योग साधना कार्यक्रमको प्रथम बार्षिक उत्सव सम्पन्न

दमक | पशुपति अध्यात्मिक महिला समुह दमकले एक वर्ष अघिबाट शुरु गरेको योग साधना कार्यक्रमको प्रथम बार्षिक उत्सव आज सम्पन्न गरिएको छ । दमक ६ स्थित पशुपति मन्दिरको पशुपति सभाहलमा एकवर्ष सम्म निरन्तर संचालन गरिएको योग साधना शिविर प्रथम बार्षिक उत्सव सम्पन्न गरिएको हो । दमक नगरपालिका की उपप्रमुख गिता अधिकारीको प्रमुख उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उपप्रमुख अधिकारीले मानव स्वास्थ्यकालागि अपरिहार्य योग साधना...

...विस्तृतमा पढ्नुहोस्

मालपोत दमकमा अनलाइन सेवा शुरु

दमक,३१ असार /  झापाको दमकमा रहेको मालपोत कार्यालयले सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखेर अनलाईन सेवा विस्तार गरेको छ । आइतबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरि सो अनलाईन सेवाको शुभारम्भ गरिएको कार्यालयले जनाएको छ । सो सेवाको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी, गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार शाह र कमल गाउँपालिकाकी प्रमुख मेनुका काफलेले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । जिल्लाको माईपश्चिमका पाँच वटा स्थानीय तहका सर्वसाधारणले सेवा लिइरहेको...

...विस्तृतमा पढ्नुहोस्

दमकमा न्यायिक प्रभावकारीता बढ्यो

दमक,३० असार / झापाको दमक नगरपालिकाको न्यायिक समितिको भूमिका प्रभावकारीता बन्दै गएको छ । समाजमा न्यायको अनूभुति स्थानीय सरकारवाटै दिलाउने उद्देश्यले गठन गरिएको न्यायिक समितिको भूमिका दमक नगरमा प्रभावकारी देखिएको हो । वडातहमा मेलमिलापकर्ताहरुलाई तालिम पछि प्रमाणपत्र दिदै संयोजक अधिकारी दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीको संयोजकत्वमा गठित न्यायिक समितिले एक वर्षको अवधिमा दर्जनौ मुद्धाहरु किनारा लगाएको जनाईएको छ । समितिले आफनो एक बर्ष कार्यकालको समीक्षा...

...विस्तृतमा पढ्नुहोस्

सहकारीद्धारा ट्राफिक व्यवस्थापन सामाग्रीहरु हस्तान्तरण

दमक,२९ असार / ट्राफिक व्यवस्थापनमा सघाँउ पुर्याँउन यहाँस्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले विभिन्न सामाग्रीहरु दिएको छ । शुक्रवार संस्थामै एक कार्यक्रम गरि संस्थाले स्थानीय इलाका टा«फिक प्रहरी कार्यालयलाई मास्क,चश्मासहित स्टेण्ड फेन दिएको हो । सो सामाग्रीहरु संस्थाका अध्यक्ष जीतमान राईले ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी नायव निरीक्षक विनोदकुमार खतिवडालाई हस्तान्तरण गरिएको थियो । त्यस अवसरमा बोल्दै अध्यक्ष राईले दमकको ट्राफिक व्यवस्थापनमा यी सामाग्रीहरुले थोरै भएपनि सहयोग पुग्ने...

...विस्तृतमा पढ्नुहोस्

दमकमा गोर्खा कमव्याट अल्टिमेट फिटनेश सेन्टर स्थापना

दमक,२७ असार/ झापाको दमकमा छिट्टै गोर्खा कमव्याट अल्टिमेट फिटनेश सेन्टर सञ्चालनमा आउने भएको छ । गोर्खा आर्मी भर्ना हुने चाहने युवाहरुलाई लक्षित गरेर सुविधासम्पन्न फिटनेश टे«निङ सेन्टर सञ्चालनमा आउन लागेको हो । बुधबार दमक–९ स्थित सगरमाथा मल्टि मार्शल आर्ट संघले पत्रकार सम्मेलन गरि ट्रेनिङ सेन्टरको तयारी हुन लागेको जनाएको हो । सगरमाथा मल्टि मार्शल आर्टका अध्यक्ष दिपक धिमालले गोर्खा आर्मीसहित विभिन्न आर्मीमा भर्ना हुन चाहने...

...विस्तृतमा पढ्नुहोस्

दमकमा आजदेखि दुई दिने ‘दमक साहित्य कला महोत्सव’

दमक | झापाको दमकमा आजदेखि दुई दिने ‘दमक साहित्य कला महोत्सव’ भाषिक कार्यशाला तथा साहित्य संगोष्ठी शुरु भएको छ । दमक नगरपालीकाको सहयोग तथा साहित्य कला संगम दमकको आयोजनामा सो कार्यक्रम भएको हो । महोत्सवको आज एक कार्यक्रमकाबीच प्राज्ञ उपेन्द्र पागलले उद्घाटन गरेका हुन् । महोत्सवको पहिलो दिन आज भाषिक कार्यशाला गोष्ठी चलिरहेको छ । गोष्ठीमा राजवंशी, धिमाल, लिम्ब“ र राई भाषाको विषयमा भाषिक कठिनाई, विकास...

...विस्तृतमा पढ्नुहोस्

दमकको १ अर्ब २२ करोडको वजेट पारित

दमक,२५ असार  / झापाको दमक नगरपालिकाको तेस्रो नगर सभा सोमबार सम्पन्न भएको छ । गत असार ९ गते शुरु गरिएको सभाले आगामी आर्थिक बर्ष २०७५/ ०७६ का लागि रु १ अर्व २२ करोड ९६ लाख ८९ हजार १ सय १५ रुपयाँको बजेट तथा कार्यक्रम पारित गरेको छ । सभामा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले जनसहभागितात्मक र विकेन्द्रित विधिबाट वजेट, नीति तथा कार्यक्रमहरु समेटिएको बताए ।...

...विस्तृतमा पढ्नुहोस्

स्ववियू सचिव भण्डारीको कारवाही फिर्ता लिन माग

दमक,२४ असार / दमक बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले आइतबार क्याम्पस प्रशासन, व्यवस्थापन र स्ववियूलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । बिगत केहिदिन देखि आम विद्यार्थीको चासोको बिषय बनेको स्ववियू सचिव रोशन भण्डारीलाई क्याम्पस प्रशासनले निष्काशन गरेको बिषयलाई लिएर स्वतन्त्र विद्यार्थीले क्याम्पस प्रसाशनलाई ध्यानाकर्षण पत्र बुझाइएको विद्यार्थी विन्दु मुकारुङले जानकारी दिए । करिव ४ सय विद्यार्थीको हस्ताक्षरसहित बुझाईएको ध्यानार्कषण पत्रमा विवादित बिषयमा क्याम्पसले गरेको एकलौटी निर्णय फिर्ता लिनुपर्ने...

...विस्तृतमा पढ्नुहोस्

रतुवा खोलाले दुई परिवार विस्थापित

दमक, २१ असार । रतुवा खोलामा आएको बाढीले झापा, दमक–७ को दुई घरका परिवार विस्थापित भएका छन् । बाढीले घरतर्फ कटान तीव्र बनाएपछि स्थानीय रेडक्रस मार्गको अविकेशर श्रेष्ठ र अर्जुन तिम्सिनाको घरपरिवार विस्थापित भएका हुन् । विस्थापित श्रेष्ठको चार कोठे पक्की घर र तिम्सिनाको दक्षिणतर्फको भाग खोलाले कटान गरेको छ । श्रेष्ठ घरमै किराना पसल सञ्चालन गर्दै आएका थिए । उनले विसं २०४७ देखि बसोबास गरी...

...विस्तृतमा पढ्नुहोस्

दमकमा डाँफेको रक्तदान

दमक । झापाको दमकस्थित डाँफे बचत तथा ऋण सहकारी संस्थाले आफनो १२ औ स्थापना दिवसको आज दोस्रो दिन रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । दमकस्थित मारवाडी सेवा समितिको सभाहलमा कार्यक्रममा सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाइटि दमक उपशाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ६३ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष तुलाराम न्यौपानेले जानकारि दिए । यसैगरि सो अवसरमा वर्षभरि उत्कृष्ठ कारा्ेवार गर्ने आफना २५ जना शेयर...

...विस्तृतमा पढ्नुहोस्