मन्त्रिपरिषद्का निर्णय गुपचुप राख्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक नगर्न मन्त्रीहरुलाई पुनः सचेत गराएका छन् । गत आइतबारको मन्त्रिपरिषद् बैठकका निर्णय गोप्य राख्ने भनिए पनि केही मन्त्रीले सार्वजनिक गरेपछि बिहीबारको बैठकमा ओलीले थप सचेत गराएका हुन् । ‘प्रधानमन्त्रीज्यूले मन्त्रीहरुलाई आज पनि सचेत गराउनुभएको छ,’ सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘सक्नुहुन्छ भने खोजी पत्रकारिता गरेर आज (बिहीबार) का निर्णय पनि सार्वजनिक...

...विस्तृतमा पढ्नुहोस्

गुटगत स्वार्थका कारण विघटनको संघारमा नेविसंघ

काठमाडौं । माउ पार्टी नेपाली कांग्रेसका शीर्ष नेताहरुको गुटगत स्वार्थका कारण नेपाल विद्यार्थी संघको १२ औँ महाधिवेशन अन्योलमा परेको छ । पार्टी सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्ष संघको नेतृत्व आफ्नो अनुकुल बनाउन सक्रिय रहँदा संघको वैधानिक व्यवस्था मात्र होईन वर्तमान नेतृत्वको थपिएको कार्यकाल सकिन लाग्दासमेत महाधिवेशन अनिश्चित बनेको हो । नेविसंघ नेतृत्वको दुईबर्षे कार्यकाल गत भदौ २ गते सकिएपछि विधानबमोजिम तीन महिनाका लागि कार्यकाल थप गरिएको...

...विस्तृतमा पढ्नुहोस्

अब शिक्षकको न्यूनतम योग्यता स्नातक र स्नातकोत्तर

काठमाडौं  ।  सरकारले सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकको योग्यता स्नातक र स्नातकोत्तर हुनुपर्ने प्रस्ताव गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको विद्यालय तथा शिक्षण संस्था सञ्चालन ऐन २०७५ मा सो व्यवस्था गरिएको हो । मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमको समितिले तयार गरेको ऐनको प्रारम्भिक मस्यौदाको परिच्छेद ३ मा आधारभूत तह र माध्यमिक तहका विद्यालय शिक्षकको योग्यता क्रमशः...

...विस्तृतमा पढ्नुहोस्

धर्म परिबर्तन गराउने दुई जापानी महिलालाई देश निकाला

काठमाडौं । गृह मन्त्रालयले भिसा दुरुपयोग गरी धर्म परिवर्तन गर्न प्रचारप्रसार गरिरहेका दुई जापानी महिलालाई ५ बर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्कासन गरेको छ । मारी इकुरा र यासुको ओवाले इसाई धर्म प्रचारप्रसार गर्ने र गरिब बस्तीमा आर्थिक प्रलोभन देखाई धर्म परिबर्तन गराउँदै आएका थिए । गृहसचिव प्रेमकुमार राईको निर्णयबाट धर्म परिवर्तन गराउन संलग्न ती जापानीलाई बिहीबार निष्कासन गरिएको हो । उनीहरु पर्यटक भिसामा बस्दै आएका थिए ।...

...विस्तृतमा पढ्नुहोस्

कठै ! गाडी चढ्न ६ दिन हिँड्नुपर्छ यी गाउँका बासिन्दालाई

काठमाडौँ । डोल्पाका कराङ र तिलिङ गाउँका बासिन्दालाई मोटर चढ्न ६ दिन पैदल हिँड्नुपर्छ। छिमेकी जिल्ला जाजरकोटको सदरमुकाम पुग्न ८ दिन, संघीय राजधानी काठमाडौं पुग्न १० दिन। जाजरकोट-डोल्पा सडकको खलंगादेखि दुनैसम्मको १ सय १८ किलोमिटर ट्रयाक हालै खुले पनि दर्जनौं पुल निर्माण नहुँदा डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिन सकेको छैन। भारतसँग सीमा जोडिएको बाँकेको जमुनाहालाई चीनसँग सीमा जोडिएको डोल्पाको धो भोटसँग जोड्ने गरी निर्माणाधीन चार सय किलोमिटर...

