नेपालको लगातार चौंथो जित, समुह विजेताको रुपमा सेमीफाइनल प्रवेश

थाईल्याण्ड वुमेन्स टि-२० अन्तर्गत नेपालले आयोजक थाईल्याण्डको ‘ए’ टिमलाई ९ विकेटले सहजै पराजित गरेको छ।जितसंगै नेपाली महिला टिम समुह ‘ए’ विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ। शुक्रवार खेलिने सेमीफाइनलमा नेपालले समुह ‘बि’ को उपविजेता टिमको सामना गर्नेछ। इन्डोनेसियासंग नेपालले सेमीफाइनल खेल्ने सम्भावना प्रवल रहेको छ। खेलमा टस जितेर ब्याटिंग गरेको थाईल्याण्ड ‘ए’ ले मात्र १९ रनमा सम्पूर्ण विकेट गुमाएको थियो। २० रनको लक्ष्य नेपालले ३.३ ओभरमा १...

...विस्तृतमा पढ्नुहोस्

झापा फाल्गुनन्द गोल्डकपको च्याम्पियन

फिदीम,३० पुस । झापा ११ एफसी फिदिम आयोजित रुस्लान १०औँ फाल्गुनन्द गोल्डकपको च्याम्पियन बनेको छ । यो जीतसँगै झापाले यो सिजनको पहिलो उपाधि चुमेको हो । सोमबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–१ गोलअन्तरमा पराजित गर्दै झापाले उपाधि रक्षा गरेको हो । झापाका लागि दुवै गोल पुजन उपरकोटीले गरेका हुन् । आर्मीका लागि सुदिप राईले गोल गरे । खेलको २३औँ मिनेटमा पुजनले गोल गर्दै झापाले...

...विस्तृतमा पढ्नुहोस्

‘रेलिगेशन’ बिनाको लिगले घटाएको नेपाली फुटबलको रौनक

काठमाडौँ, २७ पुस | गत वैशाखमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नेतृत्व सम्हालेलगत्तै अध्यक्ष कर्माछिरिङ शेर्पाले भन्नुभएको थियो, “चार वर्षदेखि रोकिएको लिग यसै वर्ष शुरु गर्छु ।” एन्फामा विवाद बढ्दै जाँदा चार वर्षदेखि लिग फुटबल बन्द भएको थियो । गत वैशाखमा एन्फामा नयाँ नेतृत्व आएसँगै उसको पहिलो प्रतिबद्धता नै लिग फुटबल शुरु गर्नु थियो । नभन्दै गत असोज १३ गतेदेखि उक्त लिग फुटबल पुनः...

...विस्तृतमा पढ्नुहोस्

गोरखा कम्व्याटले आर्मीका लागि तालिम सञ्चालन गर्नेे

दमक,१७ पुस । महिना दिन पछि दमकमा व्रिट्रीस तथा सिंगापुर आर्मी बन्न चाहने युवाहरुका लागि आधारभूत तालिम सञ्चालन शुरु गरिने भएको छ । दमकमा हालै स्थापित गोरखा कम्व्याट अल्टिमेट फिटनेट सेन्टरले स्तरिय प्रशिक्षणसहितको तालिम सञ्चालन गर्न लागेको जनाएको हो । गोरखा कम्व्याट अल्टिमेट फिटनेसका सञ्चालित कार्यक्रमका बारेमा जानकारी दिदै सञ्चालकहरु । सेन्टरले मंगलवार दमकमा पत्रकार सम्मेलन गरि व्रिट्रीस तथा सिंगापुर आर्मी बन्न चाहने पूर्वका युवाहरुलाई लक्षित...

...विस्तृतमा पढ्नुहोस्

नेपाल र युएईबिचको एकदिबसीय खेल माघ ११ गतेबाट

काठमाण्डौ । युएईसंगको एक दिबसीय र ट्वान्टी २० सिरिजका लागी २० सदस्सिय प्रारम्भीक नेपाली टोलीको घोषणा गरिएको छ । पारस खड्काको कप्तानीमा घोषणा गरिएको टोलीमा ज्ञानेन्द्र मल्ल, अबिनाश बोहोरा, बसन्त रेग्मी, बिक्रम शोब, बिनोद भण्डारी र दिपेन्द्रसिंह ऐरीले स्थान बनाएका छन् । टोलीमा करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदिप ऐरी र रोहित पौडेलले पनि स्थान बनाएका छन् । सन्दिप लामिछाने,...

...विस्तृतमा पढ्नुहोस्

बुद्धिचाल छनौट प्रतियोगिता दमकमा सम्पन्न

दमक | आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत १ नंबर प्रदेश बुद्धिचाल छनौट प्रतियोगिताको लागि झापा जिल्ला फिडे रेटिंग बुद्धिचाल छनौट प्रतियोगिता आइतबार सम्पन्न भएको भएको छ। दमक स्थित सप्तश्री एकाडेमी को हलमा भएको प्रतियोगिता पौष १३ देखि १५ गते सम्म भएको थियो । प्रतियोगिता स्वीस लिग ७ चरणको खेलाईएको थियो , खुल्ला तर्फ राजन सुबेदी ६.५ अंकका साथ प्रथम , सुश्रुत दाहाल ५.५ अंकका साथ...

...विस्तृतमा पढ्नुहोस्

खेलकुद मन्त्रालयका सचिवद्धारा रङ्गशाला र कभर्ड हल निर्माण गरिने जग्गाको निरीक्षण

मेचीनगर । युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहन सापकोटाले मेची रङ्गशाला, लखनपुर रङ्गशाला र आधुनिक कभर्ड हल निर्माण गरिने दमकस्थित जग्गाको आइतबार निरीक्षण गरेका छन् । सोमबार इलामको सूर्योदय नगरपालिकामा हुन लागेको खेलकुद सम्बन्धि प्रदेशस्तरीय अन्तरक्रियामा भाग लिन पूर्व आएका उनले जिल्लास्थित खेल पूर्वाधारको निरीक्षण गरेका हुन् । सचिव सापकोटा नेतृत्वको सचिवस्तरीय मन्त्रालयको टोलीले भद्रपुरस्थित मेची रङ्गशालामा निर्माणाधिन प्याराफिटको स्थलगत अवलोकन गरी आवश्यक राय सुझाव...

...विस्तृतमा पढ्नुहोस्

झापासहित देशभरि हुने गोल्डकपको मिति तय

दमक,२८ मंसिर । अखिल नेपाल फूटवल संघले (एन्फा ) देशभरि मोफसलमा सञ्चालन हुने गोल्डकप फूटवल प्रतियगितालाई व्यवस्थित सम्पन्न गर्न खेल मिति तोकेको छ । राष्ट्रिय टोलीका पूर्व मुख्य प्रशिक्षक एवं एन्फाका उपाध्यक्ष कृष्ण थापा नेतृत्वको स्तर निर्धारण समितिले दिएको प्रतिवेदनका आधारमा एन्फाले मंगलबार मोफसलमा हुने विभिन्न २५ प्रतियोगिताका लागि मिति तोकेको हो । चालु वर्ष भित्र देशका विभिन्न २५ स्थानमा हुने गोल्डकप फूटबल प्रतियोगिताको मिति सार्वजनिक...

...विस्तृतमा पढ्नुहोस्

माघको पहिलो सातादेखि अन्तर्राष्ट्रिय आमन्त्रण महिला नकआउट फुटबल प्रतियोगिता

मेचीनगर । माघको पहिलो सातादेखि अन्तर्राष्ट्रिय आमन्त्रण महिला नकआउट फुटबल प्रतियोगिता मेचीनगरमा हुने भएको छ । आयोजक लोकतान्त्रिक खेलकुद संघ मेचीनगर समितिले काँकरभिट्टा माविको खेलमैदानमा प्रतियोगिता गर्न लागेको बुधबार जानकारी दिएको छ । संघका अध्यक्ष कर्ण थापा मगर ‐राजा) का अनुसार प्रतियोगितामा झापा जिल्लाका चार र भारतको सिलिगढीका दुई गरी ६ वटा टिमले सहभागिता जनाउने छन् । प्रतियोगिताको विजयी टिमले नगद ४० हजार तथा उपविजेता...

...विस्तृतमा पढ्नुहोस्

दमकमा छात्रा विद्यार्थीहरुलाई आत्मरक्षा तालिम

दमक,२४ मंसिर । महिलाहरुका लागि दमकमा आज सोमबारदेखि महिला हिंसा विरुद्ध आत्मरक्षा तालिम सञ्चालन गरिएको छ । दमक ५ वडा कार्यालयको आयोजना तथा केआइएफ कुरोदय मार्शल आर्टस संघ झापाको प्राविधिक सहयोगमा एक हप्ते तालिम सञ्चालन गरिएको वडाध्यक्ष इन्द्र गुरुङ्गले बताए । स्थानीय दिपीनी आधारभूत विद्यालयको प्राङ्गगणमा शुरु उक्त तालिममा नगर भित्रका निजी तथा सामुदायिक विद्यालयका तीन दर्जन बढी छात्राहरुको सहभागिता रहेको छ । तालिममा छात्राहरुले...

...विस्तृतमा पढ्नुहोस्