आफनै श्रीमतीको हत्या गर्ने हत्यारा पक्राउ

इलाम | आफनै श्रीमतीको हत्या गरी फरार भएका मदन लिम्बु पक्राउ परेका छन् । लिम्बुलाई इलाम नगरपालिका ९ स्थित घटना भएको स्थान आसपासमा नै लुकीछिपी बसेको अवस्थामा आज बिहान करिब ६ः४० बजे पक्राउ गरेको हो । इलामको माईजोगमाई गाँउपालिका वडा न ५ सोयाङ घर भई हाल इलाम नगरपालिका ९ गोलाखर्कमा डेरा गरी बस्दै आएका लिम्बुले घरायसी बादबिबाद हुँदा श्रीमती बिमला लिम्बुलाई खुकुरी प्रहार गरी घाईते बनाएका...

...विस्तृतमा पढ्नुहोस्

सुन तस्करीका मुख्य अभियुक्त गोरे सार्वजनिक, भिडियो सहित

काठमाडौँ, ८ जेठ | साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ठानिएका चुडामणि उप्रेती ‘गोरे’लाई गृह मन्त्रालयमा सार्वजनिक गरिएको छ । नेपाल सरकारको २०७४ चैत २० गतेको मन्त्रिपरिषद्को निर्णय र संगठित अपराध ऐन २०७० को दफा १२ अनुसार सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित विशेष अनुसन्धान टोलीले गोरेलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत आज सार्वजनिक गरेको हो । साढे ३३ किलो सुनका मुख्य अभियुक्त गोरे फरार भएपछि...

...विस्तृतमा पढ्नुहोस्

साढे ३३ किलो अबैध सुन काण्डका मुख्य नाई गोरे भनिने चुडामणि उप्रेती पक्राउ

दमक | साढे ३३ किलो अबैध सुन काण्डका मुख्य नाई गोरे भनिने चुडामणि उप्रती पक्राउ परेका छन । उर्लाबारीको सनम शाक्यको हत्यामा समेत संलग्लन रहेका मोरङ उर्लाबारी घर भइ हाल काठमाण्डौमा बसोबास गर्दै आएका उप्रेतीलाई प्रहरीले पक्राउगर्न सफल भएको छानविन समितिले जनाएको छ । यस विषयमा विस्तृत विवरण आउन बाँकी रहेको समितिले जनाएको छ । उनलाई अहिले १२ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने बताइएको छ । ...

...विस्तृतमा पढ्नुहोस्

भरुवा बन्दुकसहित ५ पक्राउ

चुलाचुली,४ जेठ /  प्रहरीले इलामको चुलाचुली गाउँपालिकाबाट भरुवा बन्दुकसहित ५ जनालाई पक्राउ गरेको छ । चुलाचुली गाउँपालिका–१ कमलबाट प्रहरीले नयन फागो, पोवेन फागो, विवस फागो, विश्वजीत चेम्जोङ र पासाङ तामाङलाई पक्राउ गरेको हो । युवाहरू भेला भएर झगडा गरिरहेको सूचना पाएपछि पेल्टीमारीबाट खटेको प्रहरी टोलीले युवा सुतेको गोठमा भरुवा बन्दुकसमेत फेला पारेकाले बन्दुकसहित उनीहरूलाई समातिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एसपी माधवप्रसाद श्रेष्ठले घटनाबारे थप अनुसन्धान...

...विस्तृतमा पढ्नुहोस्

ढुङ्गा तस्करीले काटे किसानको औंला

शान्तिनगर । झापाको बुद्धशान्ति ७ मा ढुङ्गा तस्करीले शनिवार एक किसानको हातको औंला काटिदिएका छन् । बुद्धशान्ति ४ का ढुङ्गा तस्करी गाडी साहु लोकेन्द्र लिम्बु, डम्बर लिम्बु र प्रकाश लिम्बुले किसान खेमराज पौड्यालको हात काटेको बुद्धशान्ति ७ का वडाध्यक्ष मात्रिका पौड्यालले जानकारी दिए । उनका अनुसार तःकरीले बुद्धशान्ति ७ शान्तिनगरको दमार खेतमा खरबुजाको खेती गर्दै आएका पौड्यालको हात काटिदिएका हुन् । कृषक पौड्यालले लगाएको खेतीमा चोरी बढ्दै...

...विस्तृतमा पढ्नुहोस्

बालिका बलात्कार गरेको अभियोगमा गौरादहबाट एक जना पक्राउ

झापा, १९ वैशाख | बालिकालाई बलात्कार गरेको अभियोगमा झापाको गौरादह नगरपालिकाबाट प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह नगरपालिका–४ का ३८ वर्षीय चुडादेव तामाङ रहेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार सोही स्थानकी एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको हो । घटना विवरणअनुसार तामाङले आफ्नै घरको छतमा मंगलबार बालिकालाई...

...विस्तृतमा पढ्नुहोस्

युवतीमाथि बलात्कारको प्रयास अभियोगमा कानुन व्यवसायी समातिए ।

चितवन । भरतपुर महानगरपालिका–१० बस्ने कानुन व्यवसायी प्रकाश भट्टराई जबर्जस्ती करणीको प्रयास गरेको अभियोगमा बुधबार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाकाअनुसार १०+२ पढ्दै गरेका दुई युवतीलाई जबर्जस्ती करणीको प्रयास गरेपछि भट्टराईलाई नियन्त्रणमा लिइएको हो । उनलाई बुधबार म्याद थप गरी जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिने प्रहरी उपरीक्षक थापाले बताए । पीडित युवतीले आफूलाई टेलिफोन गरी घटनाको जानकारी गराएको र...

...विस्तृतमा पढ्नुहोस्

हचुवामा नम्बर थिचेर युवतीलाई अश्लिल गाली गर्ने एक जना झापामा पक्राउ

झापा । हचुवामा नम्बर थिचेर युवतीलाई अश्लिल गाली गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको साविक काभ्रे–५ घर भइ हाल झापाको मेची नगरपालिका–१० बस्ने ३० वर्षीय श्यामकृष्ण तामाङ भनिने श्यामकृष्ण सार्की छन् । उनलाई इलाका प्रहरी कार्यालय, अनारमनीले सोमबार पक्राउ गरेको हो । उनलाई बिर्तामोड–५ स्थित इलाम स्टेण्डबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्ण कोइरालाले बताए । उनीबाट हालसम्म ७ जना...

...विस्तृतमा पढ्नुहोस्

अश्लील क्रियाकलाप गर्ने नौजना पक्राउ

बिर्तामोड, १४ बैशाख । अश्लील क्रियाकलापमा संलग्न भएको भन्दै नौजनालाई प्रहरीले झापाको बिर्तामोडबाट पक्राउ गरेको छ । बिर्तामोडस्थित कृषिथोक दक्षिणमा रहेको आँगन होटल एन्ड लजबाट रामेश्वर दिवेदीले सञ्चालन गरेको सो होटलमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । होटलमा भेला भई हुल हुज्जत गरी अश्लील क्रियाकलाप गरिरहेको अवस्थामा बुधबार साँझ साढे ७ बजे प्रहरी टोलीले पक्राउ गरेको हो । यसरी...

...विस्तृतमा पढ्नुहोस्

बलात्कारीलाई उम्क्याएको पीडित पक्षको गुनासो

मोरङ ६, बैशाख। मोरङको सुन्दरहरैंचा – ७ की ८ वर्षीया बालिकालाई स्थानीय एक वृद्धले बलात्कार गरेको र जनप्रतिनिधिको दबावमा मिलापत्र गराउने कोसिस भईरहेको पीडित पक्षले आरोप लगाएका छन् । यही वैशाख २ गते दिउँसो २ बजेतिर ती बालिकालाई छिमेकी ६० वर्षीय जीतबहादुर मगरले बलात्कार गरेको पीडित पक्षको आरोप छ । बिस्कुट दिने वहानामा घरमा बोलाएर मगरले उनीमाथि बलात्कार गरेको पीडित पक्षको दावी छ । घटनालगत्तै...

...विस्तृतमा पढ्नुहोस्