...विस्तृतमा पढ्नुहोस्

सांसदलाई जथाभावी उपचार खर्च, सबैभन्दा बढी लिने शान्तिकुमारी

काठमाडौं  । संघीय संसदका सांसदले २ हजारदेखि २ लाखसम्म उपचार खर्च बुझेका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाका ४० जना सांसदले झन्डै सात लाख उपचार खर्च लिएको संघीय संसद् सचिवालयले जानकारी दिएको छ । फागुन् २१ बाट संसद् बैठक प्रारम्भ भएयता सचिवालयमा उपचार खर्चका लागि सांसद्का निवेदनका चाङ लागेका छन् । सचिवायलयमा कार्यरत चिकित्सकको टोलीले उपचार खर्चका बिलमाथि अनुसन्धान गरेर यकिन रकम मात्र उपलब्ध गराउने सचिवालयको भनाई छ...

...विस्तृतमा पढ्नुहोस्

सरुवा भएको ठाउँमा जान नमान्ने स्वास्थ्य सचिव डा. चौधरीलाई कारबाही गर्ने सरकारको तयारी

काठमाडौँ । सरकारले स्वास्थ्य तथा जनसंख्यासचिव डा. पुष्पा चौधरीमाथि कारबाहीको तयारी थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिए पनि सचिव चौधरी हाजिर हुन नगएपछि उनीमाथि कारबाही गर्ने मनस्थितिमा सरकार पुगेको हो । सरकारको निर्णयविरुद्ध सचिव सर्वोच्च अदालत गएको नेपालको इतिहासमा पहिलो घटना हो। ‘यस विषयमा सरकार मौन बस्न सक्दैन,’ प्रधानमन्त्री कार्यालयका एक सचिवले भने। सर्वोच्चको आदेशसँगै चौधरी प्रधानमन्त्री कार्यालयमा जानकारी नै नगराई नियमित...

...विस्तृतमा पढ्नुहोस्

प्रेम सम्बन्धले मन्त्री पद गुमेपछि…

काठमाडौं । सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीबाट बर्खास्त गरिएका दीर्घ सोडारीलाई नेकपाले साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको छ । नेकपाका स्थानीय नेताहरुको अनुसार, उनी लामो समयदेखि धनगढीकै एक महिलासँग प्रेम सम्बन्धमा थिए । त्यो स्थानीय नेता र कार्यकर्ताहरुलाई पनि पहिल्यैदेखि जानकारी थियो । यही विषय उनकी श्रीमतीले थाहा पाएपछि पटक—पटक विवाद पनि हुँदै आएको थियो । तर, पछिल्लो समय उनीहरुको सम्बन्ध बिग्रिएको नेकपा कार्यकर्ताहरुको भनाई छ ।,...

...विस्तृतमा पढ्नुहोस्

धर्ना बसेका निर्मला पन्तका आमाबुबा चिसोका कारण बिरामी

महेन्द्रनगर । छोरीको न्यायका निम्ति धर्ना बस्नुभएका निर्मला पन्तका आमाबुबा बिरामी पर्नुभएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुख्य प्रवेशद्वार अगाडि यही कार्तिक २५ गतेदेखि अनिश्चितकालीन धर्नामा बस्नुभएका उहाँहरु चिसोका कारण बिरामी परेका बताइएको छ । महाकाली अञ्चल अस्पतालका चिकित्सकको एक टोलीले बिहीबार धर्नास्थल पुगी उहाँहरुको स्वास्थ्य परीक्षण गरेको थियो । ...

...विस्तृतमा पढ्नुहोस्

निर्मला हत्याका ११२ दिन : गाउँले पनि प्रहरीको शंकाको घेरामा

काठमाडौं ।  निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँलेमाथि नै अनुसन्धान सुरु गरेको छ। न्याय माग्दै निर्मलाका बुबा यज्ञराज जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसिरहेका वेला प्रहरीले केही गाउँलेलाई नै शंकाको घेरामा राखेर अनुसन्धान थालेको हो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा कञ्चनपुरबाट मोहन विष्टले लेखेका छन्। ‘उल्टाखाम क्षेत्रका केही व्यक्ति शंकाको घेरामा छन् । उनीहरूको गतिविधिमाथि सूक्ष्म ढंगले...

...विस्तृतमा पढ्नुहोस्