राष्ट्रियसभा निर्वाचन : महिला तर्फ २५ जनाको उम्म्मेदवारी ।

  • प्रकाशित मिति : बिहिबार, माघ ११, २०७४



  • काठमाडौं । राष्ट्रियसभामा ७ प्रदेशबाट २१ जना महिला चुनिनुपर्नेमा २५ जना महिलाको उम्म्मेदवारी दर्ता भएको छ । प्रदेश नम्बर १, २, ४, ५ र ७ मा तीन/तीन, प्रदेश नम्बर ३ मा ६ र प्रदेश ६ मा चार जना महिलाले मनोनयन दर्ता गरेका हुन् ।

    प्रत्येक प्रदेशबाट तीन/तीन जना महिलालाई राष्ट्रियसभामा अनिर्वाय ल्याउनु पर्ने संवैधानिक ब्यवस्था अनुसार दलहरुले क्लष्टर मिलाएर उम्मेदवारी दिएका हुन् । प्रदेश नम्बर १, २, ४, ५ र ७ बाट स्वत: अहिले मनोनय दर्ता गराएका महिला राष्ट्रियसभा सदस्यमा चुनिने छन् ।

    ती प्रदेशमा महिलातर्फ आवश्यक संख्या तीन जानको मात्रै उम्मेदवारी परेको छ । प्रदेश नम्बर ३ र ६ मा भने कडा प्रतिस्पर्धा हुने छ  ।  वाम गठबन्धनमा प्रदेश नम्बर २ मा एमालेले महिला उम्मेदवार उठाएको छैन । त्यस्तै माओवादी केन्द्रले पनि ४, ५ र ७ मा महिलातर्फ उम्मेदवारी दिएको छैन । प्रदेश १ मा एमालेबाट नैनकला ओझा, कांग्रेसबाट सरिता प्रसाई, माओवादी केन्द्रबाट बिना पोखरेल, प्रदेश २ मा कांग्रेसबाट मुक्ता कुमारी यादव, माओवादी केन्द्रबाट शशीकला दाहाल, संघीय समाजवादी फोरमबाट प्रमिला यादवले मनोनयन दर्ता गरेका छन् ।

    यस्तै प्रदेश ३ मा एमालेबाट दीलकुमारी रावल थापा र उदया शर्मा, कांग्रेसबाट धनकुमारी खतिवडा, माओवादी केन्द्रबाट गंगा पराजुली, राप्रपा लक्ष्मी देशार, नेमकिपाबाट गीता काफ्ले, प्रदेश ४ मा एमालेबाट शान्ति अधिकारी र दीपा गुरुङ, कांग्रेसबाट बृन्दा राना मगर छन् । प्रदेश ५ मा एमालेबाट मीना बुढा र कोमल वली, कांग्रेसबाट अनिता देवकोटा, प्रदेश ६ मा एमालेबाट कविता बोगटी र नन्दा शर्मा, कांग्रेसबाट सुर्यदेवी मल्ल, माओवादी केन्द्रबाट युटुल लामाले उम्मेदवारी दर्ता गरेका छन् ।

    प्रदेश ७ बाट एमालेका कमला ओली र इन्दु कडेरीया विष्ट, कांग्रेसबाट तारा देवी भट्टले उम्मेदवारी दिएका हुन् ।   संघीय संसदमा कम्तीमा ३३ प्रतिशत महिला अनिर्वाय उपस्थित हुनुपर्ने संवैधानिक बाध्यताले दलहरुले राष्ट्रियसभा निर्वाचनमा महिला उम्मेदवारलाई प्राथमिकता दिएका हुन् । प्रदेश र प्रतिनिधि सभा प्रत्याक्ष तर्फ दलहरुले थोरै महिलालाई अवसर दिएका थिए ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology