रेडक्रस शिवसताक्षीको रजत महोत्सव सम्पन्न

हाम्रो दमक

शिवगञ्ज  ,४ बैशाख । नेपाल रेडक्रस सोसाईटी शिवसताक्षी उपशाखाको बुधबार २५ औ वार्षिक साधारणसभासहित रजत महोत्सव सम्पन्न भएको छ । शिवगञ्जमा आज रेडक्रस उपशाखाका संस्थापकहरुलाई सम्मानसहित रजत महोत्सव सम्पन्न गरेको हो ।


रेडक्रस १ नम्बर प्रदेश समितिका कोषाध्यक्ष ओमप्रकाश गौतमको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा रेडक्रस स्थापनामा महत्वपूर्ण योगदान पुरयाँएको भन्दै निवर्तमान सभापति लक्ष्मीप्रसाद ढकाल, संस्थापक सचिव लक्ष्मीप्रसाद पौडेल,संस्थापक कोषाध्यक्ष कृष्णप्रसाद ढुंगाना, सदस्य घनश्याम मैनालीलाई सम्मान गरिएको थियो ।
सभामा रेडक्रस उपशाखा सभापति नारायणप्रसाद दाहालले अध्यक्षको प्रतिवेदन र आन्तरिक लेखा समितिका संयोजक अशोक बस्नेतले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन सुझावसहित पारित गरिएको उपशाखा सचिव गोपाल काफ्लेले बताए । सभामा प्रमुख अतिथि गौतम, झापा उद्योग वाणिज्य संघका अध्यक्ष भोला मैनाली, रेडक्रस लखनपुर उपशाखाका सभापति चन्द्र शाह, दिक्षान्त शिक्षा निकेतनकी जुनियर रेडक्रसकी मिङ्गसा लिम्बु लगायतले मानवीय सेवामा रेडक्रसको महत्वका बारेमा बोलेका थिए ।

सभामा शिवसताक्षी ६ का वडाध्यक्ष मनोज खुलाल, रेडक्रस प्रदेशका सहकोषाध्यक्ष प्रकाश चन्द्र खरेल, नेकपा शिवसताक्षीका अध्यक्ष महेन्द्र भट्टराई,कांग्रेस शिवसताक्षी सभापति पर्शुराम ढुंगाना, रेडक्रस विभिन्न उपशाखाका सभापति, रेडक्रसकर्मी, सामाजिक संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

बुध, बैशाख ४, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

मायादेखि सेक्ससम्मका कुराकानीमा यसरी इमोमा फसे झापाका एक व्यवसायी, घटनामा संलग्न पक्राउ

झापा । बिर्तामोडका एक व्यवसायीलाई उनको नम्बरमा एक साता अघि फोन आउँछ । को बोल्नु भएको ?–व्यवसायीले प्रश्न गरे । नम्र स्वरमा महिलाको आवाज आएपछि ब्यवसायीसँंग परिचय आदानप्रदान भयो । त्यही चिनजानपछि सामाजिक सञ्जाल इमोमा...

फिदिम नगरपालिका–१ का वडाध्यक्ष मोक्तानको निधन

पाँचथर,७ साउन । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ । मोक्तानको सोमबार साँझ ७२ वर्षको उमेरमा फिदिम–१, मा रहेको निजी निवासमा निधन भएको हो । वडाध्यक्ष मोक्तान मधुमेहसहित विभिन्न रोगको...

खोेल्सीमा डुवेर वृद्धको ज्यान गयो

दमक,७ साउन । झापाको दमक नगरपालिका वडा नम्बर २ स्थित खरखरे खोल्सीमा डुवेर दमकका एक जना वृद्धको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार यसरी ज्यान जानेमा...

 इस्टु भद्रपुर अध्यक्षमा अधिकारी

भद्रपुर,६ साउन । संस्थागत बिधालय शिक्षक युनियन (इस्टु) भद्रपुरको नगर अधिबेशन सम्पन्न भएको छ । द्रोण अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति घोषणा गर्दै अधिबेशन सम्पन्न गरिएको हो । कार्यक्रममा धारणा राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा...

शिवसताक्षीमा विपीको स्मृति दिवस मनाईयो

दुधे, साउन ६ । महानायक विपी कोईरालाको ३७ औ स्मृति दिवस जिल्लाको शिवसताक्षीमा पनी बिविध कार्यक्रमका साथ मनाइएको छ । महाभारतकालिन ईतिहासमा बर्णित जिल्लाको धार्मिकक तथा पर्यटकीयस्थल सताक्षीधामका साधु र श्रीहरी वेद विद्यालयका विद्यार्थीलाई...

निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको...

सुनसरीमा एकको घाँटी रेटी हत्या

सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या भएको छ । भारत अररीया जिल्ला मानिकपुरका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको...

सामुदायिक वनद्धारा उपभोक्तालाई सोलार बत्ती वितरण

बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैँया बराबरको सोलार बत्ती वितरण गरेको छ । गरीवी न्यूनिकरण तथा...

प्यारालाइसेस भएका साँवालाई व्हिल प्रदान

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका–४ स्थित सृजानबस्तीका शेरबहादुर साँवालाई आइतबार एक कार्यक्रमको आयोजना गरि व्हिल चेयर प्रदान गरिएको छ । स्थानीय समाजसेवी डाइमन्ड थेवे (सुरज)ले सृजनशिल महिला समूको सहजिकरणमा उक्त चेयर साँवालाई प्रदान गरेका हुन् ।...

कर नीतिको विरोधमा दमकमा प्रर्दशन

दमक,५ साउन । सरकारले ल्याएको कर सम्बन्धी नयाँ नियम भेईकल कन्साईनमेन्ट ट्रयाकिङ्ग सिस्टम( vcts ) प्रणाणीमा जान तत्काल समस्या हुने दमकका व्यवसायीहरुले बताएका छन् । उनीहरुले सरकाले एक्कासी अव्यवहारिक नीति नियम ल्याएर उद्योगी व्यवसायीलाई...