झापामा पुरुष भन्दा महिला मतदाता धेरै, ९ जना तेस्रो लिङ्गि मतदाता ।

  • प्रकाशित मिति : सोमवार, अशोज ३०, २०७४



  • बिर्तामोड ।
    आगामी मंसीर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि झापामा महिला मतदाताको संख्या धेरै रहेको छ ।

    झापामा ५ लाख ८५ हजार २२८ जना मतदाता कायम गरिएकोमा पुरुषको तुलनामा महिला मतदाता ७ हजार ४८५ जना बढी रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

    निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्गमा झापामा पुरुष मतदाताको तुलनामा महिला मतदाताको संख्या धेरै भएको पाईएको हो ।

    झापाका कुल मतदाता मध्ये महिला मतदाताको संख्या २ लाख ९६ हजार ३५२ छ भने पुरुष मतदाताको संख्या २ लाख ८८ हजार ८६७ रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । पाँच वटा निर्वाचन क्षेत्र कायम गरिएको झापामा क्षेत्र नं. १ मा १ लाख ५हजार ४७५ मतदाता रहेका छन ।

    त्यस्तै क्षेत्र नं. २ मा १ लाख १८ हजार २०४ जना, क्षेत्र नं. ३ मा १ लाख १४ हजार ५८६ जना, क्षेत्र नं. ४ मा १ लाख ९ हजार ४०१ जना र निर्वाचन क्षेत्र नं. ५ मा १ लाख ३७ हजार ५६२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जानकारी दिएको छ ।

    त्यसैगरी झापामा ९ जना तेस्रो लिङ्गि मतदाता रहेको समेत निर्वाचन कार्यालयले जानकारी दिएको छ ।  तेस्रो लिङ्गि मध्ये क्षेत्र नं. २ मा ५ जना, क्षेत्र नं. ४ मा १ जना र क्षेत्र नं. ५ मा ३ रहेको बताईएको छ ।

    मंसीर २१ को निर्वाचनका लागि झापामा ६ सय ८७ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जसमध्ये सबैभन्दा धेरै निर्वाचन क्षेत्र नं. ५ मा १५८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ भने सबैभन्दा थोरै निर्वाचन क्षेत्र १ मा १२० वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आचार्यले जानकारी दिनु भयो ।

    यस अघि गत असार १४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा झापामा कुल ५ लाख १० हजार २१६ जना मतदाता थिए । त्यस अनुसार मंसीरको निर्वाचनका लागि झापामा ७५ हजार १२ जना मतदाता बढेको जिल्ला निर्वाचन कार्यालय प्रमुख आचार्यले जानकारी दिनु भयो ।

    आचार्यका अनुसार स्थानीय तह निर्वाचनमा २८३ मतदान स्थलमा ६३७ मतदान केन्द्र निर्धारण गरिएको भए पनि मंसीरमा हुने निर्वाचनका लागि भने मतदाता बढेकाले ५० वटा मतदान केन्द्र थप गर्नु परेको हो । मतदान स्थल थप भए पनि मतदान केन्द्र भने २८३ नै कायम गरिएको आचार्यले बताउनु भयो ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology