मेचीनगर गोल्डकपमा आज धरान र च्यासल भिड्दै

  • प्रकाशित मिति : शुक्रबार, बैशाख १३, २०७६



  • बिर्तामोड । झापाको काँकरभिट्टामा जारी मेची नेत्रालय मेचीनगर गोल्डकपमा आज धरान फुटबल क्लब सुनसरी र च्यासल युथ क्लब काठमाण्डौबीच प्रतिस्पर्धा हुने भएको छ । हिजोदेखि सुरु प्रतियोगिताको खेल काँकरभिट्टा माविको खेल मैदानमा दिउँसो ३ बजेदेखि शुरु हुनेछ ।

    यसअघि हिजो भएको उद्घाटन खेलमा टाइब्रेकरमा बिदेशी टोली क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई ४−२ ले हराउँदै आयोजक मेचीनेत्रालय काँकरभिट्टा ट्रेनिङ्ग सेन्टरले विजयी सुरुवात गरेको हो ।

    टाइब्रेकरमा आयोजक काँकरभिट्टाका निरज बस्नेत, पुजन उपरकोटी, बिकास राई, निशान लिम्बुले गोल गरेका थिए । योगेश गुरुङको प्रहार दाउफिन्सका गोलरक्षक प्रिसोले रोकेका थिए । दाउफिन्सको तर्फबाट गोल किपर प्रिसो र विक विकले गोल गरेका थिए । शिलो मार्टिन र पेटेङगाको प्रहार बाहिरिएपछि दाउफिन्स खेलबाट बाहिर गएको थियो । खेलको म्यान अफ द म्याच आयोजकका तर्फबाट दुइ गोल गर्ने नगेन तामाङ घोषित भए । उनले नगद ११ हजार रुपैंयाँ पाएका थिए ।

    खेलको निर्धारित समयसम्म दुबै टिमका तर्फबाट २।२ गोल भएको कारण खेलको निर्णय टाइब्रेकरबाट लिएको आयोजक समितिका अध्यक्ष मिन बहादुर बस्नेतले जानकारी दिए ।

    प्रतियोगिताको बिजेताले १० लाख १ हजार र उपबिजेताले ५ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालका आठ, पारो एफसी भुटान र क्यामरुनको दाउफिन्स फुटबल क्लबको सहभागिता रहेको छ ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology