बुद्धशान्ति सहकारीको शेयर पुँजी बढ्दै

बुधबारे । झापाको बुद्धशान्ति ३ मा रहेको बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अघिल्लो आर्थीक बर्षको तुलनामा ७८ दशमलव १७ प्रतिशतले शेयर पुँजी बढेको छ । आर्थीक बर्ष ०७३/७४ मा ३३ लाख ७३ हजार ५ सय रुपैयाँ शेयर पुजी रहेकोमा आर्थीक बर्ष ०७४/७५ मा बढेर ६० लाख १० हजार ६ सय रुपैयाँ पुगेको छ । उद्योग वाणिज्य संघ बुधबारेको सभाहलमा शनिबार आयोजित संस्थाको दोस्रो...

...विस्तृतमा पढ्नुहोस्

देशकै उत्कृष्ट बन्यो नागबेली सुपारी सहकारी ।

शान्तिनगर । नेपाल सुपारी खेती विकास समितिका अध्यक्ष देबी प्रसाद खतिवडाले नागबेली सुपारी उत्पादन सहकारी संस्था नीति नियम र मान्यता अनुसार चलेको हुँदा बिषयगत सहकारीमा नेपालकै उत्कृष्ट बन्न सफल भएको बताउनु भएको छ । संस्थाको ५ औ बार्षिक साधारण सभाको उद्ध्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष खतिवडाले सहकारीले सबै जातजाति बर्ग र क्षेत्रलाई समेट्न सफल भएको भन्दै छरिएर रहेको पुँजीलाई बित्त बजारमा...

...विस्तृतमा पढ्नुहोस्

यमाहाको ‘ स्ट्रिट र्याली’ स्कुटर वजारमा

दमक,२५ भदौ / यमाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता दमकको गजुरमुखी टे«ड लिंकले आर्कषक रे जेडआर स्कुटर सिरिजको नयाँ संस्करण ‘ स्ट्रिट र्याली’ वजारमा ल्याएको छ । ‘ स्ट्रिट र्याली’ स्कुटरको सोमबार एक कार्यक्रम गरि सार्वजनिक गरिएको टे«ड लिंकका सञ्चालक सुरज आचार्यले जानकारी दिए । आचार्यले ११३ सीसी क्षमताको ‘स्ट्रिट र्याली ’ एडिसन पावर र स्टाइलको उत्कृष्ट समिश्रण भएकाले स्पोर्टी स्कुटर रुचाउने हरेक ग्राहकको रोजाइमा...

...विस्तृतमा पढ्नुहोस्

आदर्श सहकारीको २२ औ बार्षिक साधारणसभा

दमक,२२ भदौ / दमक–६ स्थित आदर्श समाज सहकारी संस्थाले शुक्रवार आफनो २२औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । दमकस्थित पशुपति मन्दिरको सभाहलमा एक कार्यक्रम गरि संस्थाले आफनो साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाको उद्घाटनमा संस्थाका अध्यक्ष भरत खातीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन संस्थाको वन्दसत्रले सुझावसहित पारित गरिएको थियो । सो अवसरमा संस्थाले बिभिन्न शिर्षकमा ३० जना उत्कृष्ट शेयर सदस्यहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको...

...विस्तृतमा पढ्नुहोस्

ग्याँस व्यवसायी र विक्रेता संघको साधारणसभा

झापा,२२ भदौ ।ग्याँस ब्यवसायी संघ दमकको दोसो्र साधरणसभा तथा झापा ग्याँस बिक्रेता संघको ५औ साधारणसभा शुक्रवार संयुक्तरुपमा सम्पन्न भएको छ । शुक्रवार झापाको पर्यटकिय क्षेत्र दोमुखामा आ–आफ्नोे साधारणसभा सम्पन्न गरेको हो ।कार्यक्रम केन्द्रीय ग्याँस बिक्रेता महासंघका अध्यक्ष महेश्वर श्रेठको प्रमुख आतिथ्यमा भएको थियो । सो अवसरमा प्रमुख अतिथि श्रेष्ठले सरकारले ग्याँस विक्रि गरेवापत निर्धारण गरेका मुनाफा लामो समयदेखि बृद्धि नहुदाँ व्यवसाय गर्न समस्या भएको गुनासो...

...विस्तृतमा पढ्नुहोस्

कान्तिपुर शाकोसको नेतृत्व चयन

दमक,२२ भदौ/ दमक–५ स्थित कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति चयन भएको छ । शनिवार सम्पन्न संस्थाको सातौ वार्षिक साधारणसभाको वन्दसत्रले सञ्चालक समिति र लेखा समिति सर्वसम्मत चयन भएको हो । सञ्चालक समितिको अध्यक्षमा पुनः बासुदेव भट्टराई,उपाध्यक्षमा प्रल्हाद कुमार पौडेल, सचिवमा दिपक गौतम र कोषाध्यक्षमा गणेश कार्की चुनिएका छन् । त्यस्तै,सदस्यहरुमा यमबहादुर अधिकारी,विष्णुमाया थापा,मञ्जु आचार्य,टिकाराम खरेल,निलम कटुवाल, सञ्जीव योङहाङ र लेखा समितिको संयोजकमा...

...विस्तृतमा पढ्नुहोस्

अर्थमन्त्रीद्धारा आन्तरिक राजश्व कार्यालय उद्घाटन

दमक,१८ भदौ / अर्थमन्त्री डाक्टर युवराज खतिवडाले झापाको दमकस्थित आन्तरिक राजश्व कार्यालयको उद्घाटन गरेका छन् । करदाता सेवा कार्यालयबाट चालु आर्थिक बर्षदेखि स्तरोन्नति भएको सो कार्यालयको सोमबार कार्यक्रमका बीच उनले उद्घाटन गरेका हुन् । त्यस कार्यालयले झापाको कन्काई पश्चिमी क्षेत्रका शिवसताक्षी, गौरादह , दमक नगरपालिका तथा कमल र गौरीगञ्जका करदाताहरुलाई सेवा पुर्याउँदै आएको छ । कार्यक्रममा अर्थमन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना, आन्तरिक राजश्व बिभागका महानिर्देशक बिष्णुप्रसाद नेपाल, झापाका...

...विस्तृतमा पढ्नुहोस्

झापा प्रहरीले अब वित्तिय क्षेत्रमा निगरानी बढाउने

बिर्तामोड । चाडपर्व नजिकिएसंगै झापा प्रहरीले वित्तिय कारोबार हुने क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । झापाको शान्ति सुरक्षा र प्रहरीको कार्यदक्षतालाई देशकै नमुना बनाउने योजनाका साथ प्रहरीले नागरिक पत्रकार र प्रशासनसंग हातेमालो गर्दै अघि योजना अघि सारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए । भाद्र २१ गते बिहिबारबाट सुदृढ शान्ति सुरक्षाका लागी प्रारम्भिक सुरक्षा अभिमुखिकरण अभियान कार्यक्रम सुरु गर्न...

...विस्तृतमा पढ्नुहोस्

बाल सुबोधिनीद्धारा ७० लाख बढीको सामाजिक परिक्षण सार्बजनिक

दुहागढी । झापा दुहागढी स्थित बाल सुबोधिनी आधारभूत विद्यालयले सोमबार सामाजिक परीक्षण सार्वजानिक गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रधानाध्यापक विश्व थापाले ७० लाख २३ हजार ६ सय ८६ रुपैयाँ बराबरको आर्थिक बर्ष २०७४/२०७५ को सामाजिक परीक्षण प्रस्तुत गरेका थिए । भेलाले सामाजिक परीक्षण सर्वसम्मतबाट अनुमोदन गरेको छ । मेचीनगर नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष शंकर प्रसाद पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा...

...विस्तृतमा पढ्नुहोस्

१२ लाख बढि भारतीय नोट सहित पूर्वी नाकाबाट नेपाली पक्राउ

काँकडभिट्टा । पूर्वी नेपालको नाका काँकडभिट्टाबाट भारतीय रुपैयाँ १२ लाख ८० हजार सहित आज बिहान एक नेपाली युवा पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल ,नेपाल गुल्म, राजश्व तथा भन्सार गस्ती सुरक्षा झापा न ८ गुल्म काँकडभिट्टा र भन्सार टोलीले चेकपोईन्टमा चेकजाचको क्रममा भारतबाट नेपाल तर्फ ल्याउदै गर्दा ललितपुरका ३२ वर्षीय रविन्द्र बज्राचार्यको साथबाट सो रकम बरामद गरेको हो । चेकजाचको क्रममा शङ्का लागेर चेकजाच गर्दा...

...विस्तृतमा पढ्नुहोस्