतले आ–आफ्ना उम्मेदवारी फिर्ता लिनु भएको थियो ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology