कांग्रेस सभापति देउवा आज दमक आउदै

  • प्रकाशित मिति : सोमवार, बैशाख ९, २०७६



  • दमक,९ बैशाख । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा आज झापाको दमकमा आउदै छन् ।कांग्रेस क्षेत्र नम्बर ५ झापाको नवनिर्मीत भवन उद्घाटनसहित कार्यकर्ता सम्मान कार्यक्रममा सहभागि हुन सभापति देउवासहितका केन्द्रीय नेताहरु दमक आउने भएका हुन् ।

    विहान ११ वजे शुरु हुने सो कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले जानकारी दिए । उनका अनुसार पार्टीको दमकमा निर्माण भएको कार्यालय भवनको उद्घाटन तथा पूराना कार्यकर्ताहरुको सम्मान कार्यक्रममा सहभागि हुन सभापति देउवासहित उपसभापति विजयकुमार गच्छार, महामन्त्री डाक्टर शंसाक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री डा.प्रकाशशरण महत ,प्रवक्ता विश्वप्रकाश शर्मा लगायतका केन्द्रीय नेताहरु दमक आउने भएका हुन् ।
    दमक ५ स्थित दमक नगर पार्टी कार्यालयसंगै रहेको क्षेत्रीय समितिको कार्यालय नवनिर्मीत भवन करिव रु ३५ लाख रुपैयाको लागतमा निर्माण सम्पन्न भएको हो । करिव ५ वर्ष लगाएर निर्माण गरिएको उक्त भवन एकतले चार कोठे भएको क्षेत्रीय सचिव धर्मानन्द भट्टराईले वताए ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology