भवन उद्घाटनसहित सम्मान कार्यक्रमको तयारी पूरा

  • प्रकाशित मिति : शनिबार, बैशाख ७, २०७६



  • दमक,७ बैशाख । नेपाली कांग्रेस क्षेत्र नम्बर ५ (साविक क्षेत्र नम्बर ७ ) झापाको नवनिर्मीत भवन उद्घाटनसहित कार्यकर्ता सम्मानको तयारी पूरा भएको छ । नेपाली  कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाको प्रमुख आतिथ्यतामा यहि वैशाख ९ गते दमकमा हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको हो ।


    आज दमकमा कांग्रेस क्षेत्रीय समितिले पत्रकार सम्मेलन गरि झापा क्षेत्र नम्बर ५ को भवन उद्घाटन तथा अग्रज कार्यकर्ता सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न आन्तरिक सम्पूर्ण तयारी सकिएको जनाएको छ ।
    पत्रकार सम्मेलनमा पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले कार्यालय भवन उद्घाटनसहित कार्यकर्ता सम्मान र नयाँ वर्ष २०७६ को समेत शुभकामना आदानप्रदान कार्यक्रम भव्य रुपले सम्पन्न गर्न सवै तयारी सकिएको जानकारी दिए ।
    पत्रकार सम्मेलनमा संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बु, क्षेत्रीय सभापति भण्डारी, पार्टीका नगर सभापति रोशन विष्ट, महासमिति सदस्य डाक्टर खगेन्द्र पाण्डव अधिकारी, शेरवहादुर भट्टराई लगायतले कार्यक्रमको विषयमा प्रकाश पारेका थिए ।
    कार्यक्रममा सहभागि हुन सभापति देउवासहित उपसभापति विजयकुमार गच्छार, महामन्त्री डाक्टर शंसाक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला,सहमहामन्त्री प्रकाशशरण महत ,प्रवक्ता विश्वप्रकाश शर्मा लगायतका केन्द्रीय नेताहरु दमक आउने भएका हुन् ।
    क्षेत्रीय समितिले कार्यक्रम भव्य रुपमा सफल बनाउन एक मूल समितिसहित विभिन्न आठ वटा उपसमितिहरु समेत गठन गरि क्षेत्रभरि कार्यकर्ता भेलालगायतको गतिविधि समेत सम्पन्न गरिसकिएकोे क्षेत्रीय सचिव चुडेन्द्र खड्काले जानकारी दिए ।
    दमक ५ स्थित दमक नगर पार्टी कार्यालयसंगै रहेको क्षेत्रीय समितिको कार्यालय नवनर्मीत भवन करिव ३५ लाख रुपैयाको लागतमा निर्माण सम्पन्न भएको हो । करिव ५ वर्ष लगाएर निर्माण गरिएको उक्त भवन एकतले चार कोठे रहेको छ ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology