झापामा ५० प्रतिशत उम्मेद्वारले पनि बुझाएनन् चुनावी खर्च

धुलाबारी । स्थानीय निर्वाचनका उम्मेद्वारहरु मध्ये ५० प्रतिशतले पनि निर्वाचन खर्चको विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । निर्वाचन आचारसंहिता अनुसार निर्वाचनको मतपरिणाम सार्वजनिक भएको ३५ दिन भित्र उम्मेद्वारले आफ्नो चुनावी खर्च जिल्ला निर्वाचन कार्यलयमा पेस गर्नु पर्छ । स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको ६ महिना बितिसक्दा पनि दलका उम्मेद्वारले आफ्नो चुनावी खर्चको विवरण नबुझाएको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले बताए ।...

...विस्तृतमा पढ्नुहोस्

वडा अध्यक्ष नविनले सम्झिए १०० दिन ।

बाहुनडाँगी । मेचीनगर नगरपालिका वडा नं. ४ का अध्यक्ष नविन बरालले आफु निर्वाचीत भएर काम शुरु गरेको १०० दिनलाई बिशेष रुपमा सम्झना गर्नु भएको छ  । स्थानीय किसानहरुका लागि स्प्रे टेंकी हस्तान्तरण पछि वडा अध्यक्ष बरालसंग स्थानीय । वडा अध्यक्षको शफत ग्रहण गरेको हिजो १०० दिन पुगेको अवसरमा अध्यक्ष वरालको नेतृत्वमा बिहान वाहुनडाँगी बजार सरसफाई गरी स्थानीय किसानहरुका लागि उपयोगी हुने वडा भित्रका बिभिन्न समुहहरुलाई स्प्रे टेंकी...

...विस्तृतमा पढ्नुहोस्

झापामा पुरुष भन्दा महिला मतदाता धेरै, ९ जना तेस्रो लिङ्गि मतदाता ।

बिर्तामोड । आगामी मंसीर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि झापामा महिला मतदाताको संख्या धेरै रहेको छ । झापामा ५ लाख ८५ हजार २२८ जना मतदाता कायम गरिएकोमा पुरुषको तुलनामा महिला मतदाता ७ हजार ४८५ जना बढी रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्गमा झापामा पुरुष मतदाताको तुलनामा महिला मतदाताको संख्या धेरै भएको पाईएको हो । झापाका कुल...

...विस्तृतमा पढ्नुहोस्

प्रदेश नं २ मा मतदान शुरु, मतदाताको उत्साहपूर्ण उपस्थिति । 

काठमाडौँ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदका लागि भएको निर्वाचनअन्तर्गत आज बिहान ७ः०० बजेदेखि मतदान शुरु भएको छ । प्रदेश नं २ मा १ महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा यो निर्वाचन भएको हो । मतदानका लागि निकै उत्साहका साथ मतदाता बिहान सबेरै मतदान केन्द्रमा पुगेर लामबद्ध भएर बसिसक्नुभएको...

...विस्तृतमा पढ्नुहोस्

चुनावको मुखमा निर्वाचन आयोगले दियो यस्तो मौका ।

काठमाडौँ । निर्वाचन आयोगले प्रदेश नं २ का आठ जिल्लामा असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा सम्पूर्ण मतदाताको मताधिकारको सुनिश्चितता गर्न मतदाता परिचयपत्रको अतिरिक्त अरु वैकल्पिक व्यवस्था गरेको छ । मतदाताले कुनै कारणवश तस्वीरसहितको मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा वैकल्पिक व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो । आयोगका अनुसार नेपाली नागरिकताको प्रमाणपत्र...

...विस्तृतमा पढ्नुहोस्

प्रदेश नं २ मा निर्वाचनको सुरक्षा तयारी पूरा ।

काठमाडौँ  । असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ । निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताउनुभयो । सुरक्षा व्यवस्थामा कहीँकतै कमाजोरी नहुनेमा आश्वस्त पार्दै उहाँले ढुक्क भएर निर्वाचनमा मतदाता मतदान केन्द्रसम्म पुग्ने वातावरण रहेको टिप्पणी गर्नुभयो । प्रदेश नं २ का आठ...

...विस्तृतमा पढ्नुहोस्

प्रदेश नम्बर २ को निर्वाचन पुर्वनै बाहिरियो सम्भावित यस्तो नतिजा !

महोत्तरी | प्रदेश नम्बर २ को असोज २ गते हुने स्थानीय तह निर्वाचनमा प्रमुख दल एमाले र कांग्रेसले पहिलो हुने दावी गरेका छन् । त्यस्तै प्रदेश नम्बर २ लाई नै आफ्नो राजनीतिक बेस बनाउँदै आएका राजपा, संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमले पनि प्रदेश २ को स्थानीय तह चुनावमा आफ्नो सशक्त उपस्थिति रहने जनाएका छन् । दुई चरणका निर्वाचनमा धेरै पछाडि तेस्रो स्थान पाएको...

...विस्तृतमा पढ्नुहोस्

भैँसी बेचेर नगरपालिकाका प्रमुखमा उम्मेदवारी

गौशाला । महोत्तरी जलेश्वर नगरपालिकाका प्रमुख पदका लागि एक जनाले भैँसी बेचेर उम्मेदवारी दर्ता गराएका छन् । जलेश्वर नगरपालिका–७ का ४४ वर्षीय मोती अन्सारीले आसन्न स्थानीय तहको निर्वाचनमा जलेश्वर नगरपालिकाका प्रमुख पदका लागि भैँसी बेचेर उम्मेदवारी दिनुभएको हो । चारैतिर चुनावी चहलपहल शुरु हुँदा आफूलाई कसैले कुनै पार्टीबाट उम्मेदवारी दिन सोधपुछ नगरेको र चुनाव लड्ने ठूलो चाहना र उमंग भएपछि रु ७७ हजारमा भैँसी बेचेर आफूले...

...विस्तृतमा पढ्नुहोस्

सिरहा नगरपालिका मेयरमा, बिरामी छोडेर ३ डाक्टर भिड्दै !

राजु विश्वकर्मा लहान । तेस्रो चरणमा असोज २ गते हुने स्थानीय तह निर्वाचनमा सिरहा नगरपालिकाको प्रमुख पदका लागि तीन जना एमबिबिएस एमडी डाक्टर चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । बिरामीको उपचार गर्दै आउनुभएका तीनै जना एमबिबिएस एमडी डाक्टर चुनावी एजेण्डासहित चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यहाँको चुनावी प्रतिस्पर्धा रोचक बन्नपुगेको छ । नेपाली काँग्रेसबाट डा सुभाषचन्द्र यादव, नेकपा एमालेबाट डा. नवीन यादव र नयाँ शक्ति पार्टीबाट डा दिलीप सदा सिरहा...

...विस्तृतमा पढ्नुहोस्

भारतीय नम्बर प्लेटका सवारी चुनाव प्रचारप्रसारमा प्रयोग, सरोकारवालाको कानमा तेल !

रौतहट । तराई त्यसमाथि पनि भारतसंग सीमा जोडिएको अधिकांश भूभाग । नेपालमा हुने निर्वाचन लगायतका कार्यक्रममा भारतीय सवारी साधनको उपस्थिति सामान्य नै बनिसकेको छ । भारतको हितैषी भनाउँदादेखि लिएर राष्ट्रवादी हुँ भन्ने दलहरुले समेत तराईमा हुने निर्वाचनमा भारतीय नम्बर प्लेटका सवारी साधनहरुको प्रयोग निर्धक्क गर्दै आएका छन् । अनुगमन गर्ने सरोकारवाला निकायहरु मौन छन् , आखिरी किन ? यो प्रश्न निरन्तर छ तर भारतीय गाडीहरुको...

...विस्तृतमा पढ्नुहोस्