होली पर्वमा सार्वजनिक विदा दिन माग

दमक ,४ चैत। राजवंशी समाज विकास समिति झापाले ‘फागु डोल पावनी’ अर्थात होली पर्व तराई होलीका दिन झापामा सार्वजनिक विदा दिनुपर्ने माग राख्दै आज ज्ञापनपत्र बुझाएको छ । समाजका जिल्ला अध्यक्ष पुकार चन्द्र राजवंशीको नेतृत्वमा गएको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको हो । झापामा तराई होली अर्थात चैत ७ गतेका दिन होली पर्व मनाए पनि एकदिन अघि पहाड...

...विस्तृतमा पढ्नुहोस्

पाथीभरामा दाताहरुलाई सम्मान

गौरीगञ्ज,२९ फागुन  ।झापाको गौरीगञ्ज गाउँपालिका वडा नं २ ( साविक कोरोबारी) को विरपुरमा स्थानीय दाताहरुले प्रदान गरेको ६ कठठ जग्गामा ठुली पाथीभरा माताको प्रतिकका रुपमा दाताहरुले मन्दिर निर्माण गरेका छन् । स्थानीय पूर्वशिक्षक समेत रहेका नारायण बहादुर कार्कीको अध्यक्षतामा रहेको निर्माण समिति तथा मन्दिर व्यवस्थापन समितिले २०७२ साल माघमा शुरु गरेको मन्दिरको निर्माणमा सहयोग गर्ने जग्गादातासहित आर्थिक सहयोग दाताहरुलाई आज एक कार्यक्रमका बीच सम्मान गरिएको...

...विस्तृतमा पढ्नुहोस्

गौरीगंजमा आध्यात्मिक सत्संग समारोह,उल्लेखीय उपस्थिति

गौरीगंज २७, फागुन । नेपाल सन्तमत सत्संग गौरीगंजको आयोजनामा भईरहेको ऐतिहासिक आध्यात्मिक सत्संग समारोहको आज पहिलो दिन सम्पन्न भएको छ । गौरीगंज गाउँपालिका वार्ड नं ६ खजुरगाछीमा फागुन २७ र २८ गते भव्य सत्संग समारोहमा प्रमुख अतिथि तथा प्रधान आचार्य चतुरानन्द जी महाराजको अमृतमय प्रवचनपछि पहिलो दिनको दोस्रो सत्र समापन भएको हो ।  दिउसो २ बजेबाट शुरू भएको समारोहमा परम पुज्यपाद स्वामी योगानन्द जी महाराज,...

...विस्तृतमा पढ्नुहोस्

त्रिलेकेश्वर शिव मन्दिरको महायज्ञमा दान जुट्दै

कमल,२४ फागुन। यहाँस्थित कमल ५ स्थित पाडाजुंगीमा जारी सप्ताहव्यापी श्रीमदभागवत ज्ञान महायज्ञमा दान जुट्ने क्रम बढ्दै गएको छ । स्थानीय त्रिलेकेश्वर शिव मन्दिरले गत फागुन २० गते शुरु भएको महायज्ञमा भक्तजनहरुबाट दान जुट्ने क्रम बढ्दै गएको छ । मन्दिरको अक्षयकोष निर्माण गर्न दुई दर्जन बढी दाताहरुले बुधबारसम्म ५ लाख ६३ हजार ७ सय ११ रुपैया दान गरेको मन्दिरका अध्यक्ष खड्गबहादुर श्रेष्ठले जानकारी दिए । हालसम्म सवैभन्दा बढी...

...विस्तृतमा पढ्नुहोस्

खनाल सेवा समिति झापाको नेतृत्व चयन

कन्काई, २० फागुन । खनाल सेवा समिति झापा शाखाको नेतृत्व चयन भएको छ । खनाल सेवा समिति झापा जिल्ला कार्यसमितिको शनिवार कन्काई नगरपालिकास्थित धृतकौशिक प्रतिष्ठानको सभाकक्षमा सम्पन्न तेश्रो जिल्ला अधिबेशनले पुनः हेम प्रसाद खनालको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद खनाल,उपाध्यक्षमा प्रमिला खनाल, सचिवमा तेजप्रसाद खनाल ,सहसचिवमा बद्रीप्रसाद खनाल र कोषाध्यक्षमा योगराज खनाल चुनिएका छन् । आगामी चार वर्से कार्यकालका लागि...

...विस्तृतमा पढ्नुहोस्

शिवरात्रीमा धार्मिक कार्यक्रम हुदै

दमक , १९ फागुन । महाशिवरात्रीको अवसर पारेर भोलिदेखि झापाको कमल गाँउपालिका ५ स्थित पाडाजुंगीमा सप्ताहव्यापी श्रीमद् भागवत ज्ञान महायज्ञ हुने भएको छ । स्थानीय त्रिलोकेश्वर शिव मन्दिरले आयोजना गर्ने महायज्ञको सम्पूर्ण तयारी पूरा भएको महायज्ञ मूल आयोजक समितिका संयोजक खड्गबहादुर श्रेष्ठले जानकारी दिए । महायज्ञका अवसरमा स्थानीय वासिन्दाहरुको करिव २२ लाख रुपैयाको सहयोगवाट निर्माण गरिएको पक्की मन्दिरको समेत उद्घाटन गरिने कार्यक्रम रहेको संयोजक श्रेष्ठले जनाएका...

...विस्तृतमा पढ्नुहोस्

सताक्षीधाममा तेमेनलुम किरात माङहिम निर्माण शुरु

झिलझिले,१४ फागुन। झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ स्थित सताक्षीधाम परिसरमा किरात धर्मावलम्बीहरुको माङहिम (मन्दिर ) निर्माण हुने भएको छ । किरात धर्मवलम्बीहरुले लामोसमयदेखि पूजाआजा गर्दे क्षेत्रमा व्यवस्थित तेमेनलुम किरात माङहिम निर्माण कार्य शुरु गरिएको हो । तेमेनलुम किरात माङहिम समितिले मंगलवार निर्माणस्थलमा पत्रकार सम्मेलन गरि माङहिम निर्माणको प्रांरिम्भक चरणका घेरावेरा लगायतका कामहरु थालिएको जनाएको छ । पाँच वर्ष भित्रमा सुविधासम्पन्न मन्दिरसहित सभा हल, पूजारी कक्ष...

...विस्तृतमा पढ्नुहोस्

माईधारमा सत्संग,योगसहित मन्दिरको शिलान्यास

माईधार , ९ फागुन । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० माईधारमा भूतपस्या स्थलसहित योग, सत्संग भवन र मन्दिरको आज शिलान्यास गरिएको छ । जिल्लाको चर्चित धार्मिक तथा पर्यटकीय क्षेत्र कन्काई माई पश्चिम क्षेत्रमा स्थानीय दिव्यपथ महिला सरोकार समाजको अगुवाईमा निर्माण हुने उक्त मन्दिरको आज संघीय सांसद लालप्रसाद साँवा लिम्बुले शिलान्यास गरे । झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य सांसद साँवाले धार्मिक संघसंस्थाले आध्यात्मिकताको विकास...

...विस्तृतमा पढ्नुहोस्

मुस्लिम आयोगका प्रस्तावित अध्यक्षको नागरिकता नक्कली !

काठमाडौं । मुस्लिम आयोगको प्रस्तावित अध्यक्ष समिम अन्सारीले पेश गरेको नागरिकतासम्बन्धी कागजात नक्कली भएको पुष्टि भएको छ ।अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली भएको उजुरी संसदीय सुनुवाई समितिमा परेको थियो । सुनुवाई समितिले संवैधानिक परिषद्लाई अन्सारीको सबै प्रमाणपत्र माग गरेको छ भने जिल्ला प्रशासन कार्यालयलाई नागरिकतासम्बन्धी सबै विवरण उपलब्ध गराउन भनेको छ । साथै निर्वाचन आयोगलाई पनि नेकपा केन्द्रीय समितिको सदस्यहरुको सूची माग गरेको...

...विस्तृतमा पढ्नुहोस्

एम्वुलेन्स खरिद गर्न शिवमहापुराण लाग्दै

शान्तिनगर । झापा मेचीनगर–१२ धाइनज (डाडाँगाउँ)मा रहेको नवर्देश्वर शिवालय मन्दिरमा यही फागुन १० गतेदेखि २० गतेसम्म शिवमहापुराण धन–धाञ्यान्चल एकादशाह ज्ञानमहायज्ञको तयारी गरिएको छ । मन्दिरको दशौँ बार्षिकोत्सव एवं निर्माणधीन शिव पाञ्चायन मन्दिरको मुर्ति प्रतिस्थापन, सामुदायिक भवन निर्माण र एम्वुलेन्स खरिद गर्ने हेतुले पुराणको आयोजना गर्न लागिएको पुराण मूल आयोजक समितिका अध्यक्ष राजन चिमरियाले बताए । बुधवार मन्दिर परिषरमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो...

...विस्तृतमा पढ्नुहोस्