धिमाल जातिको जात्री पर्व सुरु

धिमाल जातिको उदगमस्थल मानिएको मोरङको भोगटेनीस्थित राजारानीमा हिजो बैशाख २ गते मेला लगाएर जात्रीपर्व शुरु भएको छ । ग्रामथानमा हाँस कुखुरा, सुँगुर लगायतको बलि दिएर दिइन्छ । भोगटेनीबाट सुरु भएपछि धिमालका बस्तीको टोलटोलमा यो पर्व पुग्ने गर्छ ।

हाम्रो दमक

उर्लाबारी,३ बैशाख । प्रदेश नम्बर १ मा रहेका धिमाल समुदायको वैशाख २ गतेदेखी आफ्नो मौलिक पर्व जात्री सुरु भएको छ । वैशाख २ गतेदेखी असार २ गतेसम्म धिमाल समुदायले जात्री पर्व मनाँउछन् । नयाँ बर्षको आगमनसँगै सुरु हुने यो जात्रि पर्व सुरु हुने गर्छ ।

धिमाल जातिको उदगमस्थल मानिएको मोरङको भोगटेनीस्थित राजारानीमा हिजो बैशाख २ गते मेला लगाएर जात्रीपर्व शुरु भएको छ । ग्रामथानमा हाँस कुखुरा, सुँगुर लगायतको बलि दिएर दिइन्छ । भोगटेनीबाट सुरु भएपछि धिमालका बस्तीको टोलटोलमा यो पर्व पुग्ने गर्छ ।

प्रकृतिपुजक धिमालहरु रोगब्याधी नलागोस्, वाली विरुवा लगाउने वेलामा वर्षात होस्, जंगली जनावरले दुःख नदियोस्, भन्ने कामना सहित महाराजथानमा गएर सामुहिक पूजाआजा गर्ने गर्छन् । परापूर्वकालमा धिमालहरुले यि समस्याहरु समाधान गर्न ग्रामधानमा पूजा गर्दा कामना पुरा भएपछि यसलाई निरन्तरता दिदै मनाउदै आएको जनविश्वास छ ।

सिर्जात अर्थात सामूहिक पूजा वा जात्री नयाँ वर्षको पहिलो चाड भएकाले सालभरि कसैलाई पनि रोगव्याधि नलागोस्, शोक नपरोस् र सुख शान्ति छाओस् भनेर मनाइने गरिएको धिमाल पत्रकार मञ्चका केन्द्रीय अध्यक्ष बिजय धिमालले बताए ।

यो पर्वमा धरमठाकुर, लक्ष्मी, चौमाझी, बुढा ठाकुर लगायतको पूजा गरिने उनले जानकारी दिए । यस पर्वले धिमाल जातिमा आपसि सम्बन्धमा प्रगाण बनाउदै बन्धुत्वको भावना बिकास गराउने धिमाल अगुवाहरु बताउछन् ।
असार संक्रान्तिसम्म मनाइने यो पर्व धिमालका ९८ वटै टोलहरुमा मनाइने गरिएको छ । जात्रीको अवसरमा गाउँ गाउँमा मेलाको आयोजना हुने गरेको छ । जात्रीमा धिमालहरु आफूले भाकल गरे अनुसार वस्तु चढाउने पनि गर्दछन् धिमालहरुले दुख– बिराम निको होस्, सन्तान प्राप्ति होस् भन्ने मनोकामना राख्ने र ती पूरा भएपछि जात्रीका बेलामा देउतालाई भाकल अनुसारका वस्तु चढाउने गर्दछन् । यो बेलामा धिमालका घरमा पाहुना आउने र उनीहरुलाई मासु तथा ‘चिचिरी’,‘बगिया’ लगायतका परिकार खुवाउने पनि गरिन्छ ।
धिमालहरु वैशाखदेखि असारसम्मका दुई महिना धिमालका प्रत्येक टोलमा ढोल बजाएर रमाइलो गर्छन् ।

मोरङको उर्लाबारीस्थित मंगलबारेमा रहेको धिमाल जाति बिकास केन्द्रको परियोजनास्थलमा दुई महिना पश्चात साँस्कृतिक मेलाको आयोजना गरी जात्री पर्व समापन गरिन्छ । मेलामा ढोलको आवाज ढङ ढङ….आउने हुनाले कतिपयले जात्रीलाई ढङढङे पनि भन्ने गरेका छन् ।

मङ्ल, बैशाख ३, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

आदिवासी रंगशाला पूर्ववत निर्णयमा फर्किएको घोषणा

दमक,३२ जेठ । झापाको कमल ५ स्थित आदिवासी रंगशाला स्मृति प्रतिष्ठानले सरकार पक्षसंग भएको सहमति कार्यान्वयन नभएको भन्दै आदिवासी रंगशालाको विकल्प त्तत्काल वन्द भएको जनाएको छ । प्रतिष्ठानले बैठकको निर्णय सार्वजनिक गर्दे विगत केही...

गर्मीले कुखुरा मर्न थाल्यो

दमक,३१ जेठ । गर्मी बढे्संगै झापाका कुखुराहरु मर्न थालेका छन् । गर्मीका कारण व्यवसायिक पालन गरिएका ब्रोइलर तथा लेयर्स जातका कुखुराहरु मर्न थालेका हुन् । दमक–९ को पञ्चमुखी कृषि फार्मका सञ्चालक देवराज अधिकारीका अनुसार...

दमकबाट हराएकि बिर्तामोडकि ७ बर्षिया बालिका भेटिइन्

दमक । झापाको दमकबाट बुधबारदेखि हराएकि झापा बिर्तामोड कृषी चौकनिवासी शुक्रराज जोगीकी ७ बर्षिया बालिका पुर्णिमा जोगी बिहिबार भेटिएकि छिन् । बुधबार बिहान छीमेकी दिदिले लिएर गएकी छोरी पुर्णिमा बिहिबार बिहान परिवारको सम्पर्कमा आएकि हुन्...

दमकमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

दमक,३० जेठ  । संघीय सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम झापाको दमकमा पनि शुरु भएको छ । आज बुधबार नगरपालिकामा औपचारिक एक कार्यक्रम गरि १ सय ७६ युवालाई रोजगारी प्रदान गरिएको जानकारी गराईएको हो...

साहित्य चौतारी झापाले बार्षिकउत्सव र भानु जयन्ती मनाउँदै

बीर्तामोड । साहित्य चौतारी झापाले असार ३१ गते २० औँ वार्षिक उत्सव तथा २०६ औँ भानु जयन्ती कला बर्षको रुपमा मनाउने भएको छ। वि.सं. २०५६ साल असार ३१ गते राष्ट्रकवि माधवप्रसाद घिमिरेले उद्घाटन गर्नु...

नगरपालिका भएको ३७ वर्ष पछि दमकको बाह्रघरेमा खानेपानी आयोजना निर्माण कार्य शुरु

नगेन्द्रमणि न्यौपाने दमक । झापाको दमक नगरपालिका भएको ३७ वर्ष पछि बल्ल दमकको १० नम्बर वडामा खानेपानी आयोजना निर्माण कार्य शुरु भएको छ । यसरी आफ्नो वडामा खानेपानी आयोजना बन्ने भए पछि स्थानीबासीहरु हर्षित भएका...

प्रेम ! मेरो भ्रम थियो

आजको दिनमा पनि हामी चिच्याउँदै जात, धर्म र वर्गको कुरा गर्छौ त्यसका वाबजुत आज मैले देखे एउटा मुसलमानको बच्चाको शरिरमा रगतको कमी हुँदा अर्को हिन्दुको बच्चाले त्यो कमी पूरा गर्न मिल्दोरहेछ फेरि हाम्रो समाजमा...

जातीय विकासका लागि राजवंशी जनप्रतिनिधिहरु एकजुट

घैलाडुब्बा, जेठ २५ । विगतको साख जोगाउँदै जातीय विकासका लागि एकताबद्ध भएर अघि बढ्ने झापा जिल्लामा निर्वाचित राजवंशी जनप्रतिनिधिहरुले सामूहिक प्रतिबद्धता जनाएका छन् । उनीहरुले भविष्यबारे चिन्ता व्यक्त गर्दै संगठित हुनैपर्नेमा जोड दिएका छन्...

झापामा साकेला समापन

दमक,२५ जेठ । किरात राई यायोक्खाले उभौलीका अवसरमा मनाउदै आएको जिल्लाव्यापी साकेला सिली ( नाच) कार्यक्रम यसवर्ष समापन भएको छ । कमल गाँउपालिका ५ स्थित सितापुरी रहेको साकेला थानमा आज जिल्लास्तरिय भव्य कार्यक्रम गरि...

अनाथ खोज्दै दमकको अनाथ बृद्धाश्रम

दमक, २५जेठ । झापाको दमक ९ मा १५ बर्ष अघि परिकल्पना गरी स्थापना भएको अनाथ बाल बृद्धाआश्रम भवनमा एक जना पनि अनाथ,असहाय छैनन् । करिव २ विगाहा १० धुर जमीनमा वर्षदिन अघि आश्रम सुविधासम्पन्न...