हलुका सवारी चालक दमकको पदहस्तान्तरण

हाम्रो दमक

दमक,२ बैशाख । नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमकको नवनिर्वाचित कार्यसमितिको आज सपथग्रहण सहित पदहस्तान्तरण सम्पन्न भएको छ ।
गत चैत २५ गतेसम्पन्न छैठौ अधिबेशनबाट सर्वसम्मत निर्वाचित कार्यसमितिको सपथग्रहणसहित पदहस्तान्तरण भएको हो । हलुका सवारी चालक समितिको आफनै कार्यकक्षमा एक कार्यक्रम गरि निर्वाचित समितिको सपथग्रहणसहित पदहस्तान्तरण गरिएको संघका निर्वतमान सचिव गणेश गौतमले जानकारी दिए ।

सपथग्रहणमा सहभागी हुदै नयाँ कार्यसमितिको टोली

अधिबेशनले प्रेम कुमार श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको थियो ।त्यस्तै, समितिको बरिष्ठ उपाध्यक्षमा भिम लिम्बु,उपाध्यक्षमा दिपक खतिवडा, सचिवमा तुलसी प्रसाद दहाल (प्रितम ) ,कोषाध्यक्षमा दिनेश भट्टराई र सहसचिवमा भवानी पाण्डे (हरि ) लगायत चुनिएका थिए ।
त्यस अवसरमा निर्वाचन समितिका संयोजक यातायात मजदुर संघका केन्द्रीय सचिव प्रल्हाद श्रेष्ठलगायतले निर्वाचित समितिलाई सपथग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा नननिर्वाचित अध्यक्ष श्रेष्ठले प्रतिवद्धता मन्तव्य राखे भने निर्वाचन समितिका संयोजक श्रेष्ठ, ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक दधिराम दाहाल, पत्रकार विष्णु सुब्बा, हलुका सवारी चालक दमकका निर्वतनमान अध्यक्ष गौतम कुमार लामा लगायतले मजदुरहरुको पेशागत सुरक्षाका लागि एकतामा जोड दिदै निर्वाचित समितिलाई बधाई शुभकामना व्यक्त गरेका थिए । त्यस्तै, अधिबेशनमा सहयोग पुरयाँउने सहयोगी संघसंस्था, निर्वाचन समितिलाई कदर पत्र समेत प्रदान गरिएको थियो ।

सोम, बैशाख २, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

मेचीनगर गोल्डकपमा आज धरान र च्यासल भिड्दै

बिर्तामोड । झापाको काँकरभिट्टामा जारी मेची नेत्रालय मेचीनगर गोल्डकपमा आज धरान फुटबल क्लब सुनसरी र च्यासल युथ क्लब काठमाण्डौबीच प्रतिस्पर्धा हुने भएको छ । हिजोदेखि सुरु प्रतियोगिताको खेल काँकरभिट्टा माविको खेल मैदानमा दिउँसो ३...

क्यान्सरपीडित एनोजलाई १० लाख बढि सहयोग हस्तान्तरण

बिर्तामोड । १७ बर्षिय क्यान्सरपीडित एनोज राईको सहयोगार्थ सामाजिक स्वयम्सेवक नेपाल मिसन झापाको सक्रियतामा अभियानबाट उठेको १० लाख बढी रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको छ । इलाम माइ-नगरपालिका ९ का एनोजलाई बचाउ अभियान अन्र्तगत सामाजिक...

माङहिमलाई सहयोग हस्तान्तरण

कमल ,११ बैशाख । झापाको कमल ७ स्थित मेमेङ टोलमा निर्माणाधिन किरात युमा माङ्हिमको भवन निर्माणका लागि ६८ हजार बढी सहयोग उपलब्ध गराइएको छ । माङ्हिमलाई सहयोग हस्तान्तरण गर्दै अभियानकर्मी केरुङ् युकेमा बदै आएकी कमल ७...

संसफो झापाको नेतृत्व चयन

दमक,११ बैशाख । सत्तारुढ संघीय समावादी फोरम नेपाल ( संसफो )झापा जिल्ला समन्वय समितिको अध्यक्षमा दिपेनवाला राई चुनिएका छन् ।जिल्लाको दमक नगरीमा हिजो सम्पन्न जिल्ला समन्वय समितिको प्रथम अधिबेशनबाट राईको अध्यक्षतामा सर्वसम्मत ४५ सदस्यीय...

सवारी दुर्घटनामा एक जनाको मृत्यु ,४ घाईते

दमक,१० बैशाख । पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाउँपालिकामा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार...

नेकपाका झापा इञ्चार्ज बिर्तामोडमा पक्राउ

बिर्तामोड,१० बैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका झापा जिल्ला इञ्चार्ज सौगात कटुवाल सोमबार साँझ पक्राउ परेका छन् । प्रहरीले जिल्ला इञ्चार्ज कटुवालसहित अर्जुन चौहानलाई बिर्तामोड १ को बिर्तामोड आँखा अस्पताल नजिकैबाट पक्राउ गरेको हो...

हलेसी कृषि सहकारी सञ्चालनमा

दमक,१० बैशाख। यहाँस्थित हलेसी कृषि सहकारी संस्था नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । सोमबार एक कार्यक्रमका वीच सहकारीको औपचारिक रुपमा शुभारम्भ गरिएको अध्यक्ष प्रविण चाम्लिङले जानकारी दिए । दमक ७ राधाकृष्ण मन्दिर क्षेत्रमा स्थापना...

स्थानीय सरकारलाई अधिकार माग्दै अपाङ्गता भएका ब्यक्तिहरु

बुद्धशान्ति । अपाङ्ग भएका ब्यक्तिहरुको छाता संगठन बेरोजगार संघर्ष समिति झापाले झापाका १५ वटै स्थानीय तहमा आउँदो नीति तथा कार्यक्रममा अपाङ्गताको सवालहरु समावेश गर्न माग गरेका छन् । पहिलो चरणको अन्तिम कार्यक्रम अनुरुप शुक्रवार...

सिटिजन बैङ्कका कर्मचारी र सेवाग्राहि गरि ४१ जनाद्धारा रक्तदान

विर्तामोड । सिटिजन बैङ्ककोे १२ औ वार्षीक उत्सवको अवसरमा झापाको विर्तामोड साखामा आईतवार रक्तदान कार्यक्रम कार्यक्रम आयोजना गरिएको छ । वैकका प्रदेश नम्वर १ का प्रवन्धक ओमकार आचार्यले विर्तामोड साखामा रक्तदान कार्यक्रम आयोजना गरी...

मेचीनगर गोल्डकपको उद्घाटनमा आयोजक र दाउफिन्स भिड्ने

बिर्तामोड । अफ्रिकन टोली दाउफिन्स एफसी क्यामरुनले मेची नेत्रालय मेचीनगर गोल्डकपको उद्घाटन खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग भिड्ने पक्का भएको छ । प्रतियोगिता वैशाख १२ गते काँकरभिट्टा माविको खेल मैदानमा उद्घाटन हुनेछ । आयोजकले...