वडा अध्यक्ष नविनले सम्झिए १०० दिन ।

  • प्रकाशित मिति : बुधबार, कार्तिक १, २०७४



  • बाहुनडाँगी ।
    मेचीनगर नगरपालिका वडा नं. ४ का अध्यक्ष नविन बरालले आफु निर्वाचीत भएर काम शुरु गरेको १०० दिनलाई बिशेष रुपमा सम्झना गर्नु भएको छ  ।

    स्थानीय किसानहरुका लागि स्प्रे टेंकी हस्तान्तरण पछि वडा अध्यक्ष बरालसंग स्थानीय ।

    वडा अध्यक्षको शफत ग्रहण गरेको हिजो १०० दिन पुगेको अवसरमा अध्यक्ष वरालको नेतृत्वमा बिहान वाहुनडाँगी बजार सरसफाई गरी स्थानीय किसानहरुका लागि उपयोगी हुने वडा भित्रका बिभिन्न समुहहरुलाई स्प्रे टेंकी समेत हस्तान्तरण गर्नु भएको छ ।

    वडा कार्यलयमा आयोजित एक कार्यक्रमका बीच वडा अध्यक्ष बरालले नवकिरण समाज, गोरेटो समाज, जनसेवा समिति समाज, मनकामना समाज र सभ्य समाज बाहुनडाँगीलागि एक एक वटा स्प्रे टेंकी बितरण गर्नु भएको छ । सोही कार्यक्रमका बीच अध्यक्ष बरालले बाहुनडाँगी स्थीत पशुपती माबिका छात्राहरुका लागि सेनेटरी प्याड समेत हस्तान्तरण गर्नु भयो ।
    कार्यक्रममा बोल्दै मेचीनगर वडा नं. ४ का अध्यक्ष बरालले आफुले १०० दिन भित्रमा प्रत्यक्ष वडाबासीलाई सहयोग हुने कामलाई प्राथमिकता दिएको बताउनु भयो । यो अवधीमा स्थानीय तीन वटा महिला समुहलाई बीउ बोका बितरण गरेको, महिला समुहलाई ४ थान सिलाई मेशीन उपलब्ध गराएको तथा मेची नदि र राईसिङ खोलाको कटान नियन्त्रणका लागि ५० थान तारजाली उपलब्ध गराएको वडा अध्यक्ष बरालले बताउनु भयो ।

    स्थानीय पशुपति माबिलाई २ हजार थान, सरस्वती माबिलाई २ हजार थान, बिद्याबिकास एकाडेमीलाई ५ सथ थान र दिपेन्द्र प्राबिलाई ५ सय थान सेनेटरी प्याड समेत बितरण गरिसकिएको अध्यक्ष बरालले बताउनु भयो ।

    मेचीनगर वडा नं. ४ लाई नगर कै नमूना वडा बनाएर यस क्षेत्रका नागरिकको जीवनस्तर उकास्ने खालका कार्यक्रमलाई आगामी दिनमा प्राथमिकतामा राखेर अगाडी बढ्ने समेत उक्त अवसरमा वडा अध्यक्ष नविन बरालले प्रतिबद्धता जनाउनु भयो ।

    कार्यक्रम वडा सचीब दिपेन्द्र कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology