झापामा ५० प्रतिशत उम्मेद्वारले पनि बुझाएनन् चुनावी खर्च

  • प्रकाशित मिति : शनिबार, पुस ८, २०७४



  • धुलाबारी । स्थानीय निर्वाचनका उम्मेद्वारहरु मध्ये ५० प्रतिशतले पनि निर्वाचन खर्चको विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
    निर्वाचन आचारसंहिता अनुसार निर्वाचनको मतपरिणाम सार्वजनिक भएको ३५ दिन भित्र उम्मेद्वारले आफ्नो चुनावी खर्च जिल्ला निर्वाचन कार्यलयमा पेस गर्नु पर्छ ।

    स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको ६ महिना बितिसक्दा पनि दलका उम्मेद्वारले आफ्नो चुनावी खर्चको विवरण नबुझाएको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले बताए । उनका अनुसार कतिपय विजयी उम्मेद्वारले पनि चुनावी खर्च पेस गरेका छैनन् ।
    स्थानीय तह निर्वाचनमा मेचीनगर नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेबाट उम्मेद्वारी दिएका विष्णुप्रसाद प्रसाईले पनि चुनावी खर्च पेस गरेका छैनन् । विर्तामोड नगरपालिकामा मुख्य तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट उम्मेद्वारी दिएका नगरप्रमुख पदका उम्मेद्वारहरुले चुनावी खर्च विवरण नबुझाएको निर्वाचन कार्यालयले जनाएको छ ।

    विर्तामोड नगरपालिकामा नेकपा एमालेका ध्रुवकुमार शिवाकोटी नगरप्रमुख पदमा विजयी भएका थिए । उनी सहित नेपाली कांग्रेसकातर्फबाट उम्मेद्ववारी दिएका जलकुमार गुरुङ र नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेद्वारी दिएका चन्द्रप्रसाद कडरियाले पनि चुनावी खर्च पेस गरेका छैनन् ।
    अर्जुनधारा नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट नगरप्रमुख पदमा उम्मेद्वारी दिएका हेमप्रसाद खरेलले पनि चुनावी खर्चको विवरण जिल्ला निर्वाचन कार्यलयमा पेस गरेका छैनन् । यी प्रतिनिधि पात्र मात्र हुन् । स्थानीय निर्वाचनमा झापामा विभिन्न पदमा गरी ३ हजार ३ सय ४० जना उम्मेद्वारले मध्ये १४ सय ५० जनाले मात्र चुनावी खर्चको विवरण पेस गरेको जिल्ला निर्वाचन अधिकारी गोपाल अचार्यले बताए ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology