पालामद्धारा मृगौला रोगी नेम्बाङलाई सहयोग

दमक,२ साउन / ‘पालाम’ मिम्जीफूङ म्यूजिक भिडीयो यूनिटले पाँचथर,फाल्गुनन्दका मृगौला रोगी सुन्दर नेम्बाङको उपचारका लागि १५ हजार १ रुपैया सहयोग गरेका छन् । दमकमा बुधबार एक कार्यक्रमका गरि म्यूजिक भिडीयोका यूनिटले विरामीका आफन्तलाई सो सहयोग हस्तान्तरण गरिएको निर्देशक विक्रम वनेमले वताए । म्यूजिक भिडीयो यूनिटका टोलीले विरामी नेम्बाङको थप उपचारमा सो सहयोग दिएको निर्देशक वनेमले वताए । त्यस्तै, सो म्यूजिक भिडीयोकै शुभेच्छुक नैनकला बोखिम र सञ्चमाया...

...विस्तृतमा पढ्नुहोस्

पर्वतमा पहिरो, ६ जना सम्पर्कबिहीन, दुई दर्जन घर बगे

पर्वत । भीषण वर्षापछि स्थानीय लस्तीखोलामा आएको बाढीले किनार कटान गर्दै घर बगाउदा पर्वतको जलजला ८ लस्तीमा ६ जना बेपत्ता भएका छन् । खोलाले किनारमा रहेको बमबहादुर परियार लगायत स्थानीयको घर बगाएको हो । प्रहरीका अनुसार, बमबहादुरका १६ वर्षिय छोरा विकास परियार र अन्य ५ जना सम्पर्कबिहीन छन् । उनीहरुको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक रबिन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । हिजो...

...विस्तृतमा पढ्नुहोस्

मृगौला रोगी सविताद्धारा सहयोगको याचना

दमक, २ साउन / दुवै मृगौला बिग्रिएर उपचाररत पाँचथर, मिक्लाजुङकी सविता राईले सहयोगको याचना गरेकी छन् । २१ बर्षको उमेरमानै दुवै मृगौला बिग्रिएर जीवन मरणको दोसाँधमा पुगेकी सविताले आफ्नो जीवन वचाउन सबैसंग आग्रह गरेकी हुन् । मंगलवार दमकमा पत्रकार सम्मेलन गर्दै सविताले आफ्नो १० महिने छोराको लागी पनि आफु बाँच्न चाहेको भन्दै सहयोग गर्न आग्रह गरिन् । सविताका श्रीमान योगेस राईका अनुसार तिन महिना अघि...

...विस्तृतमा पढ्नुहोस्

आइओएमले दियो दमक क्याम्पसलाई बस

दमक,२ साउन / अन्तर्राष्ट्रिय आप्रबासी संगठन ( आईओएम )ले दमक बहुमुखी क्याम्पसलाई एउटा बस निशुल्क उपलब्ध गराएको छ । क्याम्पसमा अध्ययन गर्न आउने बिद्यार्थीहरुलाई बोक्नको लागी आईओएमले क्याम्पसलाई बस दिएको क्याम्पस सञ्चालक समिति सदस्य देउकुमार नेम्बाङले जानकारी दिए । दमक क्याम्पसमा धेरै टाढा टाढाबाट पनि बिद्यार्थीहरु अध्ययनका लागी आउने भएकाले उनीहरुलाई ओसार्नको लागी आइओएमले सो बस दिएको हो । आईओएमले क्याम्पसलाई २४ सिट क्षमता भएको बस...

...विस्तृतमा पढ्नुहोस्

राप्रपाको प्रदेश १ समिति विस्तारित

मोरङ,१ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी १ नम्बर प्रदेश समिति विस्तार गरिएको छ । पार्टी अध्यक्ष कमल थापाले प्रदेश अध्यक्ष राम थापाको सिफारिसमा ७ जना पदाधिकारी र ५ जना सदस्य मनोनयन गरेका हुन् । प्रदेश १ उपाध्यक्षमा प्रल्हादकुमार साह (मोरङ), लिलादेवी श्रेष्ठ (इलाम), तेजकुमार कुरुम्बाङ (पाँचथर) र सचिवमा बासुदेव भट्टराई (झापा) मनोनित भएका छन् । त्यस्तै प्रवक्तामा मोरङका केदार कोइराला, कोषाध्यक्षमा मोरङकै दयाराम भट्टराई, सहसचिवमा खोटाङका...

...विस्तृतमा पढ्नुहोस्

पहिलो महिला संकराचार्य हेमानन्द गिरी सम्मानित ।

चारआली । पहिलो महिला संकराचार्य हेमानन्द गिरी महाराजलाई झापाको चारआलीमा सोमबार अभिनन्दन गरिएको छ । पाउ पाथिभरा मन्दिर समितिले मन्दिर परिसरमा आयोजित एक कार्यक्रमका बीच शंकराचार्य गिरीलाई सम्मान गरेको हो । संस्थाका अध्यक्ष हरिचरण बानिया र मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले संयुक्त रुपमा अभिनन्दन पत्रबाट अभिनन्दन गरेका थिए । कार्यक्रममा अग्रज पत्रकार चन्द्र भण्डारी, प्राज्ञ यज्ञराज प्रसाईं, मेचीनगरका प्रमुख विमल आचार्य लगायतले मन्तव्य राखेका थिए...

...विस्तृतमा पढ्नुहोस्

स्वर्ण महोत्सव कार्यक्रमको आय–व्यय सार्वजानिक ।

दुहागढी । झापा दुहागढी स्थित बाल सुबोधिनी आधारभूत विद्यालयले गत फागुनमा सम्पन्न स्वर्ण महोत्सव कार्यक्रमको आय–व्यय सार्वजानिक गरेको छ । विद्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बिच प्रधानाध्यापक विश्व थापाले आय व्यय सार्वजानिक गर्दै पूर्व विद्यार्थी एवम् दाताहरुबाट प्राप्त सहयोग बापत १० लाख ५९ हजार १ सय ९८ रुपैयाँ आम्दानी भएकोमा ५ लाख १७ हजार खर्च भई ५ लाख ४२ हजार १ सय ९८ रुपैयाँ बचत...

...विस्तृतमा पढ्नुहोस्

झापा गोल्डकपको नाफा १९ लाख, मेस्सी होइन एम्बाप्पे जन्माइने अध्यक्षको भनाई

बिर्तामोड । गत फागनुमा सम्पन्न तेस्रो रमपम झापा गोल्डकप २०७४ मा आयोजकले करिब १९ लाख रुपैयाँ बचत गरेको छ । गोल्डकपको मुल आयोजक समितिले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी आय–व्यय सार्वजनिक गर्दै १९ लाख रुपैयाँ नाफा गरेको जनाएको हो । गोल्डकप फागुन १९ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको थियो । आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले गोल्डकप सम्पन्न गर्न एक करोड चार लाख सात हजार ७७६...

...विस्तृतमा पढ्नुहोस्

छोरा मोटरसाइकल चलाउने, कारवाही भोग्ने बाबु !

काठमाडौं । लाइसेन्सविना मोटरसाइकल वा स्कुटर चलाउनेलाई ट्राफिक प्रहरीले कारवाही गरेको त सबैले सुन्ने गरेकै हो । तर, लाइसेन्स नभएको व्यक्तिलाई सवारी साधन दिनेमाथि समेत ट्राफिक प्रहरीले कारवाही सुरु गरेको छ । ललितपुरमा केहीदिन अघि लाइसेन्सविनै स्कुटर चलाउने व्यक्तिका बाबुसमेत कारवाहीमा परे । धापाखेल बस्ने हरिश्चन्द्र महर्जनले आफ्नो छोरालाई स्कुटर दिएका थिए । बाबुसँग लाइसेन्स भएता पनि छोरासँग थिएन । छोरा युजेन्द्र धापाखेलबाट सातदोबाटोतिर आउँदै थिए,...

...विस्तृतमा पढ्नुहोस्

जलबायु परीवर्तन सम्बन्धि एकदिने सचेतना कार्यक्रम सम्पन्न

हल्दिबारी । जलबायु परीवर्तन सम्बन्धि एकदिने सचेतना कार्यक्रम झापाको हल्दीबारीमा सम्पन्न भएको छ । बढ्दो मानवीय गतिबिधीका कारण बाताबरणमा देखा परेको असन्तुलनका बारेमा सचेतना जगाउने उद्धेश्यले आयोजीत कार्यक्रममा स्थानीय तहका जनप्रतिनीधि , राजनीतिक दल , सञ्चारकर्मी, समाजीक व्यक्तित्व तथा सर्वसाधारणको उपस्थिीति रहेको थियो । बाताबरण संरक्षण मञ्च नेपाल र बन तथा बाताबरण समिति हल्दीबारी गाउँपालीकाको संयुक्त आयोजनामा शनिबार सञ्चालीत कार्यक्रममा हल्दीबारी गाउँपालीका वडा ३ का वडापरिषद...

...विस्तृतमा पढ्नुहोस्