कमल नगर जेसीजमा न्यौपाने

कमल,२ माघ । यहाँस्थित कमलनगर जेसीजको अध्यक्षमा शेखरनाथ न्यौपाने चुनिएका छन् । हालै सम्पन्न शाखा अधिबेशनबाट बर्ष २०१९ का लागि न्यौपानेको अध्यक्षतमा समिति गठन गरिएको हो । सर्वसम्मत निर्वाचित समितिको कार्यकारी उपाध्यक्षद्धयमा छत्रपति खनाल,नारायण वस्नेत,चार उपाध्यक्षहरुमा घनश्याम गुरागाई,सन्तोष कडरिया, तिलचन्द्र अधिकारी र प्रेम सापकोटा चयन भएको कमल नगर जेसीजका संस्थापक अध्यक्ष रुपनारायण न्यौपानेले जानकारी दिए । यसैगरि तालिम निर्देशकमा नारायण कार्की र जनसम्पर्क अधिकारीमा इन्दीरा बस्नेत...

...विस्तृतमा पढ्नुहोस्

शेर्मालाई एक लाख बढी सहयोग

पथरी,२ माघ । दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका मोरङ, पथरीशनिश्चरे–९का ३९ बर्षिय विरबहादुर शेर्मालाई एक लाख १हजार पाँच सय रूपैयाँ सहयोग प्रदान गरिएको छ । वैदेशिक रोजगारीमा रहँदा दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका शेर्मालाई देश–विदेशमा रहेका नेपालीहरुद्वारा संकलन गरिएको सो रकम प्रदान गरिएको हो । सामाजिक संजाल मार्फतनै उक्त रकम संकलन गरिएको बताइएको छ । मलेसियबाट रूपेश शेर्माको अगुवाईमा संकलित ५० हजार, दक्षिण कोरियाबाट टिकेन्द्र...

...विस्तृतमा पढ्नुहोस्

वीएण्डसीका सञ्चालक प्रसाईंलाई कारवाहीको माग

इलाम,२ माघ। इलाममा अनशनरत डा.गोविन्द केसीका मागप्रति असन्तुष्ट रहेका वीएण्डसी अस्पताल विर्तामोडका सञ्चालक दुर्गा प्रसाईंले पत्रकारलाई धम्काएको प्रति पत्रकार महासंघ इलाम शाखा र प्रेस युनियनले आपत्ति जनाएको छ । प्रसाईले कान्तिपुर संवाददाता विप्लब भट्टराई लगायतका पत्रकारलाई टेलिफोनमा गाली गर्दै धम्काएको प्रति महासंघ र युनियनले छुट्टाछुट्टै बिज्ञप्ती प्रकाशित गरि आपत्ति जनाएको हो । वीएण्डसी अस्पतालका तर्फबाट डा.केसीलाई भेट्न आएका चैतन्य मैनालीका बारेमा पत्रकारले टेलिफोनमार्फत सञ्चालक प्रसाईंसँग बुझ्न...

...विस्तृतमा पढ्नुहोस्

एम्बुलेन्स नचल्दा सेवाग्राही मारमा

ताप्लेजुङ, २ माघ । जिल्ला अस्पतालसँग दुई एम्बुलेन्स भएपनि लामो समयदेखि प्रयोगविहीन अवस्थामा हुँदा सेवाग्राही मारमा परेका छन् । एउटा एम्बुलेन्स वर्षाँैदेखि बिग्रिएर थन्किएको छ । गत भदौमा स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको अर्काे एम्बुलेन्स अहिलेसम्म प्रयोगमा आउन सकेको छैन् । सरकारी अनुदानमा उपलब्ध सो एम्बुलेन्स बिरामी बोक्नुको सट्टा अन्य काममा प्रयोग गर्ने गरिएको छ । चालक नियुक्तिका लागि प्रदेश सरकारबाट सहमतिपत्र नपाएपछि चार महीनादेखि...

...विस्तृतमा पढ्नुहोस्

नमुना बाल गृहलाई न्यानो कपडा

दमक,१ माघ । झापाको दमकमा रहेको पशुपति आध्यात्मिक महिला समूहले आज उर्लाबारी स्थित नमुना बाल गृहलाई न्यानो कपडा बितरण गरेको छ ।पशुपति आध्यात्मिक महिला समूहले आज एक कार्यक्रमका वीच नमुना बालगृहलाई ३५ हजार मुल्य बराबरका न्यानो कपडा प्रदान गरिएको समूहकी अध्यक्ष हेना बस्नेतले बताईन् । बाल गृहका आश्रित बालबालिकाहरुलाई लक्षित गरेर समूहले उक्त सामाजिक कार्य गरिएको समूहकी अध्यक्ष बस्नेतले वताईन् । सो अवसरमा बालगृहलाई ४२ थान...

...विस्तृतमा पढ्नुहोस्

लायन्सका जन्मदाताको सम्झनामा विभिन्न कार्यक्रम

दमक,२९ पुस ।  लायन्सका जन्मदाता मेलविन जोन डेको १४१ औं जन्मजयन्ती आइतबार दमक र लखनपुरमा विभिन्न कार्यक्रमहरु गरि मनाइएको छ । लायन्स क्लब अफ लखनपुरले सो अवसरमा कमल ७ स्थित बाह्रघरेमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ३ सय जना भन्दा धेरैको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा फिजिसियन तथा अर्थो सम्बन्धिका १५८ जना, स्त्री रोग सम्बन्धिका ५२ जना र मधुमेहका ८२ जना विरामीको स्वास्थ्य परीक्षण...

...विस्तृतमा पढ्नुहोस्

भाका दिवस झापामा भव्यताका साथ मनाईयो

बिर्तामोड । प्रत्येक वर्षको पुष २९ गते मनाईदै आएको भाका दिवस आज झापामा भब्यताका साथ मनाईएको छ । कन्काई नगरपालीका ९ घैलाडुब्बामा कोचिला गाभुर फ्रन्टको आयोजना तथा कोच केन्द्र र आदिवासी जनजाति महासंघ कन्काई ९ को सहआयोजनामा कोच आदीबासी समुदायको विसेस परिकार भाका दिवस मनाइएको हो । कार्यक्रममा सहभागिहरुलाई निशुल्क भाका खुवाइएको थियो । बिषेस परिकार भाकाको संरक्षण तथा व्यवसायीकरणका लागी आयोजना गरिएको कार्यक्रममा...

...विस्तृतमा पढ्नुहोस्

चारभैया सन्तपूर खानेपानी तथा सरसफाई समिति बुद्धशान्तिको अध्यक्षमा पौड्याल

शान्तिनगर । चारभैया सन्तपूर खानेपानी तथा सरसफाई समिति बुद्धशान्ति ६ को अध्यक्षमा पुन शिवराज पौड्याल चयन भएका छन् । संघको शुक्रवार बुद्धशान्ति ६ को सन्तपूरमा भएको ३६ औं साधारण सभाबाट पौड्यालको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । पौड्याल दोश्रो कार्यालयका लागि सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । नयाँ कार्यसमितिको उपाध्यमा प्रमिला परियार, कोषाध्यक्षमा मिना कुइकेल र सहसचिवमा लेखनाथ आचार्य चयन भएका छन् भने...

...विस्तृतमा पढ्नुहोस्

गौरादह जेसीजमा कोइराला निर्वाचित

गौरादह, २८ पुष । यहाँस्थित गौरादह जेसीज २०१९ को अध्यक्षमा माधव कोइराला निर्वाचित भएका छन् । शनिवार सम्पन्न जेसीजको छैठौ साधारणसभाले कोइरालाको अध्यक्षतामा नेतृत्व चयन भएको हो । नवनिर्वाचित अध्यक्ष कोइराला निर्वाचित कार्यकारी उपाध्यक्षद्धयमा ताराकुमार श्रेष्ठ र पुष्पराज गुरागाँइ तथा चार उपाध्यक्षमा क्रमशः मनिता कार्की, भेषकुमार भारती, भानु आचार्य र ओमकुमार राजवंशी रहेका छन् । त्यसैगरि जेसीजको जनसम्पर्क अधिकारीमा युवराज वाँस्तोला निर्बाचित भएका गठित निर्वाचन समितिका आयुक्त...

...विस्तृतमा पढ्नुहोस्

बुद्धशान्तिमा धुमधामले मनाइयो २ सय ९७ औँ पृथ्वी जयन्ती

 बुद्धशान्ति । झापाको बुद्धशान्तिमा २ सय ९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस शुक्रबार धुमधामले मनाइएको छ । नागरिक समाज तथा राष्ट्रिय एकता दिवस समारोह समितिका अध्यक्ष गणेश निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज पत्रकार, मेची क्याम्पसका पूर्व प्रमुख तथा इतिहासविद् चिन्तामणी दाहालको प्रमुख आतिथ्यता रहेको थियो । पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेर उद्घाटन गरिएको कार्यक्रमका सहभागीहरुले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदानको कदर गरेका...

...विस्तृतमा पढ्नुहोस्