कमलमा बंगुरका पाठा वितरण

कमल | झापाको कमल गाउँपालिका का व्यवसायीक फर्म संचालनकहरुलाई बंगुरका पाठा वितरण गरिएको छ । कमल गाउँपालिकाको आर्थिक सहयोग तथा व्यवसायिक बंगुरपालन कृषि समितिको व्यवस्थापनमा आइतबार वंगुरका पाठा वितरण गरिएको हो । कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले व्यवसायिक फर्म सन्चालक लाई बंगुरका पाठा हस्तान्तरण गरिन । अध्यक्ष काफलेले कमल गाउँपालिकाको वडा नम्वर ४ लाई बंगुरको पकेट क्षेत्र बनाउने उदेश्यले उच्च नश्लजातको बंगुरका पाठा वितरण गरिएको...

...विस्तृतमा पढ्नुहोस्

न्यू कञ्चनको बिषादी न्यूनिकरण तथा माटो परिक्षण तालिम सम्पन्न

बुद्धशान्ति । न्यू कञ्चन कृषि सहकारी संस्था बुद्धशान्ति ३ को आयोजना तथा बुद्धशान्ति गाउँपालिका कृषि शाखाको सहयोगमा एकदिने बिषादी न्यूनिकरण तथा माटो परिक्षण सम्बन्धी तालिम सम्पन्न भएको छ । न्यू कञ्चन कृषि सहकारी संस्थाका अध्यक्ष इश्वरीराज ढकालको सभापतित्वमा भएको तालिममा बुद्धशान्ति गाउँपालिका वडा नं ३ का वडाध्यक्ष कमलप्रसाद उप्रेतीको प्रमुख आतिथ्य रहेको थियो । कृषि तथा माटो प्राविधिक फणिन्द्र ढुंगानाले सहजीकरण गरेको तालिममा गाउँपालिका कृषि शाखा...

...विस्तृतमा पढ्नुहोस्

हलेसी कृषि सहकारी सञ्चालनमा

दमक,१० बैशाख। यहाँस्थित हलेसी कृषि सहकारी संस्था नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । सोमबार एक कार्यक्रमका वीच सहकारीको औपचारिक रुपमा शुभारम्भ गरिएको अध्यक्ष प्रविण चाम्लिङले जानकारी दिए । दमक ७ राधाकृष्ण मन्दिर क्षेत्रमा स्थापना गरिएको सहकारीको दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले उद्घाटन गरे । शेयर सदस्यहरुलाई आकर्षक ब्याजदरका साथै सुलभ दरमा ऋण प्रवाह गर्ने उद्देश्यले सहकारी सञ्चालन ल्याईएको सहकारीका अध्यक्ष चाम्लिङले बताए...

...विस्तृतमा पढ्नुहोस्

सहकारीद्धारा किसानलाई बाख्रा पाठा वितरण

दमक ,२५ फागुन । दमक ९ स्थित सेतुमारी कृषि सहकारी संस्थाले शनिवार आफना ३० जना शेयर सदस्यहरुलाई उन्नत जातका बाख्राका पाठी वितरण गरेको छ । वडाअध्यक्ष रामवहादुर धिमाल, सदस्य समिन रिजालको उपस्थितिमा वितरण गरिएको संस्थाले जनाएको छ । विपन्न र सिमान्तकृत समुदायका महिलाहरुको क्षमता अभिबृद्धि तथा व्यवसायिक बाख्रा पालन तालिमका सहभागिहरुलाई पाठी वितरण गरिएको संस्थाका अध्यक्ष प्रथम धिमालले बताए । संस्थाले सञ्चालन गरेको बीऊ पूँजी...

...विस्तृतमा पढ्नुहोस्

नागबेलीको ३ दिने सहकारी आधारभुत लेखा तालिम सम्पन्न

शान्तिनगर । नागबेली सुपारी उत्पादन सहकारी संस्था बुद्धशान्ति ५ ले ३ दिने सहकारी आधारभुत लेखा तालिम सम्पन्न गरेको छ । फागुन १८ गते देखि सञ्चालन भएको तालिम सोमबार सम्पन्न भएको हो । शान्तिनगर क्षेत्र भित्र रहेका विभिन्न सहकारी र संस्थाहरुका २५ जना सहभागि तालिममा जिल्ला सहकारी संघ झापाका लेखा परिषद् समितिका संयोजक तथा बरिष्ठ लेखा परिक्षक भोलाकाजी कठायतले सहजीकरण गर्नुभएको थियो । नागबेली सुपारी उत्दापन...

...विस्तृतमा पढ्नुहोस्

न्यू कञ्चनको अर्धबार्षिक साधारणसभा र अन्तरक्रिया सम्पन्न

बुद्धशान्ति । न्यू कञ्चन कृषि सहकारी संस्था बुद्धशान्ति–३ ले शनिवार आप्mनो अर्धबार्षिक साधारण सभा तथा अन्र्तकृया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष ईश्वरीराज ढकालको सभापतित्वमा भएको कार्यक्रममा समाजसेवी तथा जेष्ठ नागरिक चन्द्रमणी ढकालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा संस्थाका शेयर सदस्यका छोराछारीहरु मध्येबाट गतसालको एस.ई.ई मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा सामूदायिक विद्यालय तर्फबाट रोष्नी धिमाल र...

...विस्तृतमा पढ्नुहोस्

झापामा निजी वनमा किसानको आकर्षण

झापा,१६ फागुन । झापामा नीजि वन प्रति किसानको आर्कषण बढ्दै गएको छ । वनको आर्कषणसंगै दक्षिणी क्षेत्रमा लगाइएको निजी वन हेर्न यतिबेला विभिन्न स्थानबाट किसान आउने बढ्दै गएका छन् । गौरीगञ्जमा स्थानीय भेषराज लोहनीको परिवारले कम्पनी नै दर्ता गरेर ३० बिघा जग्गामा वन क्षेत्रको विस्तार गर्दै आएको छ । गौरीगञ्ज नगरपालिका–५ स्थित खजुरगाछी बजारदेखि ३ किलोमिटरको दूरीमा लोहनी परिवारले टिक, पाउलोनिया, मलेसियन साल, विजयसाल, क्रस...

...विस्तृतमा पढ्नुहोस्

बिर्तामोड शाखाबाट एकैदिन ११ वटा जोनडियर ट्याक्टर बिक्रि

बिर्तामोड । पछिल्लो समय कृषिको आधुनिकीकरणका लागि ट्याक्टरको प्रयोग अनिवार्यजस्तै बनेको छ । कृषिका लागि प्रयोग हुन थालेपछि नेपालमा ट्याक्टरको माग बढ्न थालेको हो । कृषिका अतिरिक्त सामान ढुवानीका लागि समेत प्रभावकारी हुने भएकाले ट्याक्टरप्रति धेरैको आकर्षण बढेको ब्यवसायीहरुको भनाई छ । नेपालमा अहिले ट्याक्टर खरीदकर्तामध्ये करीब ६० प्रतिशत ग्राहक किसान नै भएको व्यवसायीहरू बताउँछन् । यसैबीच जोनडियर कम्पनीका ट्याक्टर प्रति उपभोक्ताको आकर्षण बढ्दै गएको...

...विस्तृतमा पढ्नुहोस्

कमलमा आग्र्यनिक तरकारी विक्री सुरु

कमल,४ फागुन। झापाको कमल गाउँपालिका ३ स्थित उद्यमशिल जागरण महिला केन्द्रले उत्पादन गरेको आग्र्यनिक तरकारी आजबाट विक्रि गर्न सुरु गरेको छ । केन्द्रले सामूहिक रुपमा १० कठ्ठा जमिन भाडामा लिएर फुलकोपी र धनिया लगायतका तरकारी खेती गरेको छ । अहिले विषादीयुक्त तरकारी बजारमा आईरहेको बेला केन्द्रले आफ्ना सदस्यहरुलाई आग्र्यनिक तरकारी उत्पादन तर्फ लाग्न प्रेरित गर्ने उद्देश्यले जग्गा भाडामा लिएर सामुहिक तरकारी खेती सुरु गरिएको केन्द्रकी अध्यक्ष...

...विस्तृतमा पढ्नुहोस्

दमकमा निशुल्क माटो परिक्षण शिवीर

दमक,३ माघ । झापाको दमक नगरपालिकाको आयोजनामा आज एक दिने निशुल्क माटो परिक्षण शिवीर सम्पन्न भएको छ । कृषि क्षेत्रमा उत्पादन बृद्धिको प्रमुख आधार नै माटो भएकोले माटो परिक्षणको शिबिर गरिएको नगरपालिकाले जनाएको छ । यस क्षेत्रको माटोमा अम्लियपन धेरै रहेको माटो बिज्ञहरुको भनाई छ ।सोही अनुसार चिम्टाइलो माटो , बलौटे माटो, दोमट माटो गरि ३ प्रकारको माटो लाई शिबिरमा परिक्षण गरिएको छ । माटोमा हुने अम्लियपन...

...विस्तृतमा पढ्नुहोस्