सरकार चौतर्फी असफल  : कांग्रेस सभापति देउवा

सोहि अवसरमा अन्य एकसय जना विभिन्न पार्टीहरु परित्याग गरि कांग्रेसमा प्रवेश गरेका छन् । पार्टी प्रवेशका क्रममा नवप्रवेशीहरुले लोकतन्त्रको संरक्षण र सम्बद्र्धनमा कांग्रेसको दृष्ट्रिकोणबाट प्रभावित भएर कांग्रेसमा प्रवेश गरेका वताएका थिए । यसैगरि कार्यक्रममा भवन निर्माणका लागि जग्गादान गरेर सहयोग पुरयाँउने स्व.खड्गबहादुर थापाको धर्मपत्नी दमयन्ता थापा, प्रजातन्त्र सेनानी स्व. मुगाधन तथा कृष्णकुमारी राईको स्मृतिमा स्थापित मुगाधन कृष्णकुमारी राई स्मृति प्रतिष्ठानसहित २३ जना पार्टी अग्रज कार्यकर्ताहरुलाई समेत सम्मान गरिएको क्षेत्रीय सचिव धर्मानन्द भट्टराईले जानकारी दिए ।

हाम्रो दमक

दमक,९ बैशाख । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कम्यूनिष्ट नेतृत्व वर्तमान सरकार पूरै असफल भएको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार शुसासन दिन चौतर्फी असफल हुदै गएको उनको भनाई थियो ।


सोमबार झापाको दमकमा कांग्रेस क्षेत्रीय समितिको नवनिर्मीत कार्यालय भवनको उद्घाटन तथा छ जना पूराना तथा अग्रज कार्यकर्ताहरुलाई सम्मान गर्दे उनले ओली नेतृत्व सरकारवाट जनता आशावादी होइन् आजित हुदै गएको दावी गरे । कम्यूनिष्टहरुले चुनावमा अनेकौं लालच देखाँए पनि सरकारमा आएपछि अहिले गतिलो कुनैकाम गर्न नसकेको उनको भनाई थियो ।
सरकारको कार्यशैलीले अधिनायकवाद जन्माउने खतरा बढ्ेको दावी गर्दे सभापति देउवाले त्यस्तो कुनै पनि अधिनायकवाद कांग्रेसलाई स्वीकार्य नहुने बताए । उनले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउन खोजेको, जथाभावी पत्रकार पक्राउ गर्न थालेको, सेना परिचालनको अधिकार प्रधानमन्त्री मातहत ल्याउन खोज्नु अधिनायकवादको संकेत भएका जिकीर गरे । सरकारको कार्यशैलीले द्धन्द जन्माउने खतरा आएको उल्लेख गर्दे उनले कांग्रेस जिम्मेवार संगै शसक्त प्रतिपक्षको भूमिकाबाट नै जनताको पक्षमा ढृणताका साथ उभिने औल्याए ।

 


पार्टी विधानअनुसार बाँकी रहेका समितिहरु सबैको सहमतिमै गठन गर्ने स्पष्ट पार्दें सभापति देउवाले पार्टीलाई वलियो कांग्रेस वनाउन खाँचो रहेको औल्याए । कांग्रेसको भविष्य सवै नेता,कार्यकर्तामा रहेको बताउदै उनले अव कांग्रेसलाई वलियो र जनताको कांग्रेस बनाउन जुट्नु पर्ने जोड दिए ।
कार्यक्रममा कांग्रेस उपसभापति विजयकुमार गच्छदार ,महामन्त्री डाक्टर शंसाक कोइराला, पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाले एकैसाथ सरकारको कार्यशैली प्रति कडा आलोचना गरेका थिए । दुई तिहाईको दम्भले ओली नेतृत्वको वर्तमान सरकार संविधानलाई उल्लङघन गर्ने कार्यमा लिप्त हुदै गएकाले त्यसले जनताका उपलव्धिहरु संस्थागत हुन नसक्ने नेताहरुको जोड थियो ।
त्यस्तै, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, राष्ट्रिय सभाकी सदस्य सरिता प्रसाई,कांग्रेस केन्द्रीय सदस्यहरु भिष्मराज आङ्गदेम्बे, धनराज गुरुङ्ग,पार्टी जिल्ला सभापति उद्धव थापा, प्रतिनिधिसभा सदस्य महेन्द्रकुमारी लिम्बु लगायतले समेत वोलेका थिए ।
पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका जिल्ला, गाँउ,नगरका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । दमक ५ स्थित उक्त पार्टी कार्यालय भवन करिव रु ३५ लाख रुपैयाको लागतमा एकतले ४ कोठे पक्की भवन निर्माण भएको पार्टीका क्षेत्रीय सचिव भुडेन्द्र खड्काले बताए ।
                                          सम्मान तथा पार्टी प्रवेश

दमकका युवा व्यक्तित्व अनिश उप्रेतीलाई सदस्यता प्रदान गरिदै ।

सोहि कार्यक्रमका बीच दमकका एक जना पूर्व प्रशासक कांग्रेसमा प्रवेश गरेका छन् । लामोसमयसम्म निजमती सेवामा प्रमुख जिल्ला अधिकारी सम्म भएर हालै सेवानिवृत भएका दमक ५ का गणेश अधिकारी कांग्रेसमा प्रवेश गरेका हुन् ।उनलाई कांगे्रस उपसभापति विजयकुमार गच्छदार,महामन्त्री डा.शंसाक कोइरालाले संयुक्त रुपमा पार्टीको सदस्यता दिएका हुन् ।

सोहि अवसरमा अन्य एकसय जना विभिन्न पार्टीहरु परित्याग गरि कांग्रेसमा प्रवेश गरेका छन् । पार्टी प्रवेशका क्रममा नवप्रवेशीहरुले लोकतन्त्रको संरक्षण र सम्बद्र्धनमा कांग्रेसको दृष्ट्रिकोणबाट प्रभावित भएर कांग्रेसमा प्रवेश गरेका वताएका थिए ।
यसैगरि कार्यक्रममा भवन निर्माणका लागि जग्गादान गरेर सहयोग पुरयाँउने स्व.खड्गबहादुर थापाको धर्मपत्नी दमयन्ता थापा, प्रजातन्त्र सेनानी स्व. मुगाधन तथा कृष्णकुमारी राईको स्मृतिमा स्थापित मुगाधन कृष्णकुमारी राई स्मृति प्रतिष्ठानसहित २३ जना पार्टी अग्रज कार्यकर्ताहरुलाई समेत सम्मान गरिएको क्षेत्रीय सचिव धर्मानन्द भट्टराईले जानकारी दिए ।

सोम, बैशाख ९, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

प्रसाईको ‘जीवन यात्रा ’कृति लोकापर्ण

दमक,१० जेठ । झापा, दमकका सामाजिक तथा शैक्षिक व्यक्तित्व कोमलराज प्रसाईले ‘जीवन यात्रा ’ नामक कृति निकालेका छन् । दमकमा शुक्रवार एक कार्यक्रमका बीच कृतिको अग्रज साहित्यकार डाक्टर तुलसी भटट्राईले लोकापर्ण गरे । त्यस...

पाँचथर हत्या काण्ड चाडै खुल्ने : मन्त्री आङ्गवो

दमक,१० जेठ । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले पाँचथर जिल्लामा भएको हत्या काण्डको सत्यतथ्य चाँडै सार्वजनिक हुने वताएका छन् ।  उक्त घटनाका क्रममा भागेर ज्यान जोगाएकी बालिका सीता...

शिक्षिकाको कुटाईबाट झापामा एक बालिकाको कानको जालि फुट्यो

शिक्षिकाको कुटाईबाट झापाको कमल गाउँपालिका ५ मा रहेको लिटल एन्जल बोर्र्डिङ स्कुलमा अध्ययनरत पाँच वर्षकी बालिका एस्तर राईको कानको जाली फुटेको छ । एस्तर सो विद्यालयमा कक्षा १ मा अध्ययनरत विद्यार्थी हुन । सोमबार विद्यालय...

आमा र छोरीको हत्या प्रयास

झापा, जेठ ९ गते । झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट घुसेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ । जिल्ला प्रहरी कार्यालयका...

पाँचथर हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको अन्त्येष्टि गरिँदै

बिर्तामोड । मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा सोमबार राति भएको विभत्स हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको अन्त्येष्टि अहिले केहिबेरमा गरिँदै छ ।हत्या गरिएका ९ जना र घटनास्थल नजिकै झुण्डिएर आत्महत्या गरेका भनिएका मानबहादुर माखिमको शव धरानमा...

अर्जुनधारा धाममा निःशुल्क रात्रीकालीन भोजन खान पाईने

बिर्तामोड। पूर्वको पशुपति नाथले परिचत अर्जुनधारा जलेश्वरधामले तीर्थयात्री र दीनदुःखीहरुका लागि रात्रीकालीन निःशुल्क भोजन सुरु गरेको छ । धामद्वारा स्थापित अन्नदान अक्षयकोषबाट जलेश्वरधामले रात्रीकालीन भोजन सुरु गरेको धाम समितिका कोषाध्यक्ष मोहन जोशीले बताए । उनले...

विद्युत चुहिएर किरानामा आगोलागी ,लाखौको क्षति

दमक,९ जेठ । बिद्युत चुहिएर गएराती झापाको दमक चौकमा रहेको एउटा किराना पसलमा आगोलागी हुदाँ लाखौंको क्षति भएको छ । दमक ५ स्थित मनोज साहको किराना पसलमा राती करिव ११ : ३० बजे आगोलागी हुँदा...

बिभत्स हत्याकाण्डबाट बाँच्न सफल खजुमको उपचार प्रदेश सरकारले गर्ने

पाँचथरको आरुबोटेनजिकै नौ जनाको हत्या हुँदा भागेर बाँचेकी बालिकाको उपचार १ नम्बर प्रदेश सरकारले गर्ने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै उनको उपचार गर्ने जनाएको हो ।...

प्रदेश १ मा मानब हत्याको श्रृंखला बढयो

पछिल्लो समय प्रदेश नम्बर १ मा मानब हत्याको श्रृंखला बढेर गएको प्रहरीको तथ्याङ्कले देखाएको छ । प्रदेश १ का कुल १४ जिल्लाका बिभिन्न स्थानमा बितेका १० महिनामा ६७ जनाको हत्या भएको १ नम्बर प्रदेश प्रहरी...

दमकको वातावरण संरक्षणकालागि नगरबासीबाट सुझाब संकलन

झापाको दमक नगरपालिकाले वातावरणलाई स्वच्छ राख्ने सम्बन्धी सुझाव संकलन गरेको छ । वातावरण तथा बिपत् व्यवस्थापन समिति दमकले आयोजना गरेको कार्यक्रममा बिभिन्न क्षेत्रका नागरिक तथा सरोकारवालाबाट सुझाव संकलन गरिएको हो । नगरका १० वटै वडाका जनप्रतिनिधी,...