राष्ट्रियसभा निर्वाचन : ८३ जनाको उम्मेदवारी दर्ता ।

  • प्रकाशित मिति : बिहिबार, माघ ११, २०७४



  • काठमाडौं । आगामी माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ८३ जनाको उम्मेदवारी परेको छ । सबैभन्दा बढी प्रदेश नं ३ मा १७ जनाको उम्मेदवारी पर्दा प्रदेश नं २ मा सबैभन्दा कम ९ जनाले उम्मेदावरी दर्ता गराएका छन् ।

    प्रदेश १ मा १२ जना, ४ मा १२, ५ मा ११, प्रदेश ६ मा १२ र ७ मा १० जनाको उम्मेदवारी परेको हो । १ नम्बर प्रदेशमा एमालेको तर्फबाट ६, कांग्रेसको तर्फबाट ४, माओवादीको तर्फबाट १ र राप्रपाको तर्फबाट १ जनाले मनोनयन दर्ता गराएका हुन् ।

    २ नम्बर प्रदेशमा राष्ट्रिय जनता पार्टी राजपा नेपाल र संघीय समाजवादी फोरमले कांग्रेससँग सहकार्य गरेर दुई/दुई जना उम्मेदवार बनाएका छन् । एमाले, माओवादी केन्द्र र समाजवादी पार्टी नेपालले १/१ जनाको मनोनयन दर्ता गरेका हुन् ।

    ३ नम्बर प्रदेशमा वाम गठबन्धनको तर्फबाट एमालेले ६ तथा माओवादी केन्द्रले २, नेपाली कांग्रेसले ४, नेपाल मजदुर किसान पार्टीले ४ र राप्रपाले १ जना उम्मेदवार बनाएका छन् ।  यस्तै ४ नम्बर प्रदेशमा वाम गठबन्धनको तर्फबाट एमालेले ४ तथा माओवादी केन्द्रले २, कांग्रेसबाट ४ जना र राष्ट्रिय जनमोर्चाबाट दुई जनाले उम्मेदवारी दिएका छन् ।

    प्रदेश नं ५ मा एमालेका चार, कांग्रेसका चार, माओवादी केन्द्रका दुई र राष्ट्रिय जनमोर्चाको एक जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेश ६ मा वाम गठबन्धनको तर्फबाट एमालेका ५ तथा माओवादी केन्द्रका ३ जना र कांग्रेसका ४ जनाको मनोनयन दर्ता भएको छ ।

    यस्तै ७ नम्बर प्रदेशमा कांग्रेसका तर्फबाट ४, एमालेको तर्फबाट ४ र माओवादी केन्द्रको तर्फबाट २ जनाले मनोनयन दर्ता गराएका छन् । यसैबीच दुई नम्बर प्रदेशमा अन्य कोटाबाट उम्मेदवारी दर्ता गराउन गएका माओवादी केन्द्रका नेता नरेन्द्रसाहले तोकिएको समयभन्दा ढिला पुगेकाले उम्मेदवारी दर्ता गराउन पाएनन् ।

    मनोनयन दर्ताको लागि ४ बजे सम्मको समय तोकिए भएपनि साह सवा ४ बजे निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । निर्धारित समय भन्दा ढिला आएकाले मनोनयन दर्ता गर्न नसकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । माओवादी केन्द्रले ढिलो गरी उनको नाम टुंगो लगाएको थियो ।

    सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका उनी दोस्रो संविधान सभाको निर्वाचनमा तराई मधेस सद्भावना पार्टीको तर्फबाट समानुपातिक सभासद् भएका थिए ।

    उम्मेदवारी दर्तासँगै निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको तयारीलाई थप तीव्रता दिएको छ । आगामी सोमबार निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्नेछ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